
सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए
भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र ९ नियन्त्रण रेखा० मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा [...]
मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो
मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर [...]
बरामद भएका छ हजार बढी थान हातहतियार नष्ट
विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका छ हजार दुई सय ६८ थान हातहतियार आज कानुनबमोजिम नष्ट गरिएको छ । नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार एक सय ८९ [...]
मन्त्रिपरिषद्को निर्णय : एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई धन्यवाद
मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट [...]
सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्नुहुँदा बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले [...]
तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ । बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौँडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो । अध्यक्ष [...]
१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित
दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, [...]
हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा
एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती [...]
कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई [...]
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार सङ्घीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै [...]
कारण देखाउ आदेश
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा [...]
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले कला भावनाको अभिव्यक्त रुप भएको बताउनुभयो । कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग [...]
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’
कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ । उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक [...]
इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर
इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ । लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)बाट लिएको निःशुल्क तीन महिने [...]
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षरित गरिएको उक्त पत्रमा राजपत्राङ्कित र रापअनङ्कित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन [...]
कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड
नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी [...]
उत्कृष्ट शिक्षा नेपालमै’ शीर्षकमा मेला हुने
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही जेठ ३२ गतेदेखि भृकुटीकण्डपमा ‘आठौँ कान्तिपुर हिसान एडुफेयर-२०२३’ हुने भएको छ । आगामी असार ३ गतेसम्म चल्ने सो ‘प्लस [...]
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम रु चार अर्बभन्दा बढी
यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार रकम पनि [...]
बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी
केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त हुनुहुन्छ । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उहाँहरुको दैनिकी बनेको छ [...]
भैँसी पालेर सफल उद्यमी
दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उहाँलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ । उहाँ मात्रै होइन, परिवारका दुई सदस्य पनि यसैमा [...]
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो लुम्बिनी प्रदेश [...]
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र [...]
टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो
जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गर्नुभयो । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको रु [...]
बोराभित्र महिलाको शव
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको [...]
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष [...]
आलेख : लोपोन्मुख कछुवा जोगाउनै गाह्रो
मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको [...]
नवलपुरमा साइलेज उद्योग सञ्चालनमा
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार (साइलेज) [...]
नेसनल सोसल वेलफेयर अवार्ड’ १४ जनालाई
सिजन मिडियाले १४ विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ बाट सम्मान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सो अवार्ड प्रदान गर्नुभएको थियो । देश तथा विदेशमा रही सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै [...]
सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु
सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म [...]
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ । उहाँका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद [...]
संयुक्त राष्ट्रसङ्घीय गोष्ठी सुरु
संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी आज यहाँ सुरु भएको छ । शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम् प्रविधिको प्रयोग [...]
राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण [...]
गठबन्धनका नेताबीच परामर्श
सत्ता गठबन्धन दलका नेताहरुले आज मसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा [...]
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ । केटा किनारबाट [...]
सन् २०१८ यता चीनमा एक लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा
सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पु¥यागएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको [...]
ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ
ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि एसटिएफले ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम [...]
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो, बारम्बार कस्ले किन के को लागि यस्तो काम गरिन्छ?
सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन [...]
भुइँमा बसेर पढ्छन् विद्यार्थी
जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान [...]
टिम्स कार्ड’ लिने पर्यटक घटे
सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदूरको संयुक्त सङ्गठनको [...]
गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिनुभयो । यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद देखिएका पाँचजनाको [...]
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता
जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी [...]
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार [...]
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो । “यसअगाडिको नजिरअनुसार नै [...]
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ [...]
महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित
एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको [...]
गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने
गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ । सरकारले [...]
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले [...]
कला प्रदर्शनीमा विशिष्ट व्यक्तिको अभिरुचि
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनमा विशिष्ट व्यक्तिहरूको चासो र अभिरुचि देखिएको छ । विगतका वर्षमा गरिएका कला प्रदर्शनीमा सीमित व्यक्तिले अभिरुचि देखाउने गरेका गुनासाका बीच यसपालि भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, कूटनीतिज्ञ, कलाकार तथा सामाजसेवीको [...]
धनकुटामा रोजगार मेला हुँदै
धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा [...]
बासस्थानमै छोडियो हुचिल
डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि [...]
बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या
फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् । उनकी [...]
इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाई कार्यक्रम
महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले "स्वच्छ बिच" कार्यक्रम अन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको "सी गार्ड" को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ । गत साता [...]
रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण
रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको [...]
सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम [...]
हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत
तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । [...]
सबैका रोजाइमा राराताल
राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न [...]
झोलुङ्गे पुलले फेरियो दैनिकी
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो [...]
म्याग्दीमा ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम
म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गर्नुभएको हो [...]
देशभर तापक्रम बढ्दै
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक [...]
तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो
भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी [...]
खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई
भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई [...]
म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा
म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका [...]
बसपार्क सञ्चालन गर्न कार्यविधि पारित
मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने [...]
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो
नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका [...]
नमूना सदरमुकाम निर्माण गर्न अलमल
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको [...]
नीरफूल’को विशेष प्रदर्शनी
गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो [...]
टर्कीमा ११०० वर्ष पुरानो हिब्रू बाइबल बरामद
टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रू बाइबलको पुरानो प्रति कब्जा गरेको छ। इस्तानबुल प्रान्तीयकमाण्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो । पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको [...]
कम्बोडियाका प्रधानमन्त्रीद्वारा शान्ति सुरक्षामा जोड
कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गर्नुभएको छ । नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन [...]
इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उहाँ रक्त क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ [...]
पाकिस्तान सडक दुर्घटना मा १३ को मृत्यु, ४१ घाइते
पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य [...]
अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ । “यो युनेस्को र बहुपक्षीयताप्रतिको विश्वासको बलियो कार्य [...]
अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे
अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछाफेला परेको [...]
विनियोजन विधेयक बहुमतबाट स्वीकृत
प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गर्नुभएको हो । विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि [...]
नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने
नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । अघिल्लो बुधबार [...]
दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई
तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र [...]
बाँकेमा डुबेर दुईको मृत्यु
बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिनुभयो । घटनाको [...]
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । उहाँका अनुसार, यही जेठ [...]
गोँगबुको होटलमा युवायुवती मृत फेला
काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको [...]
नवनिर्वाचित कार्यसमितिलाई सम्मान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको नयाँ कार्यसमितिलाई सम्मान गर्न पार्टीको प्रचार विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई सार्वभौम अधिकार सम्पन्न [...]

International
युआनको विश्वव्यापी भुक्तानी शेयर मे महिनामा बढ्यो; हेमन्त खबर
चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) वा युआनले मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट गत महिना २.५४ प्रतिशतमा बढेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक [...]
ड्र्यागन बोट फेस्टिभलमा चीनमा तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे; हेमन्त खबर
चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको [...]
सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता; hemantakhabar.com
जापानमा हराउँनु व्यक्तिहरूको सङ्ख्या क्रमश; बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए [...]
फिफाद्वारा युएईमा आयोजना गर्न लागिएको बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित;hemantakhabar.com
फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका [...]

Opinion & Analysis
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा द्वारा राष्ट्रिय विभूति फाल्गुनन्दको योगदान प्रती संमान
२०८२ कात्तिक २५ नेपाल ।´राष्ट्रिय विभूति फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट समाज सुधार र किराँत धर्म-संस्कृतिको संरक्षणमा पुर्याउनुभएको असाधारण योगदानप्रति श्रद्धापूर्वक स्मरण गर्दछु`। ´उहाँको दर्शनले नेपाली समाजमा सत्य, सहिष्णुता र मौलिक [...]
साहास उर्जाको प्रस्तावित लाभांस तथा हकप्रद शेयर घोषणा
२०८२ कात्तिक २५ नेपाल । साहास उर्जा कम्पनीको मिति २०८२ कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन पारित गरेको हुँदा लेखा परिक्षण प्रतिवेदन [...]
सेयर ईण्डेक्स ४.१५ अकंले घट्यो, ३२ सय नेप्सेमा सेयर किनेर होल्ड गर्नेको सावाँमा ७०% नोक्सानी
२०८२ कात्तिक २४ नेपाल । आज सेयर बजार नेप्से ४.१४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २५६०.२९ विन्दुमा कायम भएको छ। सेयर किनबेच चार अर्व माथी भएको छ। ´सेयर बजारमा सेयर [...]












