
साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा [...]
जुआनको स्वर्ण वर्षका अवसरमा पुस्तक विमोचन
जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीको संस्था जुआनको स्वर्ण वर्षका अवसरमा ललितपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जुआनका पूर्वअध्यक्ष हरेन्द्र बरुवाद्वारा लिखित नेपाल जापान सम्बन्धसम्बन्धी पुस्तकको विमोचन गर्नुभएको थियो [...]
मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति
पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने [...]
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार
कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको [...]
तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित
उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा [...]
भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिइने
विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । भक्तपुर जिल्लाका प्याब्सनमा आबद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान [...]
मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने [...]
ककनीको पानी हङकङ र मकाउ निर्यात
ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले [...]
लागुऔषधको सेवन र ओसारपसारको डरलाग्दो रुप
लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्यो । छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो [...]
मासु जाँच ऐनको प्रभावकारी कार्यान्वनका लागि सचेतना
मासु जाँच ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले सचेतना अभियानलाई अगाडि बढाएको छ । प्रदेशका नौवटै जिल्लामा सचेतनामूलक कार्यक्रमको आयोजना गरी मन्त्रालयले उपभोक्तालाई गुणस्तरयुक्त मासुको उपभोग गर्नमा जोड दिन थालेको हो । ऐनमा [...]
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा [...]
ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल
गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन । कूल रु १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको [...]
नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ [...]
बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न
बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको [...]
विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स
लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “नगरसभाबाट आव २०८०/८१ मा पनि [...]
बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ । महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो । पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा [...]
पर्सामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ९१ उजुरी फछर्योट
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट ९१ उजुरी पीडितको पक्षमा फछर्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला [...]
भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी
वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल [...]
श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने
श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ । श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित [...]
रोहिङ्ग्या शिविरमा भएको झडपमा छ जनाको मृत्यु
बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका करिब १० [...]
अमेरिकाले चीनसँग ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा नचाहेको येलेनको भनाइ
अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ््याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताउनुभएको छ । येलेनको चार दिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उहाँको पहिलो चीन भ्रमण हो [...]
बारुद कारखाना विष्फोटमा छ जना हताहत
मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल [...]
राहुल गान्धीको पुनरावेदन खारेज
गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उहाँले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । [...]
पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । पश्चिम [...]
क्युवामा बिआरआईसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन
चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बिआरआईले सभ्यताहरूबीच व्यावहारिक [...]
बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिका
पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य [...]
अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली
कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ । अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो । एक सातादेखि फैलिएको अज्ञात रोगबाट [...]
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आव २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा [...]
कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिको पुल
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने [...]
नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास [...]
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो । काठमाडौँ महानागरपालिका स्थानीय राजपत्रमा प्रकाशित मापदण्डअनुसार काठमाडौँ महानागरपालिका क्षेत्रभित्र सञ्चालन [...]
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने
चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ । एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिनुभयो । “हामीले प्रतिनिधि आमालाई सम्मान गरेका [...]
चट्याङ् लागेर किसानको मृत्यु
सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते रामको उपचारको क्रममा [...]
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गत [...]
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ । बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा [...]
घुस लिएको अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही [...]
हालसम्म २७ प्रतिशत रोपाइँ
मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । [...]
समीरका दुई कृति विमोचित
स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित [...]
स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई पाँच हजार भत्ता
स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र [...]
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास [...]
आगामी दुई शनिबार बैंक खुल्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार [...]
गैँडा मारेको मुद्दामा फरार पक्राउ
गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ [...]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, [...]
सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन
प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको [...]
रामपुरमा ‘मेयर छात्रवृत्ति’ कार्यक्रम
हुम्लाको ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्नुहुन्छ । रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र हुनुहुन्छ । सो सेमेस्टरको भर्ना अभियान चलेको हँुदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिनुभएको थियो । [...]
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो । चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो [...]
महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी
निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली [...]
योगदर्शनको सामाजिक प्रभावबारे बहस
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञान, विज्ञान, दर्शनलगायत सबै विषयको मूल स्रोत समाज नै भएको बताउनुभएको छ । उहाँले पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेकाले यसको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागले डा टिपी धमलाद्वारा [...]
तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो । मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताउनुभयो [...]
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता
जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । [...]
सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा [...]
राष्ट्रियसभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिनुभएको थियो । सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री [...]
सोलार बत्ती जडान
समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका [...]
धान खेतीभन्दा माछामा तेब्बर आम्दानी
धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो । प्रधानमन्त्री कृषि [...]
पहिराले कृषि सडक पाँच दिनदेखि अवरुद्ध
पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट [...]
चुमनुब्रीको स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “हिमाली क्षेत्र [...]
एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल
एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी [...]
एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ
काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका [...]
स्थानीय तहका निर्माणाधीन भवन अलपत्र
निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र परेका छन् । नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायीले ढिलाइ गरिदिएका कारण जानकी, नरैनापुर र खजुरा गाउँपालिकाले अस्थायी संरचनाबाट सेवा प्रवाह गर्न बाध्य छन् । साविकको [...]
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल [...]
कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । यसैगरी, [...]
बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ । सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट [...]
वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने
वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी [...]
अभिनेता ताम्राकार मृत फेला
फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा [...]
आजको मौसम : भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा [...]
हुलाकी सडक सुस्त गतिमा
कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने [...]
चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप
विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय [...]
इलाममा श्रीमतीको हत्या गरी आत्महत्या
इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए [...]
खानीगाउँमा घरैपिच्छे बाख्रापालन
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार [...]
महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी [...]
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उहाँँले भन्नुभयो [...]
धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न
म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धौलागिरिले ७० दशमलव ५४ प्रतिशत [...]
अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गियो> www.hemantakhabar.com
८० असारमा २१ काठमाडौ । ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । आज ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र आजैदेखि सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी [...]
पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण सत्र जनाको मृत्यु, ५० भन्दा बढी घाइते
पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ । उद्धार विभाग (रेस्क्यु–११२२) का अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत [...]
वाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ
वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भन्नुभयो, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । [...]
दुई विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य गर्ने सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयका तर्फबाट निमित्त उपकुलपति डा तिलकराम आचार्यले हस्ताक्षर गर्नुभएको हो [...]
२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग
नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० [...]
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार दुई खण्डमा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो । सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले सडकको [...]
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल [...]
बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एकको विद्यार्थीको मृत्यु, सात आठ घाइते
बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात [...]

International
युक्रेन युद्धःरुसी आक्रमणमा तीन युक्रेनी मारिए
पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना [...]
खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु
बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका [...]
क्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा बुधबार खारेज
युरोपेली सङ्घ (इयू) को अदालतले स्पेनको अनुरोधमा क्याटालोनियाका तीन सांसदले युरोपेली संसद्लाई दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएको छ । अदालतले कार्लेस पुइग्डेमोन्ट, टोनी कोमिन र क्लारा पोन्साटीले सन् २०२१ को [...]
ईयूद्वारा खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन जोड
युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको [...]

Opinion & Analysis
निडर नेत्ता: महेस बस्नेतले एमालेको केन्द्रिय सचिव पदमा उमेदवारी दिए
मंसिर २९ नेपाल । नेकपा एमालेका केन्द्रिय नेत्ता महेस बस्नेतले पार्टीको ११औं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सचिव पदमा उम्मेद्दारी दिएको घोषणा गरेका छन् । बस्नेत माओवादीको सहायक संगठन वाईसीएलको गतिविधि विरुद्ध [...]
न्यायाधीश समाज, नेपालद्वारा जारी प्रेस विज्ञप्तिले के भन्यो ?
मंसिर २८ नेपाल । हालका दिनहरुमा नेपालको न्यायपालिका तथा न्याय सम्पादनमा संलग्न न्यायकर्मीहरूका विषयमा उठाइएका विविध प्रत्र, आलोचना तथा असन्तुष्टिका आवाजहरुलाई न्यायाधीश समाज नेपाल गम्भीरतापूर्वक लिन चाहन्छ। लामो समयदेखि न्यायका [...]
सभामुख देवराज घिमिरे द्वारा १९ औं संसद सेवा दिवस, २०८२ को शुभकामना
मंसिर २८ नेपाल । ´१९ औं संसद सेवा दिवस, २०८२ को अवसरमा संघीय संसद सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु` । ´आजभन्दा १९ [...]












