Skip to content
Sat, Aug 01, 2026 / 02:50 PM / २०८३, श्रावण १६, शनिबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading…
Previous Next

पर्यटक आकर्षित गर्न भ्यूटावर

By हेमन्त खबर संवाददाता|2023-02-09T07:58:42+05:45February 9, 2023|Categories: News|

विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाउनुभएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउनुहुन्छ । चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुट्नुभएको छ । सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् । ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थाल्नुभएको हो । “पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ”, उहाँले भन्नुभयो । उहाँले उद्यानभित्र निर्माण गर्नुभएको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ ।रासस

Share this:

  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading…
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5841down
Australian Dollar 
Australian Dollar
₨107.395up
Swiss Franc 
Swiss Franc
₨189.0284down
Euro 
Euro
₨176.0736down
British Pound 
British Pound
₨205.833down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9687down
Qatari Rial 
Qatari Rial
₨41.9554down
Saudi Riyal 
Saudi Riyal
₨40.7247down
Singapore Dollar 
Singapore Dollar
₨119.1139up
US Dollar 
US Dollar
₨152.7178down
01 Aug · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 01 Aug 2026 08:40 UTC
Latest change: 01 Aug 2026 08:31 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top