कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर

पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो । पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ [...]

चैते धान भित्र्याउने तयारीमा किसान

दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् । चैते धान खेतमा पाक्न थालेसँगै किसान [...]

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको [...]

एघार वर्षपछि इरानी राष्ट्रपति अफ्रिकी राष्ट्रको भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कनु हुनेभएको छ । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका [...]

पाँच दिनमा ट्विटर प्रतिद्वन्द्वी थ्रेड्सका दश करोड प्रयोगकर्ता

ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । च्याट जिपिटीलाई १० करोड [...]

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ । उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने [...]

बङ्गलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई नै प्राथमिकतामा दिने

सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ । बङ्गलादेश बैंक र भारतीय उच्चायोगले ढाकाको ‘ले मेरिडियन होटल’मा [...]

नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा [...]

भक्तपुर अस्पतालको घरदैलो सेवा

अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुर अस्पतालले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य पहुँचबाट टाढा रहेका तथा नियमित परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने [...]

कोइराला, मिश्र र थपलियालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ प्रदान

सरकारले नेपालको राजनीतिक÷सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पु¥याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा [...]

११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब [...]

विदेश भ्रमणमा नेपालीले सकाए रु एक खर्ब १९ अर्ब

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक [...]

नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना [...]

सरकारी खाता रोक्का

देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक [...]

यस्ता छन् ११ महिनाका आर्थिक सूचक

चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही [...]

येलेनको चीन भ्रमण तनाब सुधार्ने घोषणा बिना नै समाप्त

अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । दुई दिनसम्म १० घण्टा लामो भेटघाटपछि येलेन आइतबार वासिङ्टन प्रस्थान गर्नुभएको हो [...]

तेईस अफगानीको आप्रवासी तस्करबाट उद्धार

पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पु¥याएको अभियोजनकर्ताहरूले बताएका छन् । [...]

काठमाडौँका साँघुरा गल्लीमा ब्लक

काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याउनु इएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ । महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो । चालु आर्थिक वर्षमा नमुनाका रुपमा छ हजार [...]

११ महिनामा भित्रियो रु ११ खर्ब १२ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ [...]

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष [...]

राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ । राष्ट्रियसभा नियमावली, २०७५ को [...]

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमान खसाल्ले उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ । संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ [...]

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् । उहाँले लियानजियाङ [...]

पोखरामा ६० प्रतिशत रोपाइँ

पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो [...]

पानी नपर्दा भएन रोपाइँ

महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ [...]

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका थोरै स्थानमा [...]

छ बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका [...]

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८÷०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताउनुभयो । उहाँले किसानलाई यस [...]

मृग ठानेर बन्दुक पड्काउँदा…

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला [...]

सुदूरमा शिक्षाः उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि

कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब [...]

बिरुवा लिन सर्वसाधारणको भीड

केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो । बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण मागअनुसारको [...]

बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’

जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो । सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ [...]

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले आगामी आव २०८०÷०८१ का लागि कूल [...]

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिनुभएको थियो । उहाँ आत्मनिर्भर मात्र बन्नुभएको छैन [...]

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक [...]

रसुवामा डेङ्गुको बिरामी

उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिनुभयो । समुद्र सतहदेखि [...]

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु [...]

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, [...]

मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा [...]

चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । [...]

ललिता निवास प्रकरण : थप दुई पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा [...]

वडाअध्यक्ष विष्ट पक्राउ

सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी [...]

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा आज भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई [...]

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला [...]

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप [...]

न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताउनुभयो । उहाँले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको [...]

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, [...]

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित बनेको हो । यी असार [...]

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको [...]

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन [...]

आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता

नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गर्नुभएको हो । फाउन्डेशनले सन् २०२३ [...]

मुटुरोगी बालबालिकाको निःशुल्क उपचार

खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार [...]

संसदीय टोली न्यूयोर्कतर्फ

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन [...]

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार [...]

२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै [...]

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् [...]

तिल्चेको बस्ती अझै जोखिममा

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरा जान गएकाले मनाङमा क्षति पुग्यो । वर्षातपछि मस्र्याङ्दी नदीसँगै [...]

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै [...]

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री [...]

हवाई आक्रमणमा बाइस जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको [...]

भवन भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट [...]

पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा

जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ [...]

नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गर्नुभएको महोत्सव यही असार २५ गतेसम्म चल्नेछ । “नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो [...]

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको [...]

डोटीका ग्रामीण सडक अवरुद्ध

असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण [...]

पुष्प व्यवसायी बिन्दु सम्मानित

नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उहाँ एक सफल पुष्प व्यापारी हुनुहुन्छ । बिन्दुले शुक्रबार सफल पुष्प [...]

बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको निर्माण प्रक्रिया सुरु गर्न प्रस्तावित निर्माण स्थल [...]

कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा [...]

राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि [...]

टोखामा चार सय ३४ सडकबत्ती जडान

टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी [...]

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा शरणकुमार [...]

शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग

शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध [...]

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाको शिक्षा [...]

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, [...]

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक [...]

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र [...]

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो । स्थानीयलाई सहज [...]

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । [...]

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । चीनका लागि [...]

अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7266down
Australian Dollar 
Australian Dollar
₨108.4803down
Swiss Franc 
Swiss Franc
₨189.158up
Euro 
Euro
₨177.9243up
British Pound 
British Pound
₨207.8406up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9634up
Qatari Rial 
Qatari Rial
₨42.0992down
Saudi Riyal 
Saudi Riyal
₨40.8643down
Singapore Dollar 
Singapore Dollar
₨120.0924up
US Dollar 
US Dollar
₨153.2411down
19 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 19 Aug 2026 10:45 UTC
Latest change: 19 Aug 2026 10:38 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

सतसट्ठी हजार भक्तजनद्वारा अमरनाथमा अर्चना

बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती [...]

By |July 6, 2023|Categories: International, News|

बस दुर्घटनामा उनान्तीस जनाले ज्यान गुमाए

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् । दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै [...]

By |July 6, 2023|Categories: International, News|

युक्रेन युद्धःरुसी आक्रमणमा तीन युक्रेनी मारिए

पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना [...]

By |July 6, 2023|Categories: International, News|

खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु

बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका [...]

By |July 6, 2023|Categories: International, News|

Opinion & Analysis

आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर – राष्ट्रिय मानव अधिकार आयोग

पुस १७ नेपाल। आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर भन्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रेस बिज्ञप्ति जारी गरेको छ। मानव अधिकार आयोग द्वारा आज जारी प्रेस [...]

By |January 1, 2026|Categories: News, Opinion and Analysis|

निर्वाचन आयोग, नेपाल द्वारा भ्रम पुर्ण समाचारको खण्डन

पुस १६ नेपाल । विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित 'निर्वाचन आयोगले दुख दियो", "चुनावी खर्च लुकाउने यसपाली उठ्न नपाउने", "निर्वाचनको कालो सूचीमा दलका उम्मेदवार" लगायतका समाचारप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले [...]

By |December 31, 2025|Categories: News, Opinion and Analysis|

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच भएको सहमति-पत्रमा के छ ?

पुस १६ नेपाल । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहभागितामूलक समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता हो। नेपालको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक [...]

By |December 31, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

यो साताको तेस्रो दिनको कारोबारमा नेप्से १८.३७ अकंले बढ्यो

पुस १ नेपाल । आज सेयर बजार नेप्से १८.३७ अंक अर्थात ०.७० प्रतिशतले बढेर र २६१९.९९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व २९करोड ४२लाख २७हजार १सय २२रुपैयाँ दशमलव ३४ पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर [...]

यो साताको दोस्रो दिनको कारोबारमा नेप्से ६.७४ अकंले बढ्यो

मंसिर २९ नेपाल । यो साताको पहिलो दिनको कारोबार आज सेयर बजार नेप्से ६.७४ अंक अर्थात ०.२५ प्रतिशतले बढेर र २६०१.६१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ४४करोड १९लाख ३हजार ७सय ७०रुपैयाँ दशमलव १८ पैसा बराबरको [...]

Go to Top