
बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । अब गाउँपालिकाभित्रका सेवाग्राहीहरुका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क [...]
पहरी नमुना बस्ती हस्तान्तरण
सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी [...]
ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग
परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै [...]
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा [...]
बढ्यो सुनको मूल्य रु एक हजार आठ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेको हो । [...]
वैदेशिक रोजगारमा आर्षित हुँदै खेलाडी
खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उहाँ अहिले २४ [...]
सधैँ कर्मचारीकै पिरलो
धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गर्नुभयो । अहिले उहाँले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहनुभएको छ । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । “एक वर्षमा तीन [...]
खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण
बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो । मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । [...]
पोखरा स्पोर्टस् अवार्ड’ शनिबार
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि गठित मूल आयोजक समितिसहित विभिन्न १३ उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको [...]
सीमा क्षेत्रमा सिसी क्यामेरा जडान
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी [...]
चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि
सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस [...]
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो [...]
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो
गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा [...]
दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता
तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती [...]
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार [...]
साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम
खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन [...]
तीनपटक म्याद थप्दा पनि बनेन सडक
बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न [...]
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : मिडियाको समृद्धिका लागि सार्थक बहसको अपिल
विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि [...]
ताप्लेजुङमा हिमपात
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा [...]
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस [...]
दार्चुला हिमपहिरो अपडेट : पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ [...]
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय [...]
एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना
एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । गत वर्ष यही अवधिमा ७५ वटा [...]
पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न हुन सकेन’
नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरिएको भए पनि त्योअनुसार कानुनहरु बन्न नसक्दा अहिले पनि प्रेस स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न नपाएको जानकारहरूले बताएका छन् । फ्रिडम फोरम नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा अवसरमा आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको अवस्था : [...]
साइबर सुरक्षामा फितलो पूर्वाधार
केही दिन अघि लोक सेवा आयोगले २०७१ सालदेखि चलाउँदै आएको पब्लिक सर्भिस रिक्युटमेन्ट म्यानेजमेन्ट सिस्टोम (पिएसआरएमएस) नामको सरकारी एकीकृत डाटा प्रणाली (जिआइडीसी) मा समस्या देखियो । आयोगले आइतबार जारी गरको प्रेस विज्ञप्तिअनुसार जिआइडीसीमा समस्या देखिएपछि गत मङ्सिरमा खुलाइएको शाखा अधिकृत [...]
गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उहाँले बताउनुभयो । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल [...]
कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण
कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको छ । कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको हो । कारागारमा चार जना पुरानै क्षेयरोग सङ्क्रमित रहेका छन् । हाल कास्की कारागारभित्र [...]
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ
नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज [...]
मङ्गोलियामा ३५९,५०० हेक्टर जङ्गल डढेलोबाट नष्ट
मङ्गोलियामा यस वर्षको शुरुदेखि छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको । राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक २० वटा घर र एउटा गाडी जलेको छ । त्यस्तै [...]
मध्य सोमालियामा अल–शबाबका ६० लडाकू मारिए
सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्। सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको [...]
पश्चिमी युगान्डामा पहिरोले ६ वटा गाउँ ध्वस्त
युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले छवटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस) ले मङ्गलबार जनाएको छ। हिमाली जिल्लामा अविरल वर्षाका कारण २६ वटा घर पूर्णरुपमा भत्किएको र २०० घर अझै जोखिममा रहेको राहत एजेन्सीले जनाएको छ । एजेन्सीले विज्ञप्ति [...]
वर्षाबाट उत्तरपश्चिम पाकिस्तानमा कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टामा प्रदेशका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढी [...]
सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत
आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन [...]
विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन् । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट [...]
आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते
विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका [...]
सात जना आतङ्कवादी पक्राउ
पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् । गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ । आतङ्वादी समूह ताहरिक [...]
सुडानबाट दुई सय जना रुसी फर्कदै
रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी [...]
हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए
ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले [...]
युक्रेन युद्धमा एक लाख रुसी मारिए’
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति [...]
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिनुभयो [...]
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै सञ्चार तथा [...]
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको [...]
एमाले सांसद कोइरी निलम्बित
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम [...]
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले [...]
मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान
मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ । फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाउनुभयो । पुरस्कारका [...]
उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको [...]
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल [...]
राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिनुभएको हो [...]
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ । आज भएको भेटमा उहाँहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको [...]
सामान्य अङ्कले घट्यो नेप्से
आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ [...]
राष्ट्रपति रनिङ शिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण
खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ । सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै सुदूरपश्चिमको छात्रा कबड्डीको उपाधि जितेको हो । सुदूरपश्चिम कबड्डी टोलीका [...]
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी [...]
मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी [...]
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
ल लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ [...]
आमाछोरा १७ दिनदेखि बेपत्ता
तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका [...]
प्यूठानको ऐरावतीमा खानेपानी अभाव
प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधँै हैरानी व्यहोर्नु परेको छ । [...]
मनाङमा घर घरमा पशु स्वास्थ्य सेवा
पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ । विज्ञ केन्द्रले यही वैशाख १५ देखि १७ गतेसम्म घर–घरमा पुगेर पशु स्वास्थ्य सेवाका लागि शिविरमार्फत सेवा दिएको हो । [...]
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको [...]
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ । आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति [...]
अमेरिकामा नेपाल चिनाउँदै ह्यारी
विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो [...]
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य [...]
चैतमै सकिए ९५ प्रतिशत योजना
चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत [...]
उपेन्द्र यादवद्वारा शपथग्रहण
बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराउनुभएको हो । [...]
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाउनुभएको छ । [...]
हराभरा हुँदै ‘महेन्द्र पार्क’
झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको [...]
ग्रामीण विद्यालयमा विज्ञान प्रयोगशाला
नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ । महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जनता माध्यमिक विद्यालयले आजबाट विज्ञान विषयको अध्यापनमा प्रयोशाला अभ्यास थालेको हो । गत [...]
ठमेलमा अपराध रोक्न एकमहिने अभियान
पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । [...]
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ । सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको [...]
नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना [...]
उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले [...]
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् । ती मध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रम संयोजक खगेन्द्र [...]
गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला
लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको [...]
नेपाल एसिया कपमा छनोट
एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले [...]
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा [...]
विदेशबाट फर्किएर पशुपालन
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो । सोचअनुरुप उहाँले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गर्नुभयो [...]
बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान
कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि [...]
अवरुद्ध अरनिको राजमार्ग नियमित
काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ । बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा [...]
ठगीमा संलग्नताको आरोपमा राई पक्राउ
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा संविधानसभा सदस्य इन्द्रजीत रार्ई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले [...]
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको [...]
अझै गठन भएनन् विषयगत समिति
गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार महिना बितिसक्दा पनि ‘मिनी ससंद्’ मानिने विषयगत समितिहरु गठन हुनसकेका छैनन् । विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि ससंदीय काम–कारबाही प्रभावित हुने देखिएको छ । विषयगत समिति नबन्दा सरकारले ल्याउने विधेयक दोहोरो [...]

International
ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता
चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । "हिजो (बुधवार) साँझ [...]
दक्षिण अफगानिस्तानमा दुर्घटना : नौ जनाको मृत्यु, एकतिस घाइते
अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन् । प्रान्तीय राजधानी कलात शहरमा यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको [...]
महासागर जापानको निजी ढल होइन’
चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ [...]
सडक दुर्घटनामा चौविस यात्रीको मृत्यु
अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता [...]

Opinion & Analysis
सरकार नियन्त्रणमुखी बाटोमा: सोविता गौतम
२०८१ फागुन २८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गईरहेको बताएकी छन्। उनले भनेकी छन् :- ´सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्नेमा प्रतिशोधको तरबार बनायो, [...]
राजावादीको हर्कतको विरुद्ध समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने
२०८१ फागुन २७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाको बैठक बसेको छ । उक्त बैठकमा समाजवादी मोर्चामा सहभागी दलहरूले राजावादीहरुले राजतन्त्रका पक्षमा गरिरहेका गतिविधिलाई आपत्तिजनक भएको भन्दै सशक्त प्रतिवाद [...]
बुस्ट बापत फेसबुक प्लेट फर्मले नेपालबाट कति पैसा लगिरहेछ ?
२०८० फागुन २७ काठमाडौ । “नेपालमा सामाजिक संजाल फेसबुकलाई बाट बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्टबाट फेसबुकले नेपालबाट राम्रो आम्दानी समेत गरेको देखिन्छ । फेसबुकले नेपालाई [...]












