
रास्वपाले माफी मागेपछि मतदान सुरु
चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको [...]
चार प्रतिशत बालबालिका खोपबाट वञ्चित
नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका [...]
किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री समक्ष आग्रह
चीनसँग जोडिएको किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री समक्ष आग्रह गरिएको छ । नेपाली कांग्रेस सङ्खुवासभाका सभापति एवम् प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भेटेर किमाथाङ्का नाका चाँडो सञ्चालनका लागि उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह [...]
शेयर बजारमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ [...]
सहज बन्दै डायलासिस सेवा
गण्डकी प्रदेशभित्रै निःशुल्क डायलासिस सेवा लिने बिरामी पाँच सय ७६ छन् तर तीन सय तीन जना भने अहिले पनि डायलासिसका लागि बाहिरका अस्पताल पुग्छन् । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी नौ र निजी छ गरी १५ वटा [...]
पुल नहुँदा उपचार गर्न भारत
विगत दुई वर्षदेखि मिर्गौलाको उपचार गराइरहनुभएका मेचीनगर-१५ का ४२ वर्षे मोतिलाल यादवलाई सरकारले यो रोगको उपचार निःशुल्क गर्छ भन्ने थाहा छ । तर आफूलाई यो विषयबारे जानकारी हुँदा पनि सुविधा उपभोग गर्न भने सक्नुभएको छैन । सरकारले मिर्गौला पीडित बिरामीको [...]
सगरमाथा आधार शिविरमा आरोहीको ओइरो
वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि [...]
धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन
चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो । चिकित्सक अभावमा सामान्य प्रसूति [...]
चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल
कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण [...]
बाख्रापालनको व्यावसायीकरणमा जोड
बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई [...]
निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह
कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा परेको भन्दै स्थानीय तहले सो कार्य रोक्न प्रयास [...]
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक [...]
सञ्चारकर्मी विसीको ‘साई बाज’बजारमा
मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको [...]
उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी [...]
लुम्बिनीमा बुद्धजयन्तीको तयारी
बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न [...]
शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी
काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए । त्यसका कारण आवतजावतमा [...]
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै [...]
नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध [...]
पशुपति क्षेत्रमा वृक्षरोपण
पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् । कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको [...]
जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गर्नुभएको छ। "विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य आवश्यक छ," महासचिवले [...]
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ । अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको [...]
खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ
खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध [...]
बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते
बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने [...]
९३ वर्षीय वृद्धद्वारा मतदान
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गर्नुभएको छ । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उहाँले बिहान ८ बजे मतदान गर्नुभएको हो । शारीरिकरुपमा अशक्त रहनुभएका श्रेष्ठले आफन्तको [...]
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप [...]
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने डिभिजनका सूचना [...]
क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना
खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ । कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी [...]
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिनुभएको छ । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय [...]
अन्तर्वार्ता : पत्रकारितामा परीक्षा प्रणाली लागू गर्नुपर्छ : अध्यक्ष बस्नेत
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ स्थापना भएको काउन्सिलले पत्रकारिताको क्षेत्रमा [...]
मनाइयो अक्षय तृतीया पर्व
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश [...]
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ । आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको [...]
बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला
काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ । शनिबार राति ९ः३० बजे काठमाडौँ महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुईतल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा [...]
बढ्न थाल्यो सिमेन्ट निर्यात
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात [...]
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा [...]
चितुवा पर्यो पासोमा
बिगत एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको [...]
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र [...]
राउटे समुदायको व्यवस्थापन गर्न माग
जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख [...]
बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ
पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र [...]
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारको मतदाता नामावली [...]
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । [...]
निर्माणाधीन अवस्थामै जमिन भासियो
पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन [...]
बारा–२ उपनिर्वाचनः एकघण्टामा पाँच प्रतिशत मतदान
बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र [...]
पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट [...]
परेन पानी फुलेन गुराँस
चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा [...]
महिला मार्ने बाघलाई चिडियाखाना लगिने
शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताउनुभयो । “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले [...]
सुकुम्बासीको तथ्याङ्क सङ्कलन
बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन [...]
चितवन – २ उपनिर्वाचन : मतदान सुरु
चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान [...]
तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध [...]
अक्षय त्रितीया पर्व मनाइँदै
बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर [...]
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन [...]
ताकमकोतमा हनुमानको मूर्ति
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट [...]
दुई किलो चरेससहित चार जना पक्राउ
फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, [...]
म्याग्दीको दुई सामुदायिक वनमा डढेलो : ३० हेक्टर वन क्षेत्रमा क्षति
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको स्थानीय पदम खड्काले जानकारी दिनुभयो । वैशाख [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उहाँको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय [...]
मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ । रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी [...]
निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन
प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी [...]
वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह [...]
ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र)पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्याएको बताउनुभएको छ । ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा [...]
भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन
भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर [...]
मुख्यमन्त्री अधिकारीले पाउनु भएन विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गर्नुभएको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो । उहाँले गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत [...]
अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका [...]
अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेज पुनः निर्वाचिन नलड्ने
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस वर्षको अन्त्यमा हुने निर्वाचनमा आफू उम्मेदवार नहुने तर अर्जेन्टिनाका समस्या समाधानका लागि सबै प्रयास केन्द्रित गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा फर्नान्डिजले सत्तारुढ फ्रेन्टे डे टोडोसका उम्मेदवारहरूले ‘दक्षिणपन्थीहरू आफ्नो दुःस्वप्न [...]
बीस महिला वैज्ञानिक सम्मानित
चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई ।सम्मानित गरेको छ । वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो । अखिल चीन महिला महासङ्घ (एसीडब्लुएफ) र ‘चाइना एसोसिएसन [...]
ताइवान मामिलामा फिलिपिन्सको चिन्ता
फिलिपिन्सले ताइवान मामिलालाई लिएर चिन्ता व्यक्त गरेको छ । ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर फिलिपिन्सले चिन्ता व्यक्त गरेको हो । फिलिपिन्सका विदेशमन्त्री एनरिके मनालोले आफ्ना चिनियाँ समकक्षी छिन गङसँगको भेटमा दुवै देशले दक्षिण चीन सागरमा आपसी विवाद व्यवस्थापन गर्दै [...]
सडक दुर्घटनामा सात जनाको मृत्य
पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त [...]
श्रीलङ्काको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण गरिँदै
श्रीलङ्काको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण हुने भएको छ । श्रीलङ्का बन्दरगाह प्राधिकरण, स्थानीय सिभिल इञ्जिनियरिङ इन्टरप्राइज र चाइना पोर्ट होल्डिङस्ले संयुक्तरूपमा व्यावासायिक केन्द्र निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार गरिएको सम्झौताअनुसार कोलम्बो बन्दरगाहलाई आर्थिक गतिविधिका निम्ति आवश्यक पर्ने [...]
मध्य म्यान्मामा आँधी, छ जनाको मृत्यु
मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ । हुरीका कारण छ [...]
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी [...]
स्वतन्त्र ताइवानको वकालत गर्ने सङ्गठनविरुद्ध कारबाही
चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो । दुवै सङ्गठनलाई मुख्यभूमिका सङ्गठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको छ । अब [...]
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । “युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा [...]
दुर्घटनामा तीनको मृत्यु
काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ [...]
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल
आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । निर्वाचन कार्यालय [...]
बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा मदन पुरस्कार विजेता प्रा डा श्रेष्ठ र राई सम्मानित
बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज यहाँ दुई जना स्रष्टालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नुहुने समालोचक प्रा डा दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राई हुनुहुन्छ । देवकुमारी थापा स्मृति विसं २०७९ [...]
खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान
जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ [...]
रु ३६ लाख बराबरको सामान बरामद
भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले बरामद गरेको छ । सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग२ख १५०३ नंको ट्रक प्रहरीले बरामद [...]
कोरोना सङ्क्रमित एकको निधन
कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो । आज एक हजार एक सय ४८ नमूना परीक्षणमा [...]
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको [...]
मुन्धुम सभ्यता जोगाउन २४ बुँदे सङ्कल्प जारी
किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन हजार सात सय ४३ मिटर उचाइमा अवस्थित भोजपुरको साल्पासिलिछो गाउँपालिकाको साल्पापोखरीमा भएको सम्मेलनबाट उनीहरुले [...]
तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर [...]
उपनिर्वाचनको तयारी पूरा
प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको [...]

International
यमनी शान्ति प्रक्रियाबारे छलफल
२२ जेठ, काठमाडाैैं । यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पूतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ । यमनको प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पीएलसी) [...]
मणिपुर हिंसाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश [...]
सिरियाली विपक्षीद्वारा असद सरकारसँग नयाँ वार्ताको माग
सिरियाका विपक्षीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा प्रायोजित राष्ट्रपति बसर अल असदको प्रशासनसँग भएको तर निश्कर्षविशीन वार्ता पुनः सुरु गर्न आइतबार आग्रह गरेका छन् । ’एक विशिष्ट कार्यसूची र समयतालिका अन्तर्गत अन्तर्राष्ट्रिय, क्षेत्रीय [...]
भारतको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ भएको सरकारी अधिकारीको भनाइ
भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु [...]

Opinion & Analysis
´प्रदेशको संरचना थपघट हुन सक्छ` प्रधानमन्त्री
२०८१ फागुन १० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने भनाई व्यक्त गरेका छन् । आज प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले [...]
´अरु पार्टीहरु सँग मात्रैको सहकार्य बारे सोच्नु पर्ने भयो` पुष्पकमल दाहाल (प्रचण्ड)
२०८१ फागुन १० काठमाडौं । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बनेको [...]
एकीकृत समाजवादी पार्टीले आचार संहिता बनाएको छ, आचार संहितामा के के उल्लेख छ ?
२०८१ फागुन ९ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) आफ्नो पार्टीको आचार संहिता बनाएको छ ।आचार संहितामा उल्लेख भएका बुदाहरू: उद्देश्य : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता [...]












