
बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट
पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध [...]
बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने
बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले सम्पत्ति [...]
धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने
ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी [...]
रुसद्वारा युक्रेन वार्ताका लागि अमेरिकन रास्ट्रपति बाइडेनको शर्त अस्वीकार
क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ। "राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ," भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री [...]
बम विस्फोट हुँदा १ जनाको मृत्यु, २ घाइते
अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब-ए-इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । "हेक्मतयारलाइ भने सुरक्षित छन्," टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै [...]
श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने
श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय [...]
कीभको पूर्वाधार आक्रमणमा पश्चिमा नीति जिम्मेवारः राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण "अपरिहार्य" भएको बताउँनु भएको छ । उहाँले यसका पछाडि पश्चिमाहरूको "विनाशकारी" नीतिहरू जिम्मेवार रहेको पनि बताउँनु भएको छ। क्रेमलिनका अनुसार "जर्मनी लगायत पश्चिमी राष्ट्रहरूको विनाशकारी नीतिले कीभलाई [...]
खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु
इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै [...]
एड्सको औषधि उपचारमा पहुँचका लागि चन्दा अभियान
नाइजेरियामा यहाँका एचआइभी सङ्क्रमितहरुको औषधि उपचारमा पहुँच पुर्याउनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर यहाँको सरकारले नै अनलाइनबाट चन्दा सङ्कलन अभियानको सुरुवात गरेको हो । सरकारले एचआइभीको उपचारका लागि आवश्यक रकम सङ्कलनका [...]
सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा तथ्याङ्क
सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा यो सङ्ख्या १९.९ प्रतिशत थियो । एनएसओले [...]
विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ
चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताउनुभएको हो । [...]
लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह
लेवनान ले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भन्नुभयो, “लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक [...]
गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान
भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार सम्पन्न निर्वाचनमा ६० दशमलव ४७ प्रतिशत मत खसेको [...]
युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको फिनल्याण्डका प्रधानमन्त्रीको भनाइ
फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताउनुभएको छ । अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली [...]
पैँतालीस प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास एक :सर्भे
पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको प्राप्त समाचारमा जनाइएको छ । आगामी छ महिनामा पाकिस्तानको वर्तमान [...]
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा [...]
दोलखा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता
दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उहाँले पाँच हजार ३५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले [...]
पर्वतमा मगर सङ्ग्रहालय निर्माण गरिँदै
मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा जिल्ला कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्रहालय बनाउन सुरु गरिएको हो । सङ्ग्रहालय भवनको बुधबार कुश्मा नगर [...]
समृद्धिको मार्ग : कर्णाली करिडोर
विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । [...]
गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित [...]
संसदमा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं १ [...]
पुल माग्दा बित्यो १५ वर्ष
झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग [...]
को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकाङ्कसी
मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो [...]
गर्भवतीलाई सुत्केरी भत्ता
आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस [...]
सहकारीमा अनुदानको मल छैन
कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ । बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु [...]
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र [...]
सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह
राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय [...]
प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी [...]
सात गाउँले जात्रा सुुरु
राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ । यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा [...]
युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् [...]
भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव
जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन [...]
पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम
चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र [...]
झापामा दुर्घटनामा दुईजनाको मृत्यु
झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ [...]
खोटाङको हलेसीमा सौर्यबत्ती जडान
प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको [...]
निर्वाचन आयोगको लापरबाहीको कारण काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर, ५ बर्ष निर्वाचन आयोग के गरेर बस्छ,
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा [...]
स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल विजयी
स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाबाट उहाँ १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का [...]
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउदै
७९ मंसिर १६ काठमाडौ । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै [...]
नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु [...]
विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो
कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क [...]
एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका [...]
धनगढीमा निषेधाज्ञा
सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका–१ [...]
राजदूत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । क्वालालम्पुरस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको नेपाली राजदूतावासले जनाएको छ [...]
चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सन्देशमा पूर्वराष्ट्रपति [...]
दिवङ्गत सुरक्षाकर्मी र नागरिकका परिवारलाई राहत उपलब्ध गराइनेछ गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुुनुभएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उहाँले सम्बन्धित सबैको [...]
जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । [...]
गृहमन्त्रीसँग राउतको भेट
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा [...]
बेलायती राजदूत लुम्बिनी भ्रमणमा
७९ मंसिर १५ काठमाडौ । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गर्नुभएको छ । लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको [...]
ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी
७९ मंसिर १५ काठमाडौ नेपाली । ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (इन्पे) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा ११ [...]
गुजरात निर्वाचन अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मतदान
७९ मंसिर १५ काठमाडौ नेपाल । गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ प्रतिशत मतदाताले मतदान गरेका छन् । कच्छ, सौराष्ट्र र दक्षिण [...]
भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा
७९ मंसिर १५ काठमाडौ नेपाल । फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा श्रम मन्त्रालयले विशेष गरी ती देशलाई लक्ष्यित श्रमिक आपूर्ति [...]
प्राज्ञ सभाका अवसरमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी
१५ मंसिर, काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञ सभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा प्रज्ञाले विसं [...]
समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह
१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब [...]
समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
१५ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय [...]
‘नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व’
१५ मंसिर, काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा समुद्घाटन समाराहोमा आज उहाँले राष्ट्रिय सम्पदालाई अन्तर्राष्ट्रिय [...]
लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’
१५ मंसिर, काठमाडाैं । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै [...]
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु
१५ मंसिर, काठमाडाैं । काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री [...]
जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की
१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना [...]
‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’
१५ मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको [...]
विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि
१५ मंसिर, काठमाडाैं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा [...]
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
१५ मंसिर, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ [...]
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : देउवा
१५ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा [...]
समानुपातिक मतमा एमालेको अग्रता , दोस्रो कांग्रेस
१५ मंसिर, काठमाडाैं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०को अग्रता कायम छ । प्रदेश नं १, बागमती, [...]
राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश–१ पराजित
१५ मंसिर, लुम्बिनी । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रदेश–१ ले [...]
मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश
१५ मंसिर, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गर्नुभयो [...]
टिमुर टिप्न जर्मन प्रविधि भित्रियो
१५ मंसिर, म्याग्दी । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै [...]
भैरवकुण्ड पदमार्गमा होमस्टे सञ्चालन
१५ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् । भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् । पर्यटकीय गाउँ छगाम, बगाम, [...]
मनाङमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर
१५ मंसिर, मनाङ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत [...]
हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो
१५ मंसिर, काठमाडाैं । नेपाल–चीन सीमा नजिकै उहाँको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उहाँको गाउँ । बर्खाका केही महिना उहाँको परिवार त्यही घरमा बस्छ । तर हिउँदमा गाउँ बसिसक्नु हुन्न हिउँले । अबका [...]
गोदावरीमा कल्पवृक्षका बिरुवा
१५ मंसिर, कैलाली । कैलालीको गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियास्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरमाथि डाँडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो । रामजानकी मन्दिर परिसरमा वरिष्ठ पत्रकार पिआर चटौत र गोरख [...]
महाकाली सिँचाइ आयोजनाः ‘पानी ल्याउने विषय अन्योल’
१५ मंसिर, काठमाडाैं । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको [...]
स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय
१५ मंसिर, काठमाडाैं । मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ । “यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ [...]
कर्णाली प्रदेश : बालबालिकाका क्षेत्रमा न्यून बजेट
१५ मंसिर, काठमाडाैं । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो । प्रदेश [...]
पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा
१५ मंसिर, बाग्लुङ । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ [...]
नगर यातायात गुरुयोजना बनाउँदै शुक्लाफाँटा
१५ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर [...]
प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ७० रनको लक्ष्य दियो
१५ मंसिर, लुम्बिनी । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव दुई ओभरमा [...]
धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो
१५ मंसिर, सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र [...]
धान बिक्री नहुँदा किसान मर्कामा
१५ मंसिर, बाँके । बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् । सरकारले यसवर्ष [...]
तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब
१५ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य [...]
घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो
१५ मंसिर, काठमाडाैं । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट सङ्कलन हुने राजस्व पनि घटेको छ । भूमि [...]
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश: प्रम देउवा
७९ मंसिर १५ काठमाडौ, नेपाल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं [...]

International
स्वीडेनले सुडानबाट १६० जना आफ्ना नागरिकई स्वदेश फर्कायो
स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराउँनु भएको हो । स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी [...]
युक्रेन बिषयमा कुनै पनि शान्ति प्रयासको क्रेमलिनले स्वागत गर्ने’
युक्रेन आक्रमणपछि पहिलो पटक चीन र युक्रेनका नेताहरूले गरेको फोनवार्ताबारे प्रतिक्रिया दिँदै फोनवार्ताको एक दिनपछि क्रेमलिनले मस्काले यस पहिल्यै सार्वजनिक को शर्तमा युक्रेनी द्वन्द्व अन्त्य गर्ने कुनै पनि प्रयासको स्वागत [...]
चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँहरूबीच भएको कुराकानीका केही झलकहरु यस्ता छन् । [...]
संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजारभन्दा बढी सुडानी शरणार्थी परिवार दर्ता
सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजारभन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले यहाँ दर्ता गरेको छ । एजेन्सीका चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार "पूर्वी चाडमा [...]

Opinion & Analysis
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार [...]
गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा
गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, [...]
हराभरा मेघौली
पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि [...]












