२०८० पौष २४ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयमा आयोजित छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

साथै सामाजिक सुरक्षा कोषमा जम्मा हुने पैसालाई धेरै भन्दा धेरै लाभ हुने परियोजनाहरुमा लगानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।