२०८० पौष ६ काठमाडौ । नेपाल प्रहरीका पुर्व एआईजीपी रण बहादुर चन्दले नेपाल प्रहरीको सेवालाई किन टुक्रा सेवा बनाईदै छ भन्ने बारे आफ्नो व्यक्तिगत धारणा आफ्नो फेसबुकवाल बाट सार्वजनिक गरेका छन। चन्दले आफ्नो फेसबुकवालमा नेपाल प्रहरीको सेवालाई टुक्रा सेवा पारिएको बारे यसरी लेख पोस्ट गरेका छन; चन्दको लेख जस्ताको त्यस्तै:

´संसारको जुन सुकै देशमा पनि त्यहाँ रहेका नागरिक, बाहिर देश बाट आएका बिदेशी नागरिक र बशोबास गर्ने सबैको जीउ धनको सुरक्षा र ति सबैले उपभोग गर्न पाउने अधिकारहरुको सुरक्षा गर्न सबै देशहरुले प्रहरी सेवाको स्थापना गरेको छ । आम नागरिकहरुको जुनसुकै ब्यक्तिगत मामलामा पनि प्रहरी सबै भन्दा पहिला जोडिनै पर्छ । यस शुरुआति जोडाईले नागरिकहरुमा पनि पहिलो सहयोग माग्न प्रहरीमा जानु पर्छ भन्ने कुरा सारा सबलाई थाहा पनि छ । सोही अनुसार प्रहरीबाट नै सहयोगको पूर्ण अपेक्षा राखेर जान्छन पनि । प्रहरीले पनि चाहे जुनसुकै प्रकारको बिबाद, झगडा, अपराध किन नहोस सल्लाह, सुझाव र सहयोग गर्नै पर्छ ।

प्रहरीले यो हाम्रो काम होईन भनेर भन्नु पिडित जनताहरुलाई निराश गर्नु मात्र हो । किनकि ति पिडित जनताहरुले जतिको बिश्वास, परिचय आशा र भरोसा प्रहरीको राखेको हुन्छ त्यत्तिको अरु निकाय संग रहेको देखिदैन । अरु निकायले केही गर्छु भन्दा पनि प्रहरी नभै त्यो कारवाही अगाडी बढन पनि गाह्रो बिषय छ ।
देश भित्र बिध्यमान जुनसुकै कानून होस सो को कार्यान्वयनको पहिलो जिम्मेवारी कानूनन पनि प्रहरीकै हो । किनकि अटेरी, कानूनको बिरुध्दमा जानेहरुलाई कानूनको कटघरामा ल्याउन प्रहरी नै चाहिन्छ । अब यहाँ हाम्रो देशमा धेरै निकायहरुले प्रहरीको सेवालाई एउटै पोशाकको प्रहरीबाट लिनु पर्ने थियो जुन अति नै प्रभावकारी र भरपर्दो हुन जाने थियो । तर यहाँ फरक छ- बनले राखेको बन रक्षक, पालिकाहरुले राखेको पालिका प्रहरी, बैंकहरु (नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक) ले पनि सुरक्षा गार्ड राखेको आदि हेर्दा किन पृथक पृथक रुपमा फरक फरक पोशाकको प्रहरी राखेका होलान जस्तो कुराले शोच्न लगाएको छ । जस्तो पहिला पहिला राजश्वको पनि छापा मार्ने आफ्नै टोली हुन्थे अहिले पछि आएर मात्र शसस्त्र प्रहरी राखियो र अदालतमा पनि नेपाल प्रहरीलाई राखिएको छ । अझै म त यहाँ के भन्न चाहान्छु भने एउटै छाता मुनिको प्रहरी सेवा देश भर बिध्यमान हुनु पर्दछ ।

यस बिषयमा मैले धेरै जानकार बिग्यहरु, पालिकाका प्रमुखहरु, बनका बिभिन्न तहका कर्मचारीहरु संग छलफल गरेको छु । सबै बाट परिचालित ति सुरक्षा सेवाका कर्मरीहरु एउटै छाता मुनिको सेवाबाट भए त विविध कारणले गर्दा अति राम्रो हुने थियो भन्ने निर्क्यौल आएको छ । यसबारेमा मैले केही बिदेशीहरु संग पनि शोधे What they said is, “In Nepal there are many types of police, in different uniforms why so” उनीहरुले यस्तो भने । त्यसैले देश भित्र एउटै पोशाकको एउटै छातामुनिको प्रहरी सेवा हुँदा कसैलाई पनि अप्ठेरो छैन । यो एउटा देश संचालनको प्रणाली हो । यसलाई सबैले साझा रुपमा बलियो र भरपर्दो बनाउनमा जोड गरौं ।

यो एउटा बिचार हो राम्रो होला या नराम्रो होला । तर सबैका लागि- बिभिन्न निकायबाट चाहिने प्रहरी सेवा नेपाल प्रहरीबाट नै लिंदा के चाहि नराम्रो हुन्छ यसमा प्रतिक्रया दिनु होला । (नेपाली सेना र शसस्त्र प्रहरीको पनि बिशाल जिम्मेवारीहरु छन, सो बारेमा बिग्यहरुका बिचारहरु राखेर अर्को पोष्ट तयार गरी राखेको छु) ति प्रहरीसेवाको आवश्यकता राख्ने बिभिन्न निकायहरुलाई परिचालमा सजिलो, अह्रन खटनमा सजिलो, अदली बदलीमा सजिलो, खर्चमा सजिलो, थप मदतमा सजिलो, कागज पत्र, मुचुल्का बनाउनेमा सजिलो, आम नागरिकहरुलाई पनि सजिलो, कुनै पनि प्रकारको घटनामा गरिने जुनसुकै कारवाही, पक्राउमा सजिलो आदि हुँदा हुँदै हामि किन पृथक पृथक प्रकारको पोशाक र क्षमतामा यो सेवा दिई रहेका छौं?

अहिले ति निकायहरुमा सुरक्षा सेवामा रहेका साथिहरुका लागि पनि एउटा नींति बनाएर कसरी ब्वस्थापन गर्ने हो त्यो पनि सोचिनु चाँहि पर्छ । प्राईभेट सेक्युरिटिहरुको कुरा गर्दा प्राइभेट सेक्यूरिटिमा काम गर्ने हरेक ब्यक्तिले CTVT ले तोकेको सुरक्षा सुपरभाईजर र सुरक्षा गार्ड तालिम अनिवार्य रुपमा गरेको हुनु पर्दछ । यस तालिमको तथ्यांकको कुरा गर्दा हाल सम्म CTVT का अनुसार ३८०० जनाले मात्र उक्त तालिम लिएका छन । तर बाहिर प्राईभेट सुरक्षा कम्पनीहरुमा खेस्रा तथ्याङ्क अनुसार कम्तीमा पनि ७ लाख भन्दा बढीको जनशक्ति कार्यरत देखिन्छ । प्राईभेट सुरक्षाका कम्पनीहरुले पनि यो कुरा ब्यवस्थित गर्दै जानुस राम्रो हुन्छ ।

यसमा गृह मन्त्री, गृह सचिव र नेपाल प्रहरीका महानिरिक्षक ज्यूहरुले बिशेष चासोका साथ यस बिषयलाई ब्यबस्थित गर्नु प-यो । यहाँ आम नागरिक, विदेशी पर्यटक सबैले बिभिन्न ठाउँमा भिन्न भिन्न प्रकारका प्रहरी सेवा देख्न थाले ।`

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]