२०८० पौष १५ काठमाडौ । “नेपाल र नेपालीको लागि बिदेश गएर श्रम गरेर कमाएर आफ्नो व्यक्तिगत फाईदाको लागि भएपनि रेमिट्यान्स ल्याउने ती सवै नेपालीहरू नेपालको लागि संमानका पात्र हुन ।” “ती नेपालीहरू भगवान हुन। ती नेपालीहरूलाई देशले संमान गर्नुपर्छ ।” “ती नेपालीहरु लाई नेपाल सरकारले पेन्सन सुविधा दिनु पर्छ । बिदेश गएर कमाएर रेमिट्यान्स नेपाल भित्र्याउने ती सम्पुर्ण श्रमजीवी नेपालीहरू राष्ट्रवादी नेपाली नागरिक हुन ।” “तिनै नेपालीले पठाएको रेमिट्यान्स बाट आधा नेपाल चलिरहेको छ । तिनै नेपालीहरुले पठाएको रेमिट्यान्स बाट नेपालका राष्ट्र सेवक कर्मचारी देखि नेत्ता, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासदहरुले केही प्रतिसत भएनि तलव भत्ता पेन्सनको रुपमा खाईरहेका छन ।”

“अर्कोतिर नेपालको कानुन नीति नियम भित्रै रहेर शिक्षा क्षेत्रमा नेपाल बाट नेपाली पैसा अर्वौ अर्व बाहिरिएको छ ।” “केही ठुला धनी व्यक्तिहरुले आफ्नो निजि सम्पत्ति बेचेर विभिन्न संघ, सस्था, कम्पनीको नाम बाट या व्यक्तिगत रुपमै नेपाल बाट खर्वौ खर्व बिदेश लगेर बिदेशी कम्पनी, संघ, सस्था, उद्योगमा लगानी गरिरहेका छन र उतै पलायन भईरहेका छन भन्ने खबर सुन्न पाईन्छ ।” “अर्को कुरा नेपाल बाट नेपाली पैसालाई डलरमा साटेर बिदेश जाने अनि उतै बिदेशको पिआर र नागरिकता लिएर उतै पलायन हुने गतिविधि दिनप्रतिदिन बढिरहेको खवर पनि सुन्न पाईन्छ ।” “यो खवर विशेष गरी नेपाल बाट अष्ट्रेलिया, स्वीजरल्याण्ड, नर्वे,अमेरिका, बेलायत, क्यानडा लगाएत युरोपियन देशहरूमा धेरै लागू भएको पाईन्छ ।” “ती देश जाने नेपालीहरुले त्यो देशको कानुन, नीति, नियममा रहेर पिआर र नागरिकता लिने र त्यहाँ कमाएको पैसा तिनै देशको घर, जग्गा, उद्योग,पसल, होटल, अपार्ट्मेन्टमा लगानी गरेर उतै पलायन भएका खवर पनि सुन्न पाईन्छ।” “पिआर र नागरिकता पाईने देशमा जाने नेपालीको कमाई धेरै भएपनि ती देशमा कमाएको पैसा नेपाल भित्रीन सकिरहेको छैन । उतै फ्रीज भईरहेको खबर पनि सुन्न पाईन्छ ।” यस बिषयमा नेपाल सरकारको ध्यान जाओस् ।”

“समग्रमा भन्नु पर्दा “एक बर्गले बिदेश बाट रेमिट्यान्स नेपाल ल्याएर नेपालको अर्थतन्त्रको प्वाल टाल्दैछन भने अर्को बर्गले नेपाल बाट नेपाली पैसा रेमिट्यान्सको रुपमा बिदेश लादै नेपालको अर्थतन्त्रको प्वाल बढाउदैछन” नेपाल सरकारलाई यो कुरा पुर्ण रुपमा थाहा छ तर थाहा पाएर पनि थाहा नपाएको जसरी बसिरहेको छ । नेपाल सरकार ईमानदार र राष्ट्र प्रति पुर्ण बफादार बनोस् । शुभकामना ।”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

(सम्पादकीय: नारायण क्रान्ति)