Thu, Jul 25, 2024

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

भेरी अस्पतालमा सेवा स्तरोन्नति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या [...]

पूर्व राससकर्मी बज्राचार्यको निधन

पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो । बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । [...]

पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुरयाइने

सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस [...]

किसानलाई बाख्रा र धानको बीउ

चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु [...]

आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् [...]

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा विनित ढकाल, डा [...]

क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई [...]

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका [...]

चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा

जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ [...]

धनगढीमा सुदूरपश्चिम स्पोट्र्स अवार्ड हुँदै

नेपाल खेलकुद मञ्च कैलालीले धनगढीमा सुदूरपश्चिम स्पोट्र्स अवार्ड आयोजना गर्ने तयारी थालेको छ । आगामी असार ८ गते गरिने स्पोट्र्स अवार्डमा विसं २०७९ को वैशाखदेखि चैतसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीले गरेको [...]

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा [...]

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तबल पाएनन्

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि [...]

पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने

मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा भोलि बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुनेभएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक [...]

बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन

सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलमा बालबालिकाले दुईदिनदेखि लगातार सडक नाटक प्रदर्शन गरिरहेका छन् । जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवाक चन्दाहाका बालबालिकाले शम्भुनाथको विभिन्न टोलमा [...]

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज जुस पिलाएर यादवको [...]

औषधि जनतासम्म पुर्याउन मुख्यमन्त्री पाण्डेको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि र स्वास्थ्य उपकरण स्वास्थ्य संस्थामार्फत जनतासम्म पुर्याउन निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि तथा स्वास्थ्य उपकरण भण्डारण कक्षको [...]

श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपालमा

श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपाल आएको छ । आयोगका अध्यक्ष उप्ले एबेराथ्ने नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो । श्रीलङ्काको सूचना आयोगको प्रतिनिधिमण्डललाई आज नेपालको राष्ट्रिय [...]

नक्कली मदिरा बनाई बिक्री गर्ने पक्राउ

राजश्व छल िनक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय [...]

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका [...]

आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको [...]

महिला भलिबल : नेपाल भारतसँग पराजित

एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो [...]

कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिनुभएको छ । आज एक वक्तव्य जारी गरी उहाँले [...]

बनेपा बसपार्क : पैँतिस वर्षपछि सञ्चालन

निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ । चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका–८ स्थित नगर कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । [...]

सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार

दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते हुनुभएको छ । बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते हुनभएपछि उहाँलाई [...]

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ [...]

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि [...]

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि सांसदद्वय प्रेम सुवाल र [...]

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । [...]

लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री [...]

सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष [...]

सङ्घीय संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा पेस

सङ्घीय संसद्को आजको संयुक्त बैठकमा ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गर्नुभएको [...]

महिला भलिबल ः काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको [...]

भोलि बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा भोलि यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका [...]

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम [...]

गल्याङ–बज्रे सडक कालोपत्र हुँदै

साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने [...]

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ [...]

छात्रवृत्ति वितरणको विवरण पठाउन कामपाद्वारा परिपत्र

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का [...]

बाढीमा छ जनाको मृत्यु, एक सय घर ध्वस्त

मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् । स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट [...]

रुसी प्रधानमन्त्री चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहनुभएका रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको [...]

सोमिलिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका निम्ति एकासी करोड डलर माग

अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका निम्ति एकासी करोड अमेरिकी डलर आवश्यक भएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रम ९डब्ल्युएफपी०ले बताएको छ । भोकमरीको चपेटमा परेका ती देशका नागरिकलाई आगामी [...]

आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए

उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले [...]

स्थायी शान्ति र राहतको पर्खाइमा सुडान

सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्णरूपमा रोकिएको छैन । युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र [...]

गत हप्ता दुर्घटनाग्रस्त चिनियाँ डुङ्गाका १४ व्यक्ति मृत अवस्थामा फेला

श्रीलङ्काको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुङ्गाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ । मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा कोही पनि जीवित [...]

पीटीआई नेता कुरेशी र चीमा नजरबन्दमा’

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उहाँकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ । पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व [...]

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । [...]

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, [...]

तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी

यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा आगो [...]

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ५० खर्ब चाहिन्छ : सांसद आले

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब रू ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राख्नुभएको छ [...]

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय [...]

शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा शान्ति समाजको धर्ना

मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला [...]

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायीरूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ । सभाका अध्यक्षसहितको समूहले यही [...]

स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ [...]

तुलसीपुरमा भूमिहिनको जग्गा नाप्न सुरु

तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले मङ्गलवारदेखि जग्गा नाप्न सुरु गरेको हो । वडा नं ६ बाट नाप नक्साङ्कन [...]

सन्दर्भ गणतन्त्र दिवस– गणतन्त्रको भविष्य उज्ज्वल छ : नेताहरु

प्रमुख राजनीतिक दलका नेताहरुले पूर्वाग्रह नराखी मुलुकको समृद्धिका खातिर साझा ‘एजेन्डा’मा आउन सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिनुभएको छ । गणतन्त्र दिवसका सन्दर्भमा राससको जिज्ञासामा उहाँहरुले [...]

नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि [...]

किसानको रोजाइमा नगदेबाली

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्र््याउन भ्याइनभ्याई छ । उहाँ बिहानबेलुका बारीमा लगाएको आलु उकेर्नुहुन्छ, दिनभरी वडा कार्यालयबाट जनताको सेवा गर्नुहुन्छ । उहाँ जस्तै [...]

सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्नुहुन्थ्यो । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका [...]

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन [...]

लक्ष्यभन्दा कम राजस्व असुली

आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले [...]

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक [...]

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो । “मल आएको छ [...]

बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले [...]

स्वरोजगार कोषद्वारा ऋण चुक्ता गर्न आग्रह

युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक [...]

छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार

छोरी शिक्षालाई बल पु¥याउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको छ । विद्यालय र क्याम्पसमा पढ्ने छोरीको सङ्ख्या बढाउन र छोरीको बालविवाह रोक्न विशेष कार्यक्रम सुरु गरिएको [...]

सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना [...]

सिन्धुली जिल्लाका पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति

गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्यतथ्य छानबीन गर्न चार सदस्यीय [...]

मञ्चनको तयारीमा दुई नाटक

काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध’ [...]

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित

नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले [...]

मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण

हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् [...]

कीर्गिस्तानले बङ्गलादेशलाई हरायो

एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा [...]

वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु

सरकारले वातावरण संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना जारी गरेपछि उद्योग, प्रतिष्ठान एवं आयोजनाहरुले धमाधम वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाउन थालेका छन् । कानुनी प्रावधानअनुसार चालु आर्थिक वर्षको नौ महिनामा [...]

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद [...]

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् । पाँचवटा वडा [...]

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया [...]

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी [...]

फरार प्रतिवादी धमाधम पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय [...]

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको [...]

दबाबरहित चलचित्र ‘डाकिनी’

चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको [...]

पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन । पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । [...]

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । [...]

Go to Top