कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको [...]

By |2023-05-20T18:55:43+05:45May 20, 2023|Categories: News|

उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को युरोप, एशिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । शिष्टाचार भेटघाटका क्रममा एमसिसीले मिलेनियम च्यालेञ्ज [...]

By |2023-05-20T18:54:46+05:45May 20, 2023|Categories: News|

कास्कीका गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप

कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् । गाईवस्तु मर्न थालेपछि किसान [...]

By |2023-05-20T18:53:18+05:45May 20, 2023|Categories: News|

राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको [...]

By |2023-05-20T18:51:51+05:45May 20, 2023|Categories: News|

तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा

कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । । गएको माघ २४ गतेदेखि यही वैशाखसम्म लागुऔषधका २३ मुद्दा दर्ता भएका छन् भने [...]

By |2023-05-20T18:50:48+05:45May 20, 2023|Categories: News|

सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको [...]

By |2023-05-20T18:49:12+05:45May 20, 2023|Categories: News|

रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा

वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ । मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् [...]

By |2023-05-20T18:47:41+05:45May 20, 2023|Categories: News|

नीति तथा कार्यक्रम : सुक्खा बन्दरगाह तीन वर्षमा, करिडोर प्राथमिकतामा

सरकारको आगामी नीति तथा कार्यक्रममा लामो समयदेखि विविध कारणले गति लिन नसकेका दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोरलाई समेटेपछि यहाँका दुई ठूला आयोजनाको चाँडै निर्माण हुनेमा आशा पलाएको [...]

By |2023-05-20T16:38:38+05:45May 20, 2023|Categories: News|

ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले [...]

By |2023-05-20T16:36:48+05:45May 20, 2023|Categories: News|

सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा

सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै [...]

By |2023-05-20T16:35:37+05:45May 20, 2023|Categories: News|

चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै

सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात [...]

By |2023-05-20T16:34:32+05:45May 20, 2023|Categories: News|

नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ

निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र [...]

खानेपानीको बक्यौता नतिरेपछि मेचीनगरको धारा काटियो

तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई [...]

By |2023-05-20T16:32:03+05:45May 20, 2023|Categories: News|

गैँडाको आक्रमणबाट एकको मृत्यु

गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको [...]

By |2023-05-20T16:31:01+05:45May 20, 2023|Categories: News|

छाब्दी बाराही मन्दिरको छाना तामाले छाइने

व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ । विसं [...]

By |2023-05-20T16:30:10+05:45May 20, 2023|Categories: News|

नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न [...]

By |2023-05-20T16:28:52+05:45May 20, 2023|Categories: News|

रौतहटमा छुरा प्रहार गरी हत्या

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालयका [...]

By |2023-05-20T16:26:40+05:45May 20, 2023|Categories: News|

निर्माण सम्पन्न भएको कभर्डहल बन्द

कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो । विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुई कोड निर्माण भएका छन् । खेलप्रेमीका लागि [...]

By |2023-05-20T16:25:53+05:45May 20, 2023|Categories: News|

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत [...]

By |2023-05-20T16:24:51+05:45May 20, 2023|Categories: News|

बागलुङमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण

बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ । निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो । नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको [...]

By |2023-05-20T16:23:39+05:45May 20, 2023|Categories: News|

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै

आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार [...]

By |2023-05-20T16:20:43+05:45May 20, 2023|Categories: International, News|

भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन् । गत बुधबार वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा [...]

By |2023-05-20T16:19:40+05:45May 20, 2023|Categories: International, News|

तीन जना अपहरणकारी मारिए

अपहरणकारीविरुद्ध अफगान प्रहरीले गरेको कारबाहीमा तीन जना मारिएका छन् । अपहरणमा परेका एक जना स्थानीय व्यापारीलाई सुरक्षा कारबाहीमा सकुशल मुक्त गरिएको प्रहरी प्रवक्ता खालिद जद्रानले बताएका छन् । बिहीबार बिहान [...]

By |2023-05-20T16:18:25+05:45May 20, 2023|Categories: International, News|

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै [...]

By |2023-05-20T16:17:26+05:45May 20, 2023|Categories: News|

आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले [...]

By |2023-05-20T15:19:24+05:45May 20, 2023|Categories: News|

पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणमा असर पु¥याउनका साथै बाढी र पहिराको जोखिम पनि उत्तिकै बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै [...]

By |2023-05-20T15:18:27+05:45May 20, 2023|Categories: News|

दुर्घटना रोक्न सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले [...]

By |2023-05-20T15:17:08+05:45May 20, 2023|Categories: News|

पेन्सन सुधार मुद्दामा अदालतको स्वीकृतिपछि म्याक्रोँले सोमबार देशबासीका नाममा सम्बोधन गर्ने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक सोमबार देशबासीका नाममा फ्रान्सलाई सम्बोधन गर्नुहुनेभएको छ । संवैधानिक अदालतले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पु¥याउने [...]

By |2023-04-17T20:27:35+05:45April 17, 2023|Categories: International, News|

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका [...]

By |2023-04-17T20:22:06+05:45April 17, 2023|Categories: International, News|

आधुनिक तरिकाले गहुँ खेती

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो [...]

By |2023-04-05T14:52:32+05:45April 5, 2023|Categories: News|

हनुमानगढीमा हनुमान जयन्ती सुरु

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ [...]

By |2023-04-05T14:48:34+05:45April 5, 2023|Categories: News|

नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको [...]

By |2023-04-04T17:56:39+05:45April 4, 2023|Categories: News|

फ़ोहोर उठाउन नगरपालिका को निर्देशन

फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ [...]

By |2023-04-04T17:53:28+05:45April 4, 2023|Categories: News|

नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको राष्ट्रपति सीको जोड

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारको अध्ययन र कार्यान्वयनको शिक्षा अभियानलाई अघि बढाउन ठोस प्रयास गर्न आग्रह गर्नुभएको छ। [...]

By |2023-04-03T22:41:58+05:45April 3, 2023|Categories: International|

उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त [...]

By |2023-02-13T20:10:54+05:45February 13, 2023|Categories: International, News|

कृषि र पर्यटनको विकासका लागि मेला आयोजना गरिने

कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना [...]

By |2023-02-12T19:42:04+05:45February 12, 2023|Categories: News|

चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति

नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम [...]

By |2023-02-12T13:26:10+05:45February 12, 2023|Categories: Uncategorized|

बसाइँसराइ गर्ने बढे

  स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई [...]

By |2023-02-11T07:52:53+05:45February 11, 2023|Categories: News|

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा [...]

By |2023-02-11T07:50:46+05:45February 11, 2023|Categories: News|

दिनभरि जनताको काम, साँझ बिहान बारीमा

दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा [...]

By |2023-02-11T07:48:29+05:45February 11, 2023|Categories: News|

ठाडो भाकामा ‘दरमखोला’

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो [...]

By |2023-02-11T07:45:48+05:45February 11, 2023|Categories: News|

विकासको लक्ष्य पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास [राष्ट्रपतिले सम्बोधन गरेको पुर्णपाठ]

७९ माघ २७ काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को [...]

By |2023-02-10T18:23:03+05:45February 10, 2023|Categories: News|

सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गरिने

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा जिल्लाका [...]

By |2023-02-10T17:43:16+05:45February 10, 2023|Categories: News|

सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई [...]

By |2023-02-10T17:39:28+05:45February 10, 2023|Categories: News|

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक पूर्वाधारणका आयोजना [...]

By |2023-02-10T17:36:54+05:45February 10, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग साउदीका राजदूतको भेट

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र [...]

By |2023-02-10T17:33:17+05:45February 10, 2023|Categories: News|

छ महिना कमको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने [...]

By |2023-02-10T13:23:26+05:45February 10, 2023|Categories: News|

रसुवाको पारच्याङमा अस्पताल निर्माण

दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल [...]

By |2023-02-10T11:41:56+05:45February 10, 2023|Categories: News|

पर्सामा सात हजार करदाता थपिए

चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच [...]

By |2023-02-09T11:15:38+05:45February 9, 2023|Categories: News|

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै [...]

By |2023-02-09T11:12:48+05:45February 9, 2023|Categories: News|

बाँकेमा घडियाल गोहीको संरक्षण

बाँके राष्ट्रिय निकुञ्जले सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खल्बलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती [...]

By |2023-02-09T11:09:36+05:45February 9, 2023|Categories: News|

गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी [...]

By |2023-02-09T10:36:10+05:45February 9, 2023|Categories: News|

आजको मौसम :हिमपातको सम्भावना

  आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती [...]

By |2023-02-09T10:31:12+05:45February 9, 2023|Categories: News|

सङ्कटमा मधेसका एफएम रेडियो

विज्ञापन बजार र अन्य व्यवस्थापकीय समस्याका कारण मधेस प्रदेशमा सञ्चालिन एफएम रेडियो सङ्कटमा पर्दै गएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामको तथ्याङ्कअनुसार हालसम्म १९ रेडियो बन्द अवस्थामा छन् । यही अवस्था [...]

By |2023-02-09T10:27:25+05:45February 9, 2023|Categories: News|

सहकारीद्वारा वृद्धवृद्धालाई भत्ता वितरण

मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित लर्ड बुद्ध सहकारी ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीले आफ्नो २१औँ स्थापना दिवसमा २९ वृद्धवृद्धालाई भत्ता वितरण गरेको हो । सहकारीमा [...]

By |2023-02-09T10:21:21+05:45February 9, 2023|Categories: News|

विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश नं १ सरकार र करुणा फाउण्डेशन नेपालको [...]

By |2023-02-09T10:18:33+05:45February 9, 2023|Categories: News|

पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा जग्गादाताले चार [...]

By |2023-02-09T10:15:31+05:45February 9, 2023|Categories: News|

चितवनमा भेट्रान कप फुटबल शनिबारदेखि

  चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी [...]

By |2023-02-09T10:10:05+05:45February 9, 2023|Categories: News|

भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई [...]

By |2023-02-09T10:05:06+05:45February 9, 2023|Categories: News|

कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त

कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा [...]

By |2023-02-09T09:28:33+05:45February 9, 2023|Categories: News|

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने [...]

By |2023-02-09T09:25:33+05:45February 9, 2023|Categories: News|

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ [...]

By |2023-02-09T08:10:21+05:45February 9, 2023|Categories: News|

बागलुङ–बेनी सडक जीर्ण

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ [...]

By |2023-02-09T08:06:46+05:45February 9, 2023|Categories: News|

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र [...]

By |2023-02-09T08:03:30+05:45February 9, 2023|Categories: News|

पर्यटक आकर्षित गर्न भ्यूटावर

विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय [...]

By |2023-02-09T07:58:42+05:45February 9, 2023|Categories: News|

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको [...]

By |2023-02-08T21:20:17+05:45February 8, 2023|Categories: Uncategorized|

पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताउनुभएको छ [...]

By |2023-02-08T21:12:46+05:45February 8, 2023|Categories: News|

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । [...]

By |2023-02-08T21:09:53+05:45February 8, 2023|Categories: News|

शहीद स्मृति विद्यालयलाई भौतिक पूर्वाधार अभाव

रोल्पा सुनछहारीका पर्शुराम रोका सात महिनाको हुँदा बुबा शहीद हुनुभयो । बुबा शहीद भएपछि टुहुरो हुनुभएका पर्शुरामलाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । पर्शुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा [...]

By |2023-02-08T15:19:39+05:45February 8, 2023|Categories: News|

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया [...]

By |2023-02-08T15:16:41+05:45February 8, 2023|Categories: News|

सम्भावना खोज्दै महिला खेलाडी

यहाँको निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ डुमिसरा सारु । उहाँको भलिबलमा धेरै नै रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने सोच भएतापनि खेल्ने [...]

By |2023-02-08T15:15:15+05:45February 8, 2023|Categories: News|

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ [...]

By |2023-02-08T15:13:27+05:45February 8, 2023|Categories: News|

नारायणगढ–बुटवल सडक: चार वर्षमा २५ प्रतिशत काम

पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन [...]

By |2023-02-08T15:11:57+05:45February 8, 2023|Categories: News|

कर्णाली सरकारको प्रवक्तामा जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा [...]

By |2023-02-08T15:10:09+05:45February 8, 2023|Categories: News|

पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ । [...]

By |2023-02-08T15:02:00+05:45February 8, 2023|Categories: News|

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ [...]

By |2023-02-08T14:59:15+05:45February 8, 2023|Categories: News|

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ [...]

By |2023-02-08T13:59:29+05:45February 8, 2023|Categories: News|

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै

काभ्रेपलाञ्चोक, २५ माघ (रासस) ः धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको हो । [...]

By |2023-02-08T13:56:38+05:45February 8, 2023|Categories: News|

सभामुखसँग चिनियाँ राजदूतको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय [...]

By |2023-02-08T13:54:03+05:45February 8, 2023|Categories: News|

एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन [...]

By |2023-02-08T13:51:36+05:45February 8, 2023|Categories: News|
Go to Top