
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो । [...]
बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा
काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको [...]
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति [...]
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ [...]
लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न
धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको [...]
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार
रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा [...]
गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै
सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उहाँ दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त हुनुभएको हो । [...]
सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो
सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएकाे [...]
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको [...]
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको [...]
बेपत्ता युवक पाँच दिनपछि मृत फेला
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने [...]
दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ [...]
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, [...]
सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी [...]
पश्चिमी वायुको प्रभावले वर्षा
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ [...]
वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन
आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन [...]
आठ वर्षमा दुई सय बीस गैँडा मरे
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा [...]
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार [...]
पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै
कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र [...]
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा [...]
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात
काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ [...]
राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छ : रूस
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ । रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको [...]
बेलग्रेडको प्राथमिक विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु
सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन । स्थानीय समयअनुसार बिहान [...]
सन् २०२२ मा पच्चीस करोड असी लाख व्यक्तिद्वारा खाद्यान्न सहायताका लागि माग ; संयुक्त राष्ट्रसङ्घ
द्वन्द्व, आर्थिक सङ्कट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “एक अर्बभन्दा बढी मानिस अहिले भोकमरीको चरम [...]
चीनमा कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड [...]
युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । [...]
ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए
उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ । जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका [...]
सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी
म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । [...]
अष्ट्रेलियाले भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नुपर्छ’
दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ । क्यानबेराले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी [...]
सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति
सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान [...]
प्रदेश सरकारका मन्त्रीसँग अमेरिकन राजदूतको भेटवार्ता
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सनले आज धनगढीमा भेटवार्ता गर्नुभएको छ । सो अवसरमा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित आयोजनाको विषयमा छलफल भएको मन्त्रालयका सचिव प्रेमदत्त भट्टले जानकारी दिनुभयो । अमेरिकन राजदूतको [...]
ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख [...]
नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान
नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई आज प्रहरी प्रधान कार्यालयमा [...]
२५६७ औँ बुुद्धजयन्ती : बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विभिन्न कार्यक्रम
२५६७ औँ बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । बुुद्धजयन्तीका अवसरमा यही वैशाख २२ गते बुद्ध पूर्णिमामा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिने लुम्बिनी विकास कोषले जनाएको छ [...]
डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान
लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद [...]
सत्तागठबन्धनमा नीति कार्यक्रम र बजेटका बारेमा छलफल
सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली [...]
विवरण नबुझाउने र शुल्क फिर्ता नगर्नेको दर्ता खारेज गर्ने निर्णय
भक्तपुर मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस वर्ष प्रत्येक कक्षामा [...]
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी
नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका [...]
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बिहीबार बेलायत जानुहुने
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले [...]
सुडानमा रहेका नेपाली नागरिकको उद्धार र घर फिर्तीको प्रयास जारी
नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको [...]
बझाङ : यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता
बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् । सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले [...]
व्यवसायी गङ्गा हत्याका अभियुक्त सार्वजनिक
जिल्लाको बडिगाड गाउँपालिका–३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटी बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल [...]
कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न [...]
नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल [...]
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ । प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका [...]
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नुपर्ने
राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न एवं पत्रकारको सुरक्षा गर्न आग्रह गरेको छ । ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा [...]
ट्रकको ठक्करबाट तनहुँमा तीन जनाले ज्यान गुमाए
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस [...]
सबैलाई मिलाएर विश्व हिन्दू महासङ्घको महाधिवेशन गरिने
विश्व हिन्दू महासङ्घले विधिसम्मतरूपमा आफ्नो महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ । महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो । महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन [...]
उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो । सो क्रममा उपराष्ट्रपति यादवले ६ मे [...]
तीनमन्त्री नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गर्नुभएको छ [...]
एमाले पार्टीका वरिष्ठ नेता विरुद्ध पक्राउ पुर्जी जारी
नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई [...]
हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवाप्रदान
उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ । विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन् । शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहदा पनि चालु राखेको छ । पालिकाभित्र [...]
दुई दिन जमुनाहा नाका बन्द
नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका [...]
राष्ट्रपतिद्वारा अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । [...]
नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो
घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव [...]
कोभिडपछि पुरानो अवस्थामा फर्कनसकेन छापा पत्रकारिता
कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर ग¥यो । अनलाइन सञ्चार माध्यम [...]
स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न [...]
पृथ्वीराजमार्ग चार घन्टापछि पुन सञ्चालनमा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन ः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम [...]
महिला स्वयम्सेविकालाई पेन्सन
गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० [...]
शान्ति समाजको ध्यानाकर्षण
मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरि ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) मनाएको छ । शान्ति समाजका काठमाडाँै, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै [...]
व्यवसायी कँडेल मृत्यु प्रकरण : दुईजनाविरुद्ध उजुरी
पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत [...]
धवलागिरिमा शैक्षिक उन्नयन कार्यक्रम
म्याग्दीको धवलागिरि गाउँपालिकाले विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शैक्षिक उन्नयन कार्यक्रम सुरुआत गरेको छ । क्वालिटी एजुकेसन नेपाल अस्टे«लियाको आर्थिक एवं प्राविधिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र गाउँपालिकाको साझेदारीमा पालिकामा सबैका सबै २८ विद्यालयको १–५ तहमा [...]
नेपालको उपराष्ट्रपतिको कार्यलयका सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुुभयो [...]
बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ । बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित [...]
महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रिया सेवा
महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा खगेन्द्र उप्रेतीले जानकारी दिनुभयो । “यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया [...]
वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस
सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र [...]
घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र [...]
एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको [...]
विधान अधिवेशनको तयारी गर्दै जसपा
जनता समाजवादी पार्टी नेपाल (जसपा) विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विधानको मस्यौदा तयार भइसकेको र यसका [...]
मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ
मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको [...]
पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण गर्न माग
सञ्चार क्षेत्रका विज्ञहरुले नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण गर्नुपर्ने माग गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे, २०२३) का अवसरमा नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक तथा [...]
विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा
कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो [...]
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ [...]
थारु सङ्ग्रहालयको आकर्षण बढ्दै
दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । “दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्”, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता [...]
दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो
दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए । [...]
धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबँेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश [...]
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’
‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् । नेपाल टेलिभिजनमा बुधबार [...]
प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर
नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल [...]
सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति
सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान [...]
स्मार्ट टेलिकम प्रालि स्वतः खारेज
ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ [...]

International
फ्रान्समा छुरा प्रहारसँग ‘आतङ्कवादी’ समूहको सम्लग्नता देखिन्न अभियोजक
फ्रान्सको अल्पाइन शहर एँनेसीमा बिहीबार छ जनालाई छुरा प्रहार घटनामा आरोपित एक सिरियाली शरणार्थीको ‘आतङ्कवादी’ सम्लग्नता नदेखिएको स्थानीय अभियोजकले बताएका छन् । लाइन बोनेट–म्याथिसका अनुसार आक्रमणमा घाइते भएका चार बालबालिकामध्ये [...]
अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु
अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालिन [...]
ब्याज दर थप घटाउने कसरत गर्दै श्रीलङ्का
श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताउनुभएको छ । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताउनुभएको हो । [...]
भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै
सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ । भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको [...]

Opinion & Analysis
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा फागुपूर्णिमा (होली) पर्व २०८१ को अवसरमा शुभकामना सन्देश जारी
२०८१ फागुन २९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्व, २०८१ को अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा भनिएको छ: ´नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश [...]
“गणतन्त्रको तलवभत्ता,मेयर,सभासद,सेवासुविधा लिएर गणतन्त्र मुर्दावाद भन्दै राप्रपा नेपाल”
२०८१ फागुन २९ काठमाडौं ।राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको संसदिय पद स्वीकारेर प्रतिपक्षी दलमा रहेको छ। यो पार्टी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा चुनावमा भाग लिएर धेरै [...]
“मानव अधिकारको न्यायको पक्षमा” अधिवक्ता: भुवन थापा
२०८१ फागुन २९ काठमाडौं ।कानुन बिपरित काम गर्ने, मान्छे कुट्ने र पक्राउ गर्नेले आज वहालवाला पदमा रहदा शक्तिको आडमा छुट पाए पनि भोलि जागीर छोडेपछि कानुनि दण्ड सजाय पाउने डर [...]












