२०८० पौष १८ काठमाडौ । “नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ अत्यधिक फल्छ ।  मनाङ , मुस्ताङ , हुम्ला, जुम्ला मुगु लगाएत  जिल्लाहरुका स्याउ अत्यधिक उत्पादन हुने गर्छ । ती क्षेत्रमा स्याउ खेतीको लागि प्रकृतिले अपार संभावना दिएको छ । नेपाल स्याउ उत्पादनको लागि धेरै राम्रो देश हो । नेपालको स्याउ अत्यन्तै मिठो पनि हुन्छ । स्याउको जुस त झनै मिठो हुन्छ। स्याउ खाने मान्छे लाई रोगै नलाग्न सक्छ । स्याउले प्रेसर “लो” लाई नियन्त्रण गर्छ भने प्रेसर “हाई” समेत लाई नियन्त्रण गर्छ भनिन्छ । ”

“नेपालमा आधुनिक बैज्ञानिक पद्धतिले स्याउ खेती  गर्ने हो भने लाखौं लाख टन स्याउ उत्पादन गर्न सकिन्छ । उत्पादन भएको स्याउ नेपाल भित्रै खपत गर्ने र धेरै भएको स्याउ अन्तर्राष्ट्रिय बजारमा लगेर बेच्न सकिने हो भने नेपालले बार्षिक अर्वौ  बिदेशी मुन्द्रा नेपाल ल्याउन सक्छ । उत्पादन भएको स्याउ बाट जुस बनाएर बेच्न सकिन्छ । स्याउ बाट जुस बनाउने फ्याक्ट्री खोल्न सकिन्छ।  स्याउ खेती गर्दा २०औं हजार रोजगारी नेपालमै सृजना हुनेछ।  नेपाल सरकारको ईच्छा शक्ति हुनु पर्यो । सरकारको ध्यान जानू पर्यो । ”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सम्पादकीय: नारायण क्रान्ति