Skip to content
Mon, Oct 05, 2026 / 09:06 PM / २०८३, आश्विन १९, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading…
Previous Next

विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

By हेमन्त खबर संवाददाता|2023-02-09T10:18:33+05:45February 9, 2023|Categories: News|

विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश नं १ सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीलाई निर्देशन दिनुभयो । नागरिक स्वस्थ भएमात्रै समाजको चौतर्फी विकास हुने भन्दै प्रमुख कोइरालाले भन्नुभयो, “महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको छ, अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ ।” महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृशिशु पोषणका असर, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भान्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्वबारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । महानगरले १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।रासस

Share this:

  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading…
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.9901up
Australian Dollar 
Australian Dollar
₨107.3213up
Swiss Franc 
Swiss Franc
₨185.4271down
Euro 
Euro
₨172.6038down
British Pound 
British Pound
₨203.6466down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.975down
Qatari Rial 
Qatari Rial
₨42.365up
Saudi Riyal 
Saudi Riyal
₨41.1223up
Singapore Dollar 
Singapore Dollar
₨120.4464down
US Dollar 
US Dollar
₨154.2086up
05 Oct · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 05 Oct 2026 14:40 UTC
Latest change: 05 Oct 2026 14:34 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top