२०८० पौष २५ काठमाडौं ।  वरिष्ठ कानुन व्यबसायीको लामो बहस पैरवी सुनुवाइ गर्दै काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा दोषी ठहरिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज पुस २५ गते बुधबारका दिन ८ वर्ष कैद सजाय सुनाएको छ ।

इजलासले लामिछाने बाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई दिनु पर्ने आदेश पनि दिएको छ । काठमाडौ जिल्ला अदालतका अनुसार सन्दीप लामिछाने लाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिएका छन ।

सन्दीप लामिछाने ले पीडित भनिएकी लाई मनोरमस्थल नगरकोट घुमाएर फर्किएपछि सिनामंगलको एक होटलमा राती बास बसेको र त्यस क्रममा लामिछानेले बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले मुद्दा दर्ता गरेकी थिइन् । अब सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन।