Skip to content
Mon, Oct 12, 2026 / 04:22 AM / २०८३, आश्विन २६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading…
Previous Next

पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द

By हेमन्त खबर संवाददाता|2023-02-08T21:12:46+05:45February 8, 2023|Categories: News|

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताउनुभएको छ । पार्टीको नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ” भन्ने राजनीतिक प्रस्ताव पारित गरी निर्णय गरेको जानकारी महासचिव चन्दले दिनुभयो । राष्ट्रिय स्वाधीनता र जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा देखिएका समस्याविरुद्ध, विद्यार्थीको न्यायिक सङ्घर्षलाई साथ दिन, जनताको मौलिक अधिकारका लागि, आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीसँगको सहकार्यलाई लागू गर्न, सम्पूर्ण सहिद मुख्यतः जनयुद्ध र एकीकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदलाई यथाशीघ्र राष्ट्रिय सहिद घोषणा, किसानलाई सर्वसुलभरूपले मल, बीउ उपलब्ध गराउनेलगायतका विषयमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा महासचिव चन्दले भन्नुभयो, “आर्थिक सङ्कटका कारण टाट पल्टिएका व्यवसायीलाई राहत र संरक्षण, शैक्षिक क्षेत्रका समस्याविरुद्ध सङ्घर्ष गर्नेछौँ ।” वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।

Share this:

  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading…
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨42.1483up
Australian Dollar 
Australian Dollar
₨107.9396down
Swiss Franc 
Swiss Franc
₨186.4156up
Euro 
Euro
₨173.2699up
British Pound 
British Pound
₨204.781up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9776up
Qatari Rial 
Qatari Rial
₨42.5246up
Saudi Riyal 
Saudi Riyal
₨41.2772up
Singapore Dollar 
Singapore Dollar
₨120.9035up
US Dollar 
US Dollar
₨154.7897up
12 Oct · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 11 Oct 2026 21:40 UTC
Latest change: 11 Oct 2026 21:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top