
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ । उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको [...]
विपतपुरका आगलागीपीडितलाई पक्की घर
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर [...]
भुटानीलाई जापानमा छात्रवृत्ति
जापानले पहिलो पटक दुईजना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ । ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने जानकारी दिँदै नयाँदिल्लीस्थि जापानी राजदूतावासले भुटानको शाही निजामती सेवा आयोगसँग [...]
स्वास्थ्य सेवा केन्द्रमा भएको आक्रमणको निन्दा
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमालियाको सोमालील्याण्ड क्षेत्रको एक स्वास्थ्य कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ । उत्त स्थानमा भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामीसहित दर्जनौं मारिएका छन् । “स्वास्थ्य सेवा प्रणाली पहिलेदेखिनै नै नाजुक भएको अवस्थामा, स्वास्थ्य सेवामा भएको पछिल्लो [...]
चट्याङ लागेर दश जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् । गत साता [...]
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण
भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ [...]
युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउने रूसी राष्ट्रपति पुटिनको दावी
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताउनुभएको छ । पुटिनले भन्नुभयो, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव [...]
सन् २०३० सम्ममा एड्सको पुर्ण नियन्त्रण हुनेछ> राष्ट्रसंघ (hemantakhabar.com)
२०८० असार २९ काठमाडौ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । “एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न [...]
नेपाली काङ्ग्रेस निकट श्रमिक संगठन आन्दोलित : हेमन्त खबर
२०८० असार २९ काठमाडौ । नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेडयुनियन काङ्ग्रेसले नेपाली सम्पुर्ण श्रमिकहरूको न्युनतम पारिश्रमिकको ब्यबस्था अनिवार्य लागू गर भन्दै नेपाल ट्रेडयुनियन काङ्ग्रेस काठमाडौ जिल्ला समितीका अध्यक्ष: देवी भुषाल , नेपाल चलचित्र श्रमिक संघका सह-अध्यक्ष: पुर्ण बहादुर श्रेष्ठ सहित [...]
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ> हेमन्त खबर
२०८० असार २९ काठमाडौ । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको [...]
सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती
बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् । पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताउनुभयो । “सडकैभरि खाल्डाखुल्डीले [...]
पहिरोले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध
अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो । वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा [...]
लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गर्नुभएको छ । अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसक्नुभएको छ । यस्तै [...]
दुर्घटनामा दुई जनाको मृत्यु> हेमन्त खबर
२०८० असार २९ झापा झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा [...]
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट [...]
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी
लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ । युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भन्नुभयो, “पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।” संयुक्त [...]
बाजेको कुटाइबाट नातीको मृत्यु> हेमन्त खबर
२०८० असार २९ बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर [...]
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र [...]
बाघको आक्रमणबाट महिला घाइते
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष [...]
आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर > हेमन्त खबर
२०८० असार २९ दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा [...]
बस खस्दा १९ यात्रु घाइते> हेमन्त खबर
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका [...]
पहिरोले लघुजलविद्युत् परियोजनामा क्षति
म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु¥याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । [...]
दैलेखमा किसान पुरस्कृत
दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो । कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उहाँहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ [...]
झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक [...]
पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि> हेमन्त खबर
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका [...]
एडिबीद्वारा बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत
एसियाली विकास बैङ्क (एडिबी) ले बङ्गलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ । मनिलास्थित बैंकले ‘शहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ [...]
थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल
थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो । पाँच सय सदस्यीय तल्लो सदन र २५० [...]
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिइएको छ । समितिको आजको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुर्जा वितरण गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिनुभएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको छलफलमा [...]
युद्ध अन्त्यको माग गर्दै रुसी दूतावासअघि प्रदर्शन
सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडाँैस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ । आज दिउँसो सम्पन्न प्रदर्शनमा [...]
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश [...]
विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत [...]
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ [...]
मन्त्रिपरिषद् बैठकको निर्णय> हेमन्त खबर
सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय [...]
सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै [...]
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित
८० असार २८ काठमाडौ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय [...]
विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
कागजातहरु शङ्कास्पद देखिएकाे भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई [...]
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले [...]
चट्याङ लागेर एकको मृत्यु> हेमन्त खबर
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिनुभयो । आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा [...]
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन [...]
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उहाँले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा [...]
सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण
सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कले बढी [...]
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी [...]
विस्थापित हुँदै परम्परागत घर> हेमन्त खबर
थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन् । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन् । “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भन्नुभयो, “काठबाट बन्ने घर बन्न छाडिसकेका [...]
दलवीरको बेमौसमी बन्दाखेती> हेमन्त खबर
म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गर्नुभएको छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ [...]
सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी
कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् । नगरपालिका, [...]
बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा [...]
रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ
रुपन्देही जिल्लामा असार महिनाको अन्तिम हप्तासम्म ३६हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्षसम्म यो समयमा जम्मा ४२ [...]
जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने
जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध सङ्घीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउनमा हुनेभएको छ । एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ । सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानीलकण्ठ [...]
बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : सरकार
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भन्नुभयो, “दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ ।” नेपाल र चीनबीच सन् [...]
नगर प्रहरी र व्यापारीबीच झडप
कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन [...]
विद्युत् ‘ट्रिपिङ’का कारण उपभोक्ता समस्यामा
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पूर्वसूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ । मध्यविन्दु–३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा [...]
व्यवस्थित बन्दै गाईघाट झरना
बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै [...]
एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा
समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् । सन् १९१६ मा फ्रान्सलाई जर्मनीको [...]
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ । कुनै समय अमेरिका भ्रमणमा [...]
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त [...]
सुर्तीजन्य पदार्थबाट उठने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सुर्तीजन्य पदार्थमा लाग्ने [...]
आलेख- अङ्गदान गर्ने महिला, लिने पुरुष
रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको [...]
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने [...]
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ [...]
विरिङ खोलामा पक्की पुल
हुलाकी सडकअन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताउनुभयो । उहाँले खोलामा पानीको [...]
असार तेस्रो सातासम्म मोरङमा ६५ प्रतिशत रोपाइँ
असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन [...]
तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर
पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा [...]
१५ विद्यालय कारबाहीमा
वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो । महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि [...]
पानीको मूल फुटेन, रोपाइँ भएन
असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा म्याग्दीमा अझै रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४८ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट [...]
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए
केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् । देशका हिंसात्मक घटना [...]
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडाैँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०/८१ [...]
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त [...]
मनाङका चौपायामा पनि लम्पी स्किन
हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिनुभयो [...]
बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !
हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ [...]
जिल्ला अदालत काठमाडौले पार्किङ स्थलमा क्यान्टिन संचालन गर्न दिएर पार्किङ नदिएको भन्दै स्वतन्त्र कानुन व्यबसायी आन्दोलित
२०८० असार २८ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आमसर्वसाधारण र कानुन व्यबसायीहरू लाई समेत सवारी साधन पार्किङको ब्यबस्था नगरिदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले आन्दोलन सुरु गरेका [...]
अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान
२०८० असार २८ काठमाडौ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन [...]
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते [...]
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने
लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा परेका छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेको समयमा लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको हो [...]
गण्डकीमा रासायनिक मल मौज्दात
गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश [...]
भवन नहुँदा सेवा प्रवाहमा समस्या
जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार [...]
बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै
कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो । सडक विभाग पुल महाशाखाअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण [...]
बगान समाज परिवर्तन गर्ने चलचित्र : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो । “एकल आमाको [...]
प्रेस युनियन ताप्लेजुङमा पुकुर्टी
नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन हुनुभएको छ । यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ [...]
रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका
डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । भागेश्वर गाउँपालिकामा बीचमै [...]
बेँसीसहर–चामे सडक अवरुद्ध
पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका [...]

International
डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा [...]
चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप
चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ [...]
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । दुई [...]
थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको [...]

Opinion & Analysis
महाकाली सन्धी गर्दा नेपालमा राजसंस्थाका राजा थिए ती राजाले आटेको भए सन्धि गर्नेलाई जेल हाल्न सक्थे तर चुपचाप बसे
२०८१ फागुन २३ काठमाडौं ।महाकाली सन्धि नेपाल सरकार र भारत सरकार बीच महाकाली नदीको जलाधार विकास सम्बन्धी सम्झौता हो। बि.सं. ४ असोज २०५३ सालमा सन्धिमा हस्ताक्षर भएको थियो। महाकाली नदी नेपालको [...]
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन
२०८१ फागुन २३ काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राज्य [...]
“जनताको प्यारो सरकार बन्न यस्तो काम गर सरकार “
२०८१ फागुन २१ काठमाडौ । यतिबेला नेपालको गाउँ खाली हुँदै गएको देखिन्छ । गाउँबाट सहरमा बसाई सराई गर्ने र सहरमा बस्ती बढ्दै गएको देखिन्छ। कारण नागरिकको दैनिक जिवनमा आबस्यक पर्ने [...]


