
विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय
दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन [...]
अस्पतालको भवन नबन्दा सेवा प्रभावित
म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशतमात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण सुरु भएको थियो । तेस्रोपटक थपिएको म्याद सकिन [...]
तनहुँमा चार सय ३७ अपराधका उजुरी
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले [...]
आजको मौसम : आंशिकदेखि सामान्य बदली
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा [...]
प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश
नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण [...]
पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, [...]
पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा
७९ पौष २६ काठमाडौ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले भोलि मिति २०७९ साल पौष २७ गते नेपाल अधिराज्य भर सार्वजनिक बिदा दिने भएको छ । पृथ्वी जयन्तीको अवसरमा यो भन्दा पहिला श्री ५ सरकारले सार्वजनिक बिदा दिदै आएकोमा ६२/६३ [...]
प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल [...]
विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार प्रकट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।” प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत [...]
विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट [...]
बाणिज्य बैंक मध्ये प्रभु पनि उत्कृष्ट , प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु
२०७९ पुस २६ काठमाडौ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पूँजी रु [...]
उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु
देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले [...]
नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा
नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र युरोपेली सङ्घ बीचको साझेदारीलाई सुदृढ गर्न जारी राख्नुपर्छ। हामीले युक्रेनलाई हाम्रो समर्थनलाई अझ बलियो [...]
सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु
दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास गर्दा झडप भएको हो । पेरुमा गत डिसेम्बरको शुरुमा तत्कालीन [...]
कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु
इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको खोरासान रजावी प्रान्तको रेड क्रिसेन्ट राहत तथा उद्धार [...]
सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप
बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाउनुभएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उहाँले लगाउनुभएको छ । मङ्गलबारदेखि बजारमा आउन [...]
चीन र बङ्गलादेशी विदेशमन्त्रीबीच भेटवार्ता
चिनियाँ विदेशमन्त्री छिन कङले आफ्ना बङ्गलादेशी समकक्षी अब्दुल मोमेनसँग मङ्गलबार बिहानसंक्षिप्त भेटवार्ता गर्नुभएको छ । अफ्रिकी देशहरूको भ्रमणको क्रममा बङ्गलादेशको राजधानीमा अवस्थित विमानस्थल भएको भेटवार्तामा छिनले चीन र बङ्गलादेशबीचको मित्रताको उच्च चर्चा गरेको बताउनुभयो । नयाँ वर्षमा दुवै देशले आफ्नो [...]
सैनिक कारबाहीमा छ जना लागूऔषध तस्कर मारिए
थाई सेनाले उत्तरी थाइल्याण्डको एक जङ्गलमा गरेको सैन्य कारबाहीमा परी छ जना संदिग्ध लागुऔषध तस्करलाई मारिएका अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घटना गोल्डेन ट्राएंगलनजिकै भएको थियो । यस क्षेत्र थाइल्याण्ड म्यानमार र लाओस सीमाक्षेत्रको रुपमा रहेको छ । यहाँ [...]
चीनद्वारा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन
चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो । सोलस्थित चिनियाँ दूतावासले अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार [...]
उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन
पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिँजराको सुगा, गोपालप्रसाद रिमाल–आमाको सपना, सिद्धिचरण श्रेष्ठ–आफ्नो परिचय, भवानी भिक्षु–दुःखको [...]
टि–ट्वान्टी क्रिकेट : विराटनगर फाइनलमा
पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य [...]
सभामुखको निर्वाचन आगामी माघ ५ मा
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोक्नुभएको छ । नेपालको [...]
प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) लाई प्रतिनिधिसभामा २६८ मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा [...]
नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाडौँ आइपुग्यो
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली [...]
बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया
बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका [...]
माघी’ फैलिँदै छ देशविदेशमा
थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ [...]
सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उहाँले भन्नुभयो, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म [...]
रोगका कारण अग्निखेतका बङ्गुर फार्म रित्तिए
महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन [...]
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ मा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव [...]
निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक
निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो [...]
सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन
चिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सो सरहका कक्षा सञ्चालन [...]
राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी
राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै [...]
झापामा सात उद्योग कारबाहीमा
झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, [...]
श्रीमान् श्रीमती मृत फेला
भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको [...]
पोखरा महोत्सव बुधबारदेखि
एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुहुनेछ । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताउनुभयो । खेल, कला, संस्कृति र [...]
वाग्मती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय
वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गर्नुभएको छ । उहाँले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद [...]
सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार
चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त [...]
आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले कूल जारी [...]
पुस्तक प्रदर्शनी सुरु
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० सम्म सञ्चालन हुने प्रदर्शनी उद्घाटन गर्दै पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रदर्शनीले पुस्तक पढ्ने बानीको विकास गर्न सहयोग पु¥याउनेमा विश्वास व्यक्त [...]
काठमाडौ जिल्ला अदालतको गेट सगै जोडिएको चिया पसल हटाउदै काठमाडौ महानरपालिका
https://youtu.be/xi8NvDzsV7M हेमन्त खवर
सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु
२६ पुस, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने [...]
सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक
२६ पुस, काठमाडाैं । मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ । सन् २०२१ कोभिड–१९ [...]
गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै
२६ पुस, गण्डकी । “यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तनजस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवनत्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिरयिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” (कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ [...]
जुम्लामा रैथाने कागुनोको माग बढ्दो
२६ पुस, जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले बताउनुभयो । कागुनोको [...]
दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर बन्दै
२६ पुस, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डिपिआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका [...]
राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने
२६ पुस, काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर बाइसे चौबिसे राज्यमा छरिएका भूभागलाई एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले अधिकांश [...]
हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण
२६ पुस, काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ । उहाँहरुका बीचमा [...]
घट्यो सुन चाँदीको मूल्य
२६ पुस, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ [...]
विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस
२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित [...]
एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने
२६ पुस, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । [...]
राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत
२६ पुस, जनकपुरधाम । दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७)…………………………………………….. शान्ति छ को यहाँ, छैन कहाँ क्रान्ति, कलह, द्वेष, इष्र्या र [...]
ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ
२६ पुस, काठमाडाैं । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार [...]
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै
२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो [...]
बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ
२६ पुस, काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय [...]
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै
२६ पुस, रूपन्देही । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले [...]
नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ
२६ पुस, काठमाडाैं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना [...]
प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्यो
२६ पुस, काठमाडाैं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । [...]
‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’
२६ पुस, तनहुँ । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभयो । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गराँै र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर चार वर्षअघि घर फर्किनुभयो । घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर [...]
भूमिहीनले पाए जग्गाको धनीपुर्जा
झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लामा ४८ हजार [...]
प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वास मत पाउने निश्चित
७९ पौष २६ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचना प्राप्त भएको छ । प्रधानमन्त्री दाहालले [...]
नक्कली नोट सहित पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा [...]
आजको मौसमः हल्का हिमपातको सम्भावना
पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली [...]
मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन
गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । उहाँले [...]
अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र
सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गर्नुभएको छ । [...]
नौ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार [...]
छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य
छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो । दुवै पालिकाको सीमा जोडिएका कृष्णपुर नगरपालिका वडा [...]
कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा
कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोक्नुभएको हो । उहाँले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को [...]
पाँच करोड माग्ने कारागार चलान
दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह [...]
युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित
महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको छ । युक्रेनका मार्ता चुमालो, इरानका नार्गेस मोहम्मदी र टर्कीका इरेन केस्किनले युद्ध, [...]
पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो: संयुक्त राष्ट्रसङ्घको भनाई
पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भन्नुभयो, “पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो [...]
जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट
जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ । पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । जैमिनी [...]
संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ
जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछ । [...]
न्यूनतम साझा कार्यक्रम सार्वजनिक
वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र [...]
मुख्यमन्त्री कार्कीद्वारा शपथ
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो [...]
बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान सर्वसम्मत
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा [...]
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उहाँहरुको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको [...]
प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) [...]
अवैध क्रसर उद्योग बन्द
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा [...]
नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बड्यो तर पुराना लगानीकर्ताले खर्वौ गुमाएका छन.
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू [...]
गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गर्नुभएको छ । सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको [...]

International
अमृतसर विस्फोट: पाँच पक्राउ
बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ। ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच [...]
भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड सङ्क्रमित
भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१,४०६ रहेको छ भने निको हुनरेको दर ९८.७७ प्रतिशत रहेको छ। [...]
बेलाइत सरकारद्वारा अरमान सोल्डिनको महत्त्वपूर्ण भूमिकाको प्रशंसा
युक्रेनमा रकेट फायरबाट मारिएका एएफपी पत्रकार अरमान सोल्डिनले द्वन्द्वको समाचार सम्प्रेषण गर्न "महत्वपूर्ण" भूमिका खेलेको बेलाइतका प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबार उल्लेख गरेका छन् । "अरमान एक प्रतिभाशाली र साहसी [...]
युएई र ताजकिस्तानद्वारा हवाई यातायात सेवा सम्झौतामा हस्ताक्षर
ताजिकिस्तानमा सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) र नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा हवाई यातायात सेवा सम्झौता र समझदारी (एमओयु) प्रारम्भ गरिएको छ। सो सम्झौताबाट युएइ र ताजिकिस्तानबाट तोकिएको उडानमा प्रतिबन्ध [...]

Opinion & Analysis
हेमन्त खबर> आज हरिशयनी एकादशी पर्व
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी [...]
हेमन्त खबर> राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको [...]
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल> हेमन्त खबर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष [...]












