पहिराले विद्यालय भवनमा क्षति; हेमन्त खबर
वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पु¥याउनुका साथै उच्च जोखिममा परेको छ । आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय [...]
वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पु¥याउनुका साथै उच्च जोखिममा परेको छ । आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय [...]
थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि सोमनाथ खनालद्वारा [...]
रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून [...]
चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई [...]
युएईका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र संयुक्त सङ्घका राज्यमन्त्री लर्ड तारिक अहमदसँग भेटवार्ता गर्नु भएको छ । उहाँ बेलाइत विदेश राष्ट्रमण्डल [...]
सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक [...]
जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको [...]
झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ । निर्माण कार्य गुणस्तरहीन भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको [...]
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो [...]
आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा [...]
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको [...]
कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । लम्पी स्किन रोगको सङ्क्रमणबाट [...]
भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ । भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको [...]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए । “गिद्ध मृत भेटिएको [...]
हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका [...]
बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर [...]
बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी [...]
नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका [...]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश [...]
कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन [...]
कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा [...]
रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ [...]
गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ । मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल [...]
वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ । एक हजार लिटर क्षमताको एउटा [...]
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय आफ्नो सेवा प्रवाहमा सरलीकरण गरेको जनाएको छ । यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको [...]
गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष२०८०/८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा [...]
बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई रु ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न [...]
पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो [...]
गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार [...]
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी [...]
स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक [...]
बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको [...]
चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण [...]
बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका छन् । परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ [...]
गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न [...]
फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई [...]
वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको [...]
प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण [...]
एकसाता अघि गएको बाढीले सङ्खुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर [...]
मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ । आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत [...]
यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी [...]
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले [...]
सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृङ्खलाहरूमा विद्यमान अवरोधहरू समाधान गर्न नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पर्यावरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा [...]
आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले [...]
नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवको अवसरमा आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरिएको पुस्तक प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका छ सयभन्दा बढी पुस्तक तथा [...]
आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल [...]
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै [...]
वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रुपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गत भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन् । आफ्नो उत्पादित [...]
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा [...]
नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा [...]
काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण [...]
दाङको विकट पहाडी गाउँपालिकाका रुपमा चिनिने बङ¬्गलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार’ कार्यक्रम ल्याएको छ । गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा [...]
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित [...]
बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्राँै नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा [...]
बालबालिकाहरुको अभिभावकीय हेरचाहसम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपालसहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समूहले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भेटघाट तथा छलफल गरेका छन् । बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले [...]
दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो [...]
नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत÷स्थायी प्रतिनिधि अमृतबहादुर [...]
सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई आकर्षक बनाउनका [...]
प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते [...]
गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौती [...]
नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षित गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले उपत्यका प्रवेशद्वार देउरालीमा [...]
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार [...]
भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो । [...]
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका [...]
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । विनियोजन विधेयक, २०८० को शीर्षकगत छmलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध [...]
यहाँका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा [...]
ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता [...]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा भद्रपुर नगरपालिका–४ ठेगाना [...]
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा [...]
जुम्लाको सिञ्जा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्नेका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कँदै गएको शैक्षिक अवस्थालाई गुणस्तरीयता कायम [...]
काठमाडौँ महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ । भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष [...]
प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले [...]
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन् । राष्ट्रिय युवा प्रतिभा सम्मान [...]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि [...]
उत्तर प्रदेशको इटावामा विवाह समारोहबाट फर्कने क्रममा पार्क गरिएको ट्रकमा कार ठोक्किदा दुई युवाको मृत्यु भएको छ। सो दुर्घटना सिभिल लाइन प्रहरी इलाकाअन्तर्गत राष्ट्रिय राजमार्गमा दुर्घटना भएको हो । मृतक [...]
सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई [...]
पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन [...]
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय [...]
गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी सहिद लखन [...]
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको [...]