पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो ।

बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । सह–समाचारदाता उहाँले राससमा रहँदा समाचार सङ्कलनका अतिरिक्त अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखामा रही समेत काम गर्नुभएको थियो । उहाँको श्रीमती र दुई छोरी हुनुहुन्छ ।

बज्राचार्यको आजै शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।रासस