कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-03-31T11:03:52+05:45

हेमन्त खबर> लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो

लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय [...]

हेमन्त खबर> राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम [...]

हेमन्त खबर> प्राकृतिक कारणले २० गैँडा मरे

प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका [...]

हेमन्त खवर> मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज [...]

हेमन्त खबर> विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । गणपूरक सङ्ख्या नपुगेको भनी नेकपा(एमाले)का सांसद महेश बर्तौलाले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घन्टी बजाइ सङ्ख्या [...]

हेमन्त खबर> उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो : प्रहरी

काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र [...]

हेमन्त खबर> राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको [...]

हेमन्त खबर> प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले [...]

हेमन्त खबर> नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको [...]

हेमन्त खबर> उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुग्नुभएको छ । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उहाँलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई [...]

हेमन्त खबर> बकरिद पर्व भोलि

इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद (इद उल अजहा) बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का [...]

हेमन्त खबर> भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि [...]

हेमन्त खबर> करेन्ट लागेर घाइते एकको मृत्यु

करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो । प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट [...]

प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत> हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्नुभएकोमा सांसद डा अमरेशकुमार सिंहले आफ्नो [...]

शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर> हेमन्त खबर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । सिआइवीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको [...]

एकल पुरुषलाई विदुर भत्ता> हेमन्त खबर

यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष [...]

मौरी सहितको घार र महबाट आम्दानी> हेमन्त खबर

ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट रु एघार लाख आम्दानी गर्नुभएको छ । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु दस लाख र मह बिक्रीबाट रु एक लाख बराबरको आम्दानी गरेको उहाँले जानकारी दिनुभयो [...]

प्रहरी महानिरीक्षक र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट> हेमन्त खवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच आज भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा [...]

नेकपा (एस) ले बजेटको पक्षमा मतदान गर्ने> हेमन्त खबर

नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिनुभयो । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन [...]

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी> हेमन्त खबर

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो [...]

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क> हेमन्त खबर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताउनुभयो [...]

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो> हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई [...]

थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश> हेमन्त खबर

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो [...]

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य> हेमन्त खबर

एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको [...]

पाकिस्तानको एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु> हेमन्त खबर

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका [...]

प्रिगोजिनले रूसी सेनापतिलाई कब्जा गर्ने योजना थियो ः वाल स्ट्रिट जर्नल> हेमन्त खबर

वाग्नरका सेना प्रमुख येभगेनी प्रिगोजिनले गत हप्ता भएको विद्रोहमा रूसी सेनाका प्रमुखलाई कब्जा गर्ने लक्ष्य राखेका थिए, तर उनीहरूले उनको योजनाबद्ध विद्रोहलाई प्रारम्भिक चरणमा नै थाहा पाई कब्जाबाट जोगिएको अमेरिकी व्यापारिक केन्द्र न्यूयोर्क शहरबाट प्रकाशित अन्तर्राष्ट्रिय दैनिक पत्रिका वाल स्ट्रिट [...]

पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दावी > हेमन्त खबर

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताउनुभएको छ । उहाँले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभयो । ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले [...]

म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु> हेमन्त खबर

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पु¥याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ [...]

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु> हेमन्त खबर

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यस वर्ष डेङ्गुका [...]

सैन्य’ निशानामा मात्र प्रहार गरेको क्रेमलिनको दावी> हेमन्त खबर

युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेष्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ । रेष्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने र दर्जनौँ व्यक्ति घाइते भएका [...]

एक महिनामा ७४ हजार भन्दा बढी अफगान आप्रवासी इरानबाट फर्किए> हेमन्त खबर

गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन्, । पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ । निमरोज प्रान्तको शरणार्थी र [...]

राष्ट्रपति सीको चीन–अमेरिका फोरमलाई बधाई पत्र> हेमन्त खबर

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाउनुभएको छ । “कुलियाङसँगको बन्धनः२०२३ चाइना–अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम”, शीर्षकको कार्यक्रम पूर्वी चीनको फुजियान प्रान्तको फुझोउमा आयोजना हुँदैछ । रासस

युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु> हेमन्त खबर

पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मङ्गलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको [...]

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल> हेमन्त खबर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको [...]

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर> हेमन्त खबर

मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ । कलेजले लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा मङ्गलबार [...]

विशाक्त च्याउ खाँदा नौ जना बिरामी> हेमन्त खबर

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया [...]

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान> हेमन्त खबर

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारितका पक्षमा मत दिने [...]

पूर्वी नेपालको कोसेली निगुरो> हेमन्त खबर

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ । [...]

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग> हेमन्त खबर

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ । आगामी आव [...]

उत्पादनका आधारमा ७० प्रतिशत अनुदान> हेमन्त खबर

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न [...]

खानी छन्, तर उत्खननको योजना छैन: हेमन्त खबर

बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन् । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन हुनसकेका छैनन् । धेरै ठाउँमा तामाखानी छन् भने [...]

लागुऔषध छाडेर अब सचेतनातर्फ> हेमन्त खबर

चौध वर्षको उमेरमा लागुऔषध दुव्र्यसनीमा फसेका रमेश भण्डारी अहिले लागुऔषध प्रयोग गर्नु हुँदैन भन्ने जनचेतना फैलाउने अभियानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलका उहाँ लागुऔषधमा फसेको त्यो आठवर्षे अँध्यारो यात्रालाई बिर्सेर नयाँ जीवन जिउँदै हुनुहुन्छ । आफूले जस्तो दुःख अरुले [...]

राम्दीमा पुल बन्दै> हेमन्त खबर

रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो । नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ [...]

मेची राजमार्ग पुनः अवरुद्ध> हेमन्त खबर

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले [...]

सन्तोषी रिमालले घरमै पाउनुभयो नागरिकता> हेमन्त खबर

नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र [...]

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु> हेमन्त खबर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम [...]

१५ सय हेक्टर वन अतिक्रमण> हेमन्त खबर

झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको [...]

विजेता खेलाडीलाई सम्मान> हेमन्त खबर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा रु [...]

हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’: हेमन्त खबर

यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले [...]

अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ; हेमन्त खबर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताउनुभएको छ । रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ [...]

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक> हेमन्त खबर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि [...]

पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित>हेमन्त खबर

पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताउनुभएको छ । सन् २०१७ [...]

गण्डकी प्रदेशसभा: विनियोजन विधेयकमाथि छलफल सुरु; हेमन्त खबर

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक–२०८० माथि छलफल सुरु भएको छ । यही असार ८ गते प्रदेशसभामा पेस भएको उक्त विधेयकको मन्त्रालयगत छलफल मङ्गलबारदेखि सुरु भएको हो । त्यसअघि आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभामा पेस गर्नुभएको ‘विनियोजन विधेयकमाथि छलफल गरियोस् भन्ने’ [...]

बागमती प्रदेशसभाको बैठक स्थगित, भोलि बस्ने> हेमन्त खबर

बागमती प्रदेशसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी भोलि असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न [...]

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नुहुँदै> हेमन्त खबर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको सिचुवान प्रान्तको भ्रमणमा जाँदै हुनुहुन्छ । आजदेखि पाँच दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन जान लाग्नुभएको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका [...]

मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट> हेमन्त खबर

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो । सो अवसरमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना [...]

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो>हेमन्त खबर

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिनुभयो । शाहले विसं २०७३ [...]

मर्स्याङ्दी जलविद्युत्मा ५५ मेगावाट विद्युत् उत्पादन> हेमन्त खबर

आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । उनान्सत्तरी मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको हो । पछिल्लो समय वर्षा हुन थालेपछि उत्पादन [...]

कञ्चनजङ्घा क्षेत्रमा आपत्कालप्न अक्सिजन सिलिण्डर राखिने> हेमन्त खबर

ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा [...]

पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित> हेमन्त खबर

भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट आज पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि रु सात अर्ब १५ करोड १५ लाख [...]

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो> हेमन्त खबर

भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले [...]

कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता> हेमन्त खबर

नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अबदेखि कांग्रेस सदस्य बन्न चाहने नेपाली [...]

बागमती प्रदेशसभा बैठक : पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक> हेमन्त खबर

बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाको नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास [...]

रक्षामन्त्री खड्कासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिवको भेट> हेमन्त खबर

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वाले शिष्टाचार भेट गर्नुभएको छ । रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा राष्ट्रसङ्घसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोगका लागि धन्यवाद [...]

किसानलाई पेन्सन उपलब्ध गराइने> हेमन्त खबर

सरकारले कृषि उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले किसान पेन्सनको अवधारणा अघि बढाउने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजनाको अवधारणाअघि बढाउने नीति रहेको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा [...]

भ्रष्टाचार अभियोगमा मुद्दा दायर> हेमन्त खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ । [...]

नेप्से परिसूचक उच्च अङ्कले बृद्धि> hemantakhabar.com

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार [...]

सडक दुर्घटनामा बाबुछोरीको मृत्यु> हेमन्त खबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको [...]

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर> हेमन्त खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ [...]

रसुवामा पहिलो शल्यक्रिया> हेमन्त खबर

धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ [...]

दाताको भरमा ७२ वर्ष पुरानो गौशाला> हेमन्त खबर

झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो । गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज [...]

तुलसीपुर उपमहानगरमा ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम> हेमन्त खबर

दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ । सो कार्यक्रमअनुसार बालबिबाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ । उपमहानगरपालिकाले आइतबार [...]

जुम्लाका स्थानीय तहले ल्याए बजेट> हेमन्त खबर

जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याएका छन् । ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् । सिञ्जा गाउँपालिकाले आव [...]

औषधि पसल अवैधरुपमा सञ्चालन गर्ने ११ भारतीय सार्वजनिक> हेमन्त खबर

कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । दोधारा चादँनी नगरपालिकामा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने [...]

ललिता निवास प्रकरण : थप पाँच पक्राउ> हेमन्त खबर

ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका [...]

मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट> हेमन्त खबर

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुग्नुभएको थियो । सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना [...]

असार १४ गते सार्वजनिक बिदा> hemantakhabar.com

नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा [...]

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट> हेमन्त खबर

मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई रु ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रुपमा हरियो बनाउनका लागि वृक्षरोपणसहित बाँसको घेरा हालिएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम [...]

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ> हेमन्त खबर

सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरेको हो । अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको [...]

११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु> हेमन्त खबर

कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् । कोशी [...]

International

वाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ

वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले [...]

By |July 6, 2023|Categories: International, News|

बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एकको विद्यार्थीको मृत्यु, सात आठ घाइते

बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको [...]

By |July 6, 2023|Categories: International, News|

सम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा

अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ आइपुग्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि [...]

By |July 6, 2023|Categories: International, News|

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा [...]

By |July 6, 2023|Categories: International, News|

Opinion & Analysis

“८१ सालको स्वस्थानी व्रत समाप्त गरियो”

२०८१ माघ ३० काठमाडौं । ८१ सालको स्वस्थानी र माधवनारायण व्रत आज बाट समाप्त भएको छ । काठमाडौंको शालीनदी लगाएत विभिन्न मन्दिर तलाउ खोला नदिमा धाममा आज व्रतालुहरुले स्नान पूजा [...]

By |February 12, 2025|Categories: News, Opinion and Analysis|

प्रधानमन्त्री केपि शर्मा ओलि द्वारा बिश्व सुरक्षीत ईन्टरनेट दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त

२०८१ माघ २९ काठमाडौ । बिश्व सुरक्षीत ईन्टरनेट दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपि शर्मा ओलिले शुभकामना व्यक्त गरेका छन । आज प्रधानमन्त्री ओलि द्वारा जारी शुभकामना पत्रमा भनिएको जस्ताको त्यस्तै: ´शुभकामना [...]

By |February 11, 2025|Categories: News, Opinion and Analysis|

प्रधानमन्त्री केपि ओलीले संविधान खारेज गर्न खोजेको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप

२०८१ माघ २८ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरका [...]

By |February 10, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

आज नेप्से ०.८७ अकंले घटेको छ

२०८० फागुन १६ काठमाडौं । सेयर बजार नेप्से सूचक ०.८७ अकंले झरेर २०००.७७ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार रकम पनि अधिल्लो दिनको भन्दा बढीको भएको छ । आज [...]

आज नेप्से ९.३४अकंले बढेको छ, केही बाणिज्य बैंकको सेयर भाउ बुक भ्यालु भन्दा तल

२०८० फागुन १५ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.३४ अकंले बढेर २००१.६४ विन्दुमा पुगेको छ । सेयर कारोबार रकम १ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार रकम पनि दैनिक गिरावट आएको छ । यति बेला सवैभन्दा [...]

Go to Top