२०८० पौष ९ काठमाडौ । नेपाली सेयर बजारमा यतिबेला हजारौं कम्पनीको आईपिओ जारी भएका छन । सेयर बजारमा कम्पनीको आईपिओ सामान्यतया १० रुपैया देखि १०० रुपैयाँ पर्ने आईपिओ कित्ता लिस्टिङ्ग भएका छन । पछिल्लो चरणमा प्रीमिय र एफपिओ नाम बाट१०० भन्दा माथि २००, ३००, ४००, ५००, १००० सम्म प्रती कित्ता सेयर जारी गरेका छन । करोडौं करोडौं कित्ता सेयर दर्ता भएका छन । यसरी जारी गरिएका आईपिओ बाट कम्पनीले खर्वौ खर्व नेपाली पैसा जम्मा गरेका छन । यसरी आईपिओ जारी गरेर पैसा लिने कम्पनीका संचालकको लुवाई, खुवाई, घर, जग्गा श्री सम्पत्ति हेर्नुस । उनिहरू र उनिहरूको श्रीमती र छोराछोरीको सुकिला कोट, पाईन्ट, टाई गाडी लाई छुदा समेत मयल लाग्ला जस्ता तपाईं देख्न सक्नुहुन्छ । ती कम्पनीका संचालक र सिओ ले बार्षिक करोडौं तलव भत्ता बुझिरहेको पाईन्छ तर उनिहरुलेनै संचालन गरेको आईपिओ र दोस्रो बजार बाट सेयर किन्ने सेयर लगानीकर्ताहरूले नत लाभांश पाउछन नत ती कम्पनीको सेयर मुल्यनै बढन सक्छ । आखिर किन ? कम्पनीको आईपिओ जारी गर्ने कति कम्पनीले नाफामा नभए आफ्नो कम्पनीलाई अडिटर सग साठगाठ मिलाएर नाफामा देखाएर आईपिओ जारी गरेको जनगुनासो आईरहेका छन ।

अर्को तिर आईपो जारी गरेर सेयर लगानीकर्ता सग लिएको पैसा कम्पनीले के प्रयोजनको लागि लगानी गरेका छन गुपचुप जस्तै छ । कति कम्पनीका संचालकले सेयर लगानीकर्ता सग उठाएको पैसा बिदेश लगेर लगानी गरेका, कतिले बैंकमै राखेर व्याज खाईरहेका छ्न भन्ने जनगुनासो पनि सुनिन्छ ।

यतिबेला नेपाली सेयर बजारका लगानीकर्ताहरूले थेक्न नसक्ने गरि आईपिओ जारी गरेको गुनासो पनि कति सेयर लगानीकर्ता बताउछन । भने सेयर जारी गर्ने कम्पनीको अनुगमन गर्ने निमायक निकायको कार्य कुसलता माथी असन्तुष्टि जनाईरहेको समेत पाईन्छ । बजारमा ठुला संस्थागत नंया लगानीकर्ता नभित्र्याईकन खुल्ला उद्दार अर्थनीतिकै आधारमा नंया नंया नाफानै नभएका कम्पनीको आईपिओ भेलबाढी आईरहने हो भने नेपाली सेयर लगानीकर्ताहरूले लगानी गरेको १००को आईपिओ को मुल्य अवमूल्यन भएर ५०मा नझर्ला भन्न सकिन्न।

अर्को तिर लगानीकर्ताको लगानी आज किन्यो भोलि घट्ने पर्सि घट्ने जस्ता घटना बढदो छ ।

ठुला संस्थागत सेयर लगानीकर्ता नभित्र्याईकन नंया कम्पनीको आईपिओ जारी गरीरहने हो भने सेयर लगानीकर्ताले सोचेको भन्दानि बिपरित अकल्पनीय ठूलो क्षेती व्योहोर्नु पर्ने दिन पनि न आउला भन्न सकिन्न। जस्को मुल कारण सेयर बजारमा आईपिओ जारी गर्न पाउने सेयर अर्थनिति नरम हुनु नै हो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

सम्पादकीय: हेमन्त खबर