
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला
मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा [...]
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताउनुभएको छ । सङ्घीय संसद, प्रतिनिधिसभाको आजको वैठकमा उहाँले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ । उहाँका अनुसार [...]
एनआरएनएको विवाद समाधान
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल [...]
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो [...]
अब निसेलढोरमै स्वास्थ्य सेवा
“केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भन्नुभयो । विकका चार छोराछोरी छन् । [...]
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको [...]
सोमबार समाजवादी मोर्चा घोषणा हुने
संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका [...]
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा [...]
अफगानिस्तानमा सुरुङ विस्फोट हुँदा एक जनाको मृत्यु
अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा शनिबार विगतका युद्धबाट बाँकी रहेको खानी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो एकजना व्यक्ति वर्दक प्रान्तको राजधानी मैदान शार शहरको सडकमा फोहोर जम्मा गर्ने क्रममा फोहोरको बीचमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा [...]
पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० जना घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना [...]
क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु
अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्। आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो। मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र [...]
नेपालले पहिले ब्याटिङ गर्ने
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो [...]
स्मार्ट’ बत्तीले झलमल पोखरा
पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र [...]
बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ
निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै [...]
राहत र उद्धारमा जुट्न सांसद भट्टराईकाे आग्रह
सांसद योगेशकुमार भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल [...]
गोठ बगाउँदा दुईजना बेपत्ता
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको पहिचान खुल्न नसकेको उहाँको [...]
विद्यालय कर्मचारीको आन्दोलन स्थगित, वार्ता हुँदै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ गर्ने मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा [...]
सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता
सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा [...]
तत्काल उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह
सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गर्नुभएको छ । सभाको आजको वैठकको सुरुमै समय माग गरी उहाँले भन्नुभयो, “खास [...]
स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय जनगणना २०७८ [...]
स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले लाभ लिएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिलाइएको थियो [...]
बालबालिकामा कुपोषणको समस्या हट्दै
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ । तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । “केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई [...]
तस्करीविरुद्धको कारबाहीमा टर्किएमा २ हजार वर्ष पुरानो मूर्ति बरामद
टर्कीको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरू विरुद्ध कारबाही गर्ने क्रममा २,००० वर्ष पुरानो मूर्ति कब्जा गरेको छ । अनादोलु एजेन्सीले शनिबार जनाएअनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा [...]
सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ [...]
हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय [...]
बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको [...]
मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध
मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिनुभयो । तमोर करिडोरका विभिन्न स्थानमा [...]
पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र
ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो । निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत [...]
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको [...]
बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । उहाँले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल [...]
गौसंरक्षण केन्द्रको घाँसे मैदान उजाडिँदै, हरियाली बनाउन श्रमदान
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार बिहानैदेखि सर्वसाधारणको भीड थियो । कसैले हातमा कुटो, कोदाली त कसैले खन्ती, गैँची बोकेका थिए । किशोर–किशोरी, युवा–युवतीदेखि वृद्ध–वृद्धासम्मको भीड बिहानैदेखि बाक्लिएको थियो । उनीहरु गौसंरक्षण केन्द्रको घाँसेमैदान हरियाली बनाउने उद्देश्यसहित घाँस रोपणका [...]
पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक
पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान [...]
मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित
मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, [...]
सङ्खुवासभाको हेवाखोलामा आएको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी [...]
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा [...]
कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर
सङ्घीयता कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा पनि कर्णाली प्रदेश सरकार सङ्घीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ । प्रदेशको आन्तरिक आम्दानी कमजोर हुँदा सङ्घ सरकारकै अनुदानका भरमा प्रदेश सरकार रहेको हो । आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक [...]
गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) तर्जुमा थाल्ने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय [...]
बीस महिनाको काम चार महिनामै !
ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन [...]
जनशक्ति खोज्न र रोज्न रोजगार मेला
रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा [...]
सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई
नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निधारित समय १–१ [...]
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको [...]
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा
हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर [...]
कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम
पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको [...]
पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
०२ असार, ललितपुर । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत [...]
असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने
०२ असार, काठमाडाैं । डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । [...]
चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति
०२ असार, त्रिवेणी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो [...]
कृषकलाई शून्य ब्याजदरमा ऋण
०२ असार, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषि अनुदानमा देखिएका कमी–कमजोरीलाई सुधार गरी कृषि अनुदानको समुचित उपयोग [...]
प्रगतिशील चिकित्सक सङ्घको नेतृत्वमा डा बस्नेत
०२ असार, चितवन । नेपाल प्रगतिशील चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले डा मधुर बस्नेतको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ सम्पन्न सम्मेलनले १५ बुँदे घोषणापत्रसमेत जारी गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा डा कुम्भराज जोशी, [...]
प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई
०२ असार, ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो हुनुभएको छ । [...]
सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन
०२ असार, काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित [...]
वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारकाे लक्ष्य
०२ असार, कर्णाली । कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख छ । प्रदेश सरकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि [...]
काशीखोला खानेपानी आयोजना निर्माणमा ढिलाइ
०२ असार, गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझै सम्पन्न हुनसकेको छैन । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका चौतारा टोल, दमैगाउँ, अम्बोटे, घडेरी गाउँका स्थानीयवासीलाई खानेपानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु [...]
समानतासहितको स्वतन्त्रता आजको आवश्यकताः अध्यक्ष नेपाल
०२ असार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताउनुभएको छ । रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, [...]
सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा
०२ असार, देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताउनुभएको छ । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले [...]
एसियाली खेलकुदका लागि सुदूरपश्चिमका नौ खेलाडी छनौट
०२ असार, महेन्द्ननगर । चीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन् । प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी छानिएको कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो । “कबड्डी [...]
गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी
०२ असार, झापा । झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु [...]
हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
०२ असार, काठमाडाैं । विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले [...]
मनसुन : यी प्रदेशमा भइरहेको छ वर्षा
०२ असार, काठमाडाैं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा [...]
विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक
०२ असार, काठमाडाैं । विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक [...]
नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना
०२ असार, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल [...]
शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’
०२ असार, दाङ । दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिनुभयो । “अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा [...]
देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली
०२ असार, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय [...]
‘सफलता सम्भव छ’ पुस्तक लोकार्पण
०२ असार, काठमाडाैं । लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को आज लोकार्पण गरिएको छ । शिखा बुक्सले यहाँ आज आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, एनएमबि बैंकका सिइओ सुनिल केसी, समीक्षक डा मदन विष्ट, [...]
खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू
०२ असार, कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था [...]
युगाण्डाको एक विद्यालयमा आक्रमण, सैँतीस जनाको मृत्यु
इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित ३७ जनाको हत्या गरेको शनिबार बताएका छन् [...]
सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए
फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ । अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो । एनपिए विद्रोही सन् १९६९ देखि सरकार [...]
युगाण्डाको विद्यालयमा आक्रमण २५ जनाको मृत्यु, ८ जना घाइते
पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा [...]
खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभयो [...]
विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन
वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) [...]
साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित
अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ । सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्याएवापत उहाँलाई रु २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ [...]
इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै
जग्गा स्वामित्व विवादका कारण तीन वर्षदेखि अधुरै रहेको चितवनको इच्छाकामना–४ कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुनः निर्माण थालिएको छ । जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालयले [...]
निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गर्नुभएको छ । रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी [...]
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?
नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस [...]
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट
हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा [...]
वर्षा हुँदा झस्किछन् मनाङवासी
प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही [...]
भक्तपुरमा ट्राफिक सचेतना कक्षा शुभारम्भ
ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौँस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा [...]
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने [...]
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी [...]
किसानको उत्पादन सङ्कलन केन्द्रमा
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका¬–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री [...]

International
दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता> हेमन्त खबर
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो [...]
युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन> हेमन्त खबर
युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली [...]
टर्कीका राष्ट्रपति एर्दोगानले स्वीडेनलाई नाटो सदस्यताका लागि पीकेके गतिविधि अन्त्य गर्न आग्रह: हेमन्त खबर
टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का समर्थकहरूले स्टकहोममा भएको प्रदर्शनलाई रोक्न आग्रह गर्नु भएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग आइतबार फोन वार्तामा [...]
७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता; हेमन्त खबर
छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख [...]

Opinion & Analysis
नेशनल भोलिन्टियर फोर्सले हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग
मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको [...]
एमाले निकट नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डको प्रथम बैठक मंसिर २५ गते बस्ने
मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको [...]
राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय निकाय प्रमुखहरुले सरकारी सवारी साधन दुरुपयोग गरेको भन्ने बारे छानबिन गर्दै
मंसिर १२ नेपाल । स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले सरकारी सवारी साधन लिई विवाह, व्रतवन्ध, मलामी, घुमफिर लगायतमा प्रयोग गरी सवारी साधन तथा इन्धनको व्यापक दुरुपयोग गर्ने [...]












