कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-03-31T11:03:52+05:45

एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आव २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा [...]

कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिको पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने [...]

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास [...]

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो । काठमाडौँ महानागरपालिका स्थानीय राजपत्रमा प्रकाशित मापदण्डअनुसार काठमाडौँ महानागरपालिका क्षेत्रभित्र सञ्चालन [...]

एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ । एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिनुभयो । “हामीले प्रतिनिधि आमालाई सम्मान गरेका [...]

चट्याङ् लागेर किसानको मृत्यु

सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते रामको उपचारको क्रममा [...]

छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ

फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गत [...]

कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ । बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा [...]

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही [...]

हालसम्म २७ प्रतिशत रोपाइँ

मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । [...]

समीरका दुई कृति विमोचित

स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित [...]

स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई पाँच हजार भत्ता

स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र [...]

अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास [...]

आगामी दुई शनिबार बैंक खुल्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार [...]

गैँडा मारेको मुद्दामा फरार पक्राउ

गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ [...]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, [...]

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको [...]

रामपुरमा ‘मेयर छात्रवृत्ति’ कार्यक्रम

हुम्लाको ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्नुहुन्छ । रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र हुनुहुन्छ । सो सेमेस्टरको भर्ना अभियान चलेको हँुदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिनुभएको थियो । [...]

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो । चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो [...]

महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली [...]

योगदर्शनको सामाजिक प्रभावबारे बहस

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञान, विज्ञान, दर्शनलगायत सबै विषयको मूल स्रोत समाज नै भएको बताउनुभएको छ । उहाँले पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेकाले यसको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागले डा टिपी धमलाद्वारा [...]

तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो । मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताउनुभयो [...]

विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । [...]

सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ

सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा [...]

राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिनुभएको थियो । सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री [...]

सोलार बत्ती जडान

समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका [...]

धान खेतीभन्दा माछामा तेब्बर आम्दानी

धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो । प्रधानमन्त्री कृषि [...]

पहिराले कृषि सडक पाँच दिनदेखि अवरुद्ध

पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट [...]

चुमनुब्रीको स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “हिमाली क्षेत्र [...]

एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल

एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी [...]

एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ

काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका [...]

स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र परेका छन् । नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायीले ढिलाइ गरिदिएका कारण जानकी, नरैनापुर र खजुरा गाउँपालिकाले अस्थायी संरचनाबाट सेवा प्रवाह गर्न बाध्य छन् । साविकको [...]

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल [...]

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । यसैगरी, [...]

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ । सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट [...]

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी [...]

अभिनेता ताम्राकार मृत फेला

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा [...]

आजको मौसम : भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा [...]

हुलाकी सडक सुस्त गतिमा

कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने [...]

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय [...]

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए [...]

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार [...]

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी [...]

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उहाँँले भन्नुभयो [...]

धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न

म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धौलागिरिले ७० दशमलव ५४ प्रतिशत [...]

अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गियो> www.hemantakhabar.com

८० असारमा २१ काठमाडौ । ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । आज ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र आजैदेखि सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी [...]

पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण सत्र जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ । उद्धार विभाग (रेस्क्यु–११२२) का अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत [...]

वाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ

वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भन्नुभयो, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । [...]

दुई विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य गर्ने सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयका तर्फबाट निमित्त उपकुलपति डा तिलकराम आचार्यले हस्ताक्षर गर्नुभएको हो [...]

२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० [...]

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार दुई खण्डमा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो । सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले सडकको [...]

असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान

असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल [...]

बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एकको विद्यार्थीको मृत्यु, सात आठ घाइते

बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात [...]

सवारीसाधनबाटै रकम चोरी, चार जना समातिए

ललितपुरको ग्वार्काेमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (रु नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चोरी भएको जाहेरी परेपछि [...]

भट्टराई रासस सञ्चालक सदस्य नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक (बोर्ड) सदस्यमा पत्रकार डिल्लीराम भट्टराईलाई मनोनयन गरेको छ । हल्दीबारी–१ झापा निवासी उहाँलाई आजको मन्त्रिस्तरीय निर्णयानुसार आगामी चार वर्षका लागि सञ्चालक सदस्य पदमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । भट्टराई [...]

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको [...]

विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् । सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय [...]

रक्षा सचिवद्वारा कङ्गोमा तैनाथ सैनिक फौजको निरीक्षण भ्रमण

रक्षा सचिव किरणराज शर्मा नेतृत्वको टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ नेपाली सेनाका युनिटहरूको अपरेशनल तथा बन्दोबस्ती पक्षहरूको निरीक्षण भ्रमण गरेको छ । सचिव शर्माको नेतृत्वमा यही १८ गते छ सदस्यीय टोली कङ्गो प्रस्थान गरेको थियो । भ्रमणदलले [...]

नवनियुक्त मुख्यमन्त्री थापाको जीवनी

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित [...]

मुख्यमन्त्रीमा थापा नियुक्त

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई [...]

नहरमा बेपत्ता वृद्ध मृत फेला

कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् । प्रहरीका [...]

एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको [...]

प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : प्रवक्ता शर्मा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने र उहाँले राजीनामा पनि नदिने प्रष्ट पार्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका [...]

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र [...]

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट [...]

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार [...]

केरुङ्गा घोलको सिमाङ्कनको काम सुरु

भरतपुर महानगरपालिकाको वडा नं ११ बाट वडा नं २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमाङ्कनको काम थालिएको छ । महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो । सोका लागि सिमाङ्कनको काम सुरु [...]

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर [...]

पहिरोले दुई विद्यालय जोखिममा

केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् । निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ [...]

नारी’ टेलिभिजन प्रसारणमा

नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उदेश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिलाका हकहित, [...]

सडकको बजेट खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

ठेक्का सम्झौता हुन बाँकी सडकको बजेट खारेज गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजालशका न्यायाधीश रामबहादुर थापा र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सडक कालोपत्रको योजना खारेज [...]

अध्यक्ष नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता हुनुभएको छ । दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट उहाँ स्वदेश फिर्ता हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीलङ्कन कम्युनिष्ट [...]

चालीस माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । उहाँले प्लास्टिक झोला [...]

बेरोजगारीको सङ्ख्या तीन लाखमा झार्ने योजना आयोगको लक्ष्य

सरकारले आगामी छ वर्षभित्र बेरोजगारको सङ्ख्या एकल अङ्कमा झार्ने लक्ष्य लिनेभएको छ । यसका लागि राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा अगाडि बढाउँदै बढाएको छ । आयोगका सदस्य डा रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशाधन [...]

लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

लत्रिएको विद्युत्को तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ । तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै [...]

२०७९ सालको एसइई परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय [...]

बेलिब्रिज’ निर्माण अलपत्र

भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको [...]

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको [...]

नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ । टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो । सो अवसरमा टोखा नगरपालिका-६ की वडाअध्यक्ष शान्ता खनाल [...]

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो ; माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको [...]

International

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा [...]

By |July 9, 2023|Categories: International, News|

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ [...]

By |July 9, 2023|Categories: International, News|

हवाई आक्रमणमा बाइस जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा [...]

By |July 9, 2023|Categories: International, News|

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई [...]

By |July 9, 2023|Categories: International, News|

Opinion & Analysis

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना सन्देश जारी

२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री पर्व, २०८१ को उपलक्ष्य राष्ट्रपति रामचन्द्र पौडेल द्वारा शुभकामना सन्देश पत्र जारी गरेका छन । शुभकामना सन्देश पत्रमा भनिएको छ: शुभकामना सन्देश´महाशिवरात्री पर्व, २०८१ [...]

By |February 26, 2025|Categories: News, Opinion and Analysis|

उर्जा मन्त्री दिपक खड्‌का, विरुद्ध अख्तियारमा परेको उजुरी पत्रमा के लेखिएको छ ?

२०८१ फागुन १३ काठमाडौ । उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणी शर्मा हस्ताक्षर गरेको उजुरी पत्र दर्ता [...]

By |February 25, 2025|Categories: News, Opinion and Analysis|

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

२०८१ फागुन १३ । काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको [...]

By |February 25, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

आज सेयर बजार नेप्से सामान्य अकंले वृद्धि

२०८० चैत्र ५ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३.२७ अकंले बढेर २०७३.५३ अंकमा रोकिएको छ । सेयर कारोबार २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । बैंक ब्याजदर घटेपछि धेरै सेयर लगानीकर्ताले सेयर बजार नेप्से वृद्धि हुने आश [...]

आज सेयर बजार नेप्से सूचक १०.६२ विन्दुले घट्यो

२०८० चैत्र ४ काठमाडौं । सेयर बजार नेप्से सूचक १०.६२ विन्दुले घटेर २०७०.२५ अंकमा झरेर बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । बैंक ब्याजदर घट्दा नेप्से बढ्छ भने अनुमान फेल भएको छ भने नंया [...]

Go to Top