२०८० पौष १४ काठमाडौ । ” देशमा रोजगारी सृजना गरेर प्रत्येक नेपाली लाई स्वदेशमै रोजगारी दिने, उद्योग कलाकारखाना खोल्ने, बिदेशी लगानी भित्र्याउने, देशमा सान्ती सुव्यवस्था अमन-चयन गर्ने गराउने कामको जिम्मेवारी नेपालको राज्य ढुकुटीबाट मासिक लाखौं लाख तलवभत्ता बुझ्ने प्रत्येक बहालवाला सभासदको हो”

“उद्योग कलकारखाना खोलेर देसको बिकास गर्छु, आफ्नो जिल्ला क्षेत्रका नागरिकलाई रोजगारी दिन्छु भन्ने आश्वासन दिदै निर्वाचित भएर मासिक लाखौं लाख तलब भत्ता खाने सवै सभासद ललितपुरको बालकुमारी मृत्यु काण्डका प्रत्यक्ष या अप्रत्यक्ष रुपले पुर्ण जिम्मेवार छन।”

“देसमा कुनै पनि दु:खद सुखद घटना घटछ भने त्यस घटनाको जस अब्बजसको जिम्मेवार पनि तिनै सभासद हुन । देशमा राष्ट्रपति, प्रधानमन्त्री,मन्त्री यिनै सभासद बाट बनेका छन र बन्छन् । दावेदार पनि यिनै बहावाला सभासदनै हुन। “म सरकारमा छैन मेरो हातमा जिम्मेवारी छैन भन्ने सभासद लाई भेटनुभयो, देख्नु भयो अनि मौका मिल्योभने सोध्नुहोला तिम्रै जिल्लाको नेपाली दाजुभाई दिदिबहिनी नेपालमा काम पाईन, रोजगारी पाईन भनेर चिच्याईरहदा तिम्रो जिल्लाबासी हिजो ललितपुरको बालकुमारीमा भएको मृत्यु काण्डको घटनामा परेकी परेनन् ? परेका भए तिमी संसद भएर तिम्रै क्षेत्रका नागरिकलाई तिमिले रोजगारी दिन किन सकेनौं ? रोजगारी दिन नसक्ने हो भने मासिक लाखौं लाख तलव भत्ता राज्य बाट लिएर म संसद हो भन्दै हिड्न सुहाउँछ कि सुहाउँदैन भनेर सोध्नुस् ल । ”

(कोरिया श्रम रोजगारी गर्न जाने तयारीका साथ  बसेका युवकको प्रहरी सग भएको झडपमा मृत्यु भएको तस्बिर)

“कुनैपनि घटना घटनु भन्दा घटना घटनै नदिने परिस्थिति बनाउने प्रमुख जिम्मेवारी सभासदहरूको हो । कार्यन्वयन गर्ने जिम्मेवारी सुरक्षा निकायको हो । हिजोको ललितपुर बालकुमारीमा सुजन राउत र बिरेन्द्र साह मृत्यु काण्डमा नेपालका बहालवाल कुनै सभासदहरु चोखो छैनन् । मृतक जीउँदै हुँदा नचिन्ने, अनि मृतकको लास नजिकै गएर:को पहिला पुगेर श्रद्धाञ्जली-समवेदना दिएर आफु राम्रो बन्ने सकिन्छ भन्ने मानसिकता बोकेर मृतकलाई श्रद्धाञ्जली दिदै र सरकारलाई गाली गर्ने अर्कोतिर राज्यको ढिकुटी बाट तलव भत्ता खाएर सरकारलाई नै गाली गर्ने, सरकारलाई मात्रै दोष दिनेहरु बाट के आस गर्ने !” “गुलिया खोक्रो भाषणले भोको पेट अघाउदैन भन्ने ज्ञान भया हुन नेपाली सभासद ज्युहरुलाई……।

“नेपालका सवै सभासदहरू एकजुट भएर नेपालमै ठुला ठुला उद्योग कलकारखाना खोलेर, धेरै भन्दा धेरै रोजगारी सृजना गरेर, सवै नेपालीहरूलाई नेपाल भित्रै रोजगारी दिन सक्ने शक्ति श्री पशुपतिनाथ भगवानले सभासद ज्युहरू लाई प्रदान गरुन् । नेपाली नागरिकहरूको भित्री ईच्छा कामना रहेको छ भनौं”

(मिति; २०८० पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान नपाएको आवेगमा मन्त्रीको गाडी माथि युवा द्वारा गरिएको आगजनीको दृश्य)

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

(सम्पादकीय:नारायण क्रान्ति)