२०८२ बैशाख ९ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.९६ विन्दुले घटेर २६८८.३२ अंकमा कायम भएको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सर्किट लेबलमा कारोबार भएका छन् । बजार लामो समयदेखि केही अकं बढ्ने केही अकं घट्ने गति चलिरहेको छ् ।

बिगत एक महिनाको अवधिमा बजार बढेको बेला सेयर बेचेर नाफा बुक गर्नेहरु घटेको बेला पुन सेयर किन्न थालेका देखिन्छ । नयाँ गभर्नर आएपछि नेप्से बढ्छ कि भन्ने आशमा केही लगानीकर्ता ले सेयर किनेको देखिन्छ भने बर्तमान केपि ओलि नेतृत्वको शरकारलाई लगानीकर्ताले बिश्वास गर्न सकिरहेको बजारले देखाउछ ।

बर्तमान अर्थमन्त्री बिष्णु पौडेल अघिल्लो चोटि अर्थमन्त्री हुँदा नेप्से ३२सय आसपास पुगेको थियो।अर्थमन्त्री बाट पौडेल हटेपछि नेप्से घटेर १८ सय आसपास झरेर अहिले ३२ सय भन्दा तल नेप्से रहेको छ। त्यतिबेला सेयर किनेर नबेची बस्नेको सेयर सम्पत्ति ७० प्रतिसतको आसपास नोक्सानी भएको बजारले देखाउछ। सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो।

← Back

Thank you for your response. ✨