२०८० माघ १९ काठमाडौ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्वर ५ हाल वडा ४ सातपत्रे भौगोलिक दृष्टिले रमाईलो मनमोहक ठाउँ हो । यो सिन्धुली माढी सदरमुकाम बाट पश्चिम् उत्तर दिशामा पर्दछ । सातपत्रे नाम कसरी रहन गयो ? यो ठाउँमा सात वटा पत्रपत्र रहेकोले सातपत्रे भनिएको हो ।

अन्नवाली अन्तरगत यो ठाउँमा धान, मकै, कोदो, गहु, फापर फल्छ । यो ठाउँमा पानी कम रहेको छ । आकासे पानीको भरमा स्थानीय कृषकले कृषि कर्म गरेको देखिन्छ ।

´यो सातपत्रे गाउँमा व्यबसायिक खेती अन्तरगत सवै भन्दा राम्रो उत्पादन हुनेमा भुईकटहर पर्दछ भन्दछन सातपत्रेका एक स्थानीय पुराना किसान सुर्य बहादुर थापा ।`

“यस बाहेक यो क्षेत्रमा पिडालु, सखरखण्डा, सज्यौन पनि राम्रो फल्छ । यो ठाउँमा खसी, गाई, भैंसी पालन पनि गर्न सकिन्छ।”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]