कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो [...]

By |2023-07-16T20:39:20+05:45July 16, 2023|Categories: News|

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता

दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा [...]

By |2023-07-16T20:38:19+05:45July 16, 2023|Categories: International, News|

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

    २०८० असार ३१ काठमाडौ । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ [...]

By |2023-07-16T20:35:28+05:45July 16, 2023|Categories: International, News|

जलवायु परिवर्तनसम्बन्धी वार्ता पुनः सुरु गर्न अमेरिकी राजदूत केरी चीन भ्रमणमा

जलवायुमामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुग्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सोमबारदेखि चीन र संयुक्त राज्य [...]

By |2023-07-16T20:26:58+05:45July 16, 2023|Categories: International, News|

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै [...]

By |2023-08-06T19:06:28+05:45July 16, 2023|Categories: International, News|

नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन

२०८० असार ३१ काठमाडौ । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्र्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सन् २०१९ मा कर्णाटकमा भएको [...]

By |2023-07-16T16:24:12+05:45July 16, 2023|Categories: International, News|

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी

२०८० असार ३१ काठमाडौ । बङ्गलादेशमा बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका [...]

By |2023-07-16T16:22:49+05:45July 16, 2023|Categories: International, News|

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

२०८० असार ३१ रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका [...]

By |2023-07-16T16:20:56+05:45July 16, 2023|Categories: News|

भूमि आयोगद्वारा निस्सा वितरण

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको [...]

By |2023-07-16T16:19:38+05:45July 16, 2023|Categories: News|

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ‘केन्द्रविन्दू डटकम’ले आज यहाँ आयोजना [...]

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव [...]

By |2023-07-16T16:17:51+05:45July 16, 2023|Categories: News, Stock market|

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त [...]

By |2023-07-16T16:16:51+05:45July 16, 2023|Categories: News|

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– [...]

By |2023-07-16T16:15:55+05:45July 16, 2023|Categories: News|

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले [...]

By |2023-07-16T16:13:43+05:45July 16, 2023|Categories: News|

पुरस्कारमा मापदण्डको खाँचो

चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोहलाई [...]

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो [...]

By |2023-07-16T16:09:50+05:45July 16, 2023|Categories: News|

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो

सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ [...]

By |2023-07-16T16:08:07+05:45July 16, 2023|Categories: News|

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका [...]

By |2023-07-16T16:06:55+05:45July 16, 2023|Categories: News|

न्यायाधीश नियुक्ति चाँडै : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न [...]

By |2023-07-16T16:05:36+05:45July 16, 2023|Categories: News|

श्रमिकको ज्यालावृद्धिको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसद्वारा पदयात्रा

२०८० असार ३१ काठमाडौ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ । उक्त संस्थाको आयोजनामा आज [...]

By |2023-07-16T16:02:54+05:45July 16, 2023|Categories: News|

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा [...]

By |2023-07-16T15:57:24+05:45July 16, 2023|Categories: News|

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको [...]

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड [...]

By |2023-07-16T15:54:36+05:45July 16, 2023|Categories: News|

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन [...]

By |2023-07-16T15:53:14+05:45July 16, 2023|Categories: News|

रुससँग पर्याप्त विष्फोटक पदार्थ छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ । युक्रेनले संयुक्त [...]

By |2023-07-16T15:52:09+05:45July 16, 2023|Categories: International, News|

जीप दुर्घटना अपडेट : थप एकको मृत्यु

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार [...]

By |2023-07-16T15:00:20+05:45July 16, 2023|Categories: News|

आलेख : ‘इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश

देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने [...]

सामाजिक न्यायका लागि १६ जिल्लामा शान्ति समाजको प्रदर्शन

देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि [...]

By |2023-07-16T14:56:50+05:45July 16, 2023|Categories: News|

कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना

झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको [...]

By |2023-07-16T14:56:03+05:45July 16, 2023|Categories: News|

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले [...]

By |2023-07-16T14:55:10+05:45July 16, 2023|Categories: News|

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान

जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन [...]

By |2023-07-16T14:53:56+05:45July 16, 2023|Categories: News|

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको [...]

By |2023-07-16T14:52:50+05:45July 16, 2023|Categories: News|

अमेरिका बन्दुक हिंसाः चार जनाको हत्या

अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा [...]

By |2023-07-16T14:50:50+05:45July 16, 2023|Categories: International, News|

सुडान द्वन्द्वः ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक [...]

By |2023-07-16T14:49:18+05:45July 16, 2023|Categories: International, News|

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जानुहुँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुनेभएको [...]

By |2023-07-16T11:46:16+05:45July 16, 2023|Categories: News|

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ [...]

By |2023-07-16T11:44:59+05:45July 16, 2023|Categories: International, News|

बोलबम मेलालाई मलमासले प्रभावित बनाउने

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक [...]

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल [...]

By |2023-07-16T11:27:30+05:45July 16, 2023|Categories: News|

मटिहानीले सञ्चालनमा ल्यायो दमकल

मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । “बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो [...]

By |2023-07-16T11:25:38+05:45July 16, 2023|Categories: News|

जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नुहुने छ । जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा [...]

By |2023-07-16T11:24:33+05:45July 16, 2023|Categories: News|

ताप्लेजुङमा लाखे नाच

ताप्लेजुङमा शनिबारदेखि नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरिएको छ । गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले सदरमुकाम फुङलिङस्थित भिन्तुना डाँडामा लाखे नाच सुरु गरेको [...]

By |2023-07-16T10:41:12+05:45July 16, 2023|Categories: News|

ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी [...]

By |2023-07-16T10:42:02+05:45July 16, 2023|Categories: News|

खहरेखोल्सा झोलुङ्गे पुल ; स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको [...]

रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, [...]

By |2023-07-16T09:47:04+05:45July 16, 2023|Categories: News|

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको [...]

By |2023-07-16T09:45:28+05:45July 16, 2023|Categories: News|

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना [...]

By |2023-07-16T09:43:32+05:45July 16, 2023|Categories: News|

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका [...]

By |2023-07-16T10:42:47+05:45July 16, 2023|Categories: News|

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच [...]

काभ्रेमा ‘प्याराग्लाइडिङ’

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार [...]

By |2023-07-16T09:38:17+05:45July 16, 2023|Categories: News|

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी [...]

बर्खामा ढुवानी गर्न घोडा र खच्चडकै भर

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण [...]

घरमै नागरिकता पाउँदा…

विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला [...]

चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण

नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा [...]

By |2023-07-15T19:55:05+05:45July 15, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना [...]

By |2023-07-15T19:54:04+05:45July 15, 2023|Categories: News|

लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही

आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ [...]

By |2023-07-15T19:53:11+05:45July 15, 2023|Categories: News|

पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो

गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको [...]

By |2023-07-15T19:52:16+05:45July 15, 2023|Categories: News|

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले [...]

By |2023-07-15T19:51:35+05:45July 15, 2023|Categories: News|

पिथौरागढमा नेपाल–भारत समन्वय बैठक सम्पन्न

भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग [...]

By |2023-07-15T19:50:41+05:45July 15, 2023|Categories: News|

पहिलो पटक पशुआहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ [...]

By |2023-07-15T19:49:00+05:45July 15, 2023|Categories: News|

नेटो विश्वव्यापी सुरक्षाका निम्ति होइन’

नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले [...]

By |2023-07-15T19:47:43+05:45July 15, 2023|Categories: International, News|

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन [...]

By |2023-07-15T19:46:23+05:45July 15, 2023|Categories: International, News|

भारतको बिहारमा बर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित [...]

By |2023-07-15T19:45:37+05:45July 15, 2023|Categories: International, News|

सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः [...]

By |2023-07-15T16:20:22+05:45July 15, 2023|Categories: News|

एक सय ५९ चालक कारबाहीमा

आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका [...]

By |2023-07-15T16:19:34+05:45July 15, 2023|Categories: News|

जावलाखेलमा ल्याइयो पोथी कृष्णसार

बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको [...]

By |2023-07-15T16:18:56+05:45July 15, 2023|Categories: News|

बाढीले सीमा स्तम्भ बगायो

झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता [...]

By |2023-07-15T16:18:04+05:45July 15, 2023|Categories: News|

स्वास्थ्यकर्मी मृत्यु प्रकरण : चारजना पक्राउ

काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज [...]

By |2023-07-15T16:17:17+05:45July 15, 2023|Categories: News|

हाट बजार’ सञ्चालन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘हाट बजार’ सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेको कृषि उपज बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले वडा नं १० मा [...]

By |2023-07-15T16:16:20+05:45July 15, 2023|Categories: News|

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा रहेको विधेयकलाई [...]

By |2023-07-15T16:14:57+05:45July 15, 2023|Categories: News|

काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ । विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध [...]

By |2023-07-15T16:13:57+05:45July 15, 2023|Categories: News|

पुरुषको शव फेला

बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ [...]

By |2023-07-15T13:39:08+05:45July 15, 2023|Categories: News|

भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति

भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पु¥याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका [...]

By |2023-07-15T13:38:10+05:45July 15, 2023|Categories: News|

हत्या आरोपी कारागार चलान

महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले [...]

By |2023-07-15T13:37:00+05:45July 15, 2023|Categories: News|

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु

भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ । आज भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले [...]

By |2023-07-15T13:35:51+05:45July 15, 2023|Categories: News, Sports|

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र [...]

By |2023-07-15T13:32:17+05:45July 15, 2023|Categories: News|

मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइयो

हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ । यो पर्व विशेषतः महिलाको संलग्नतामा असार [...]

By |2023-07-15T13:30:41+05:45July 15, 2023|Categories: News|

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि [...]

By |2023-07-15T13:29:11+05:45July 15, 2023|Categories: International, News|

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई [...]

By |2023-07-15T13:28:09+05:45July 15, 2023|Categories: International, News|

राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज [...]

By |2023-07-15T11:32:22+05:45July 15, 2023|Categories: News|

स्वास्थ्य सेवाका संरचना कायम राख्न माग

कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् । प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर [...]

By |2023-07-15T11:30:10+05:45July 15, 2023|Categories: News|
Go to Top