२०८० माघ १० काठमाडौं । सेयर बजार नेप्से सूचक आज १०.२५ विन्दुले घटेर २०८८.०४ अंकमा झरेको छ ।

“कारोबार रकम पनि बिगत दुई हप्ता देखि निरन्तर घटीरहेको छ । अघिल्लो दिन तुलनामा कारोबार रकम आज पनि घटेको छ ।”

“आज ३ अर्व रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सेयर भाउ सामान्य अंकमा बढे पनि अधिकाम्स कम्पनीको सेयर भाउ घटेको छ ।”

“३२०० नेप्से पुगेर यतिखेर १८०० आसपास नेप्से रहेको छ । १८०० नेप्से आउँदा लगानीकर्ताले खर्वौ घाटा व्यहोरिसकेका छन ।”

“सेयर बजारमा बियरिस ट्रेन र बुलिस ट्रेन सामान्य हो भन्दै सिमित धनाण्ड्य समूह, बर्ग, व्यक्तिले आफू अनुकुल सेयर बजार नेप्से घटबढ गराएको सेयर कारोबारी बताउछन् ।”

“३२०० नेप्से निरन्तर घटेर १८००मा आउँदा समेत निमायक निकाय र नेपाल शरकारले सेयर बजारको गिरावट लाई उद्दार गर्न कुनै पहल गरेको देखिदैन ।”

” निरन्तर सेयर बजारमा गिरावट आउँदा नेपाल सरकार मौन रमिते जस्तो देखिन्छ । सेयर बजारमा आईपिओ भेलबाढी जसरी आएको छ तर नयाँ ठुला लगानीकर्ता भित्र्याउने काम नेपाल सरकारले गरेको देखिन्न।”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]