२०८० पौष २३ काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

मर्ज पछी ‘ एलएस क्यापिटल ’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन । कम्पनीको मुख्य कार्यालय काठमाडौको नयाँ वानेश्वरमा रहेको छ ।

लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन ।

एकीकृत कारोबार सुरु गरेको अवसरमा कम्पनीका अध्यक्षले पहिलेको भन्दा धेरै राम्रो चुस्त दुरुस्त सेवा सुविधा दिने उद्दघोष गरेका छन ।

Error: Contact form not found.