२०८१ चैत्र १० काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किन सक्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

आज पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि लायक व्यक्ति छैनन् भन्ने बताएका छन् ।

देउवाले भनेका छन ‘पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, राजा चाहिएको भए राप्रपा पार्टी अध्यक्ष बनेहुन्छ राप्रपाले अध्यक्ष बनाए हुन्छ। नभए पूर्वराजाले पार्टी खोलेर आए पनि हुन्छ ।’ देउवाले यो पनि पुर्व राजालाई सुझाव दिएका छन राप्रपाको अध्यक्ष बन्नुस`।

← Back

Thank you for your response. ✨