
बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल
बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्टेललाई गठबन्धन [...]
खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै
बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना [...]
जसपा मधेश प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी
जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिनुभयो । चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले [...]
थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग
सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय [...]
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन
प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको [...]
सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह
नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख [...]
हवाई भाडा घट्यो
सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा [...]
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । आज एकीकृत [...]
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पु¥याएर अभियुक्त थापाले बलात्कार [...]
अब वडामै मेलमिलाप
वडातहमै कानुनी उपचारका लागि सूर्यविनायक नगरपालिकाले अब वडास्तरमै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडास्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र [...]
हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका [...]
अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे
अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भिमाद नगरपालिकामा पहिलोपटक [...]
भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु
नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ [...]
एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए
एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले [...]
अमेरिकी राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा ब्राजिलको सरकारी भवनहरूमा भएको “हमला” को निन्दा
अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई "लोकतन्त्रमाथिको आक्रमण" भन्दै निन्दा गर्नु भएको हो । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका [...]
पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै [...]
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत
नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो । एके-४७ असल्ट [...]
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पु¥याएर अभियुक्त थापाले बलात्कार [...]
सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा [...]
पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी
जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू [...]
वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी लगायतका मुद्दामा छलफल हुने बताइएको छ । वार्ताका लागि आइतबार राष्ट्रपति बाइडेन मेक्सिको सिटी आइपुग्नु भएको हो । राष्ट्रपतिको [...]
भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु
इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ [...]
तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न [...]
वन्यजन्तु बस्ती पसेपछि …
वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ [...]
थारु नाच संरक्षणमा युवा
तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् । “हामी युवाले नै अब थारु समुदायको संस्कार, [...]
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो । हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी [...]
क्रामातोस्र्कमा रूसी आक्रमण हुँदा कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु रूसी रक्षा मन्त्रालय
मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ । रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रामातोस्र्कका दुई भवनमा तैनाथ [...]
सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते
सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्र्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको [...]
वडाध्यक्ष कारागार थुनामा
सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको [...]
रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने
गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो । रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक [...]
जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा
तपाइँ जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले [...]
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल [...]
जुत्ता उत्पादनमा ४५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग
नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका [...]
विभिन्न घटनाको सफल अनुसन्धानमा सिसिटिभी फुटेज सहयोगी
सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न सकिएको छैन । नेपाल प्रहरीको अभिलेखले पनि धेरै [...]
जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान
शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही, पाँचकिलो दाल, पाँचकिलो नुन, साढे दुई किलो खानेतेल, दुई थान कम्बल र एक [...]
डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव
सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी [...]
एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको [...]
तनहुँका क्रसर उद्योग बन्द
गृहमन्त्रालयबाट निर्देशन भएपश्चात तनहुँमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका हुन् । दर्ता नभएका, सञ्चालनको अनुमति नलिएका र नवीकरण नगरिएका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधनमा संलग्न रहेका [...]
नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । [...]
शिक्षकलाई खेलकुदको तालिम दिन सम्झौता
गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबीच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । ब्याचलर इन स्पोर्टस म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार माघ १८ देखि २१ गतेसम्म [...]
राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै
विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो । सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल [...]
निर्वाचनपछि प्रतिनिसभाको बैठक सोमबार बस्दै
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो [...]
आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका [...]
जनप्रतिनिधिले रोके बालविवाह
कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् । यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ [...]
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको [...]
चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसङ्घ
नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचकता देखाएर संशोधन गर्दा निजी क्षेत्रको खस्केको [...]
मधेस प्रदेश : जनकपुरधामबाट अब संस्थागत र व्यक्तिगत श्रम स्वीकृति
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख रामउदार अधिकारीले [...]
मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द
मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले [...]
मानव अधिकार आयोगद्वारा सरकारलाई पत्राचार
राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयबाट हालै भएको [...]
राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !
सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गर्नुभयो [...]
सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह [...]
भारतीय नागरिक दम्पती पक्राउ
अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र [...]
प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको लोसपाको कार्यकारिणी समितिको [...]
पर्यटक पर्खंदै हेलम्बु
कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै [...]
सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव पौडेल
परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राख्नुभएको जिज्ञासामा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि [...]
नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ [...]
माघीको तयारीमा थारू समुदाय
कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट [...]
दुई दशकमा पनि बनेन कान्ति राजमार्ग
राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ । सहज [...]
नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत
नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई [...]
सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो
सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी हुनुभएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो । [...]
सङ्क्रमण न्यायका लागि राजनीतिक समझदारी आवश्यक छ’
सरकारी अधिकारीहरूले राष्ट्रिय राजनीतिमा एकखाले न्यूनतम समझदारी नभएसम्म सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिने सम्भावना नरहेको धारणा राख्नुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वयन समितिको आजको बैठकमा उहाँहरूले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा नपु¥याई धर नै नभए पनि कर्मचारीको बुतामा भने नरहेको स्पष्ट [...]
माहुरी पालन गरेर १० लाख कमाइ
विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडाँैमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर । वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुग्नुभएका उहाँको विदेश जाने [...]
मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’
ओखलढुङ्गाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो । यहाँ चारैतिर वनजङ्गल, चराचुरुङ्गीको चिरविर आवाज [...]
नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो
गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो । यो [...]
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल [...]
कलाकार अरनिकोको घरलाइ सङ्ग्रहालय बनाइने
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उहाँको घरलाई सङ्ग्रहालय बनाउने [...]
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताउनुभएको छ । यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको उहाँको भनाइ छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका [...]
राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति : १० वर्षमा १० वाणिज्य बैंक घटे
नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् [...]
अचार बेचेर आत्मनिर्भर
सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लाग्नुभएको छ । उहाँले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गर्नुभएको छैन स्वरोजगार पनि बन्नुभएको छ । रानाले तत्कालीन घरेलु तथा [...]
थारु कलासंस्कृतिको संरक्षणमा नयाँपुस्ताको आकर्षण
थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँपुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँपुस्ताको अग्रसरता बढ्दै गएको हो [...]
घरखर्च चलाउन बगरको भर
इन्द्रावती गाउँपालिका वडा नं ११ र १२ का स्थानीय दिनभरजसो बगरमै भेटिने गरेका छन् । त्यहाँका स्थानीयको आयआर्जनको मूल बाटो नै बगर रहेको छ । घरखर्च चलाउन होस् या केही खर्चको जोहो गर्न स्थानीयलाई बालुवा चाल्नुको विकल्प छैन । इन्द्रावती–११ [...]
बाँकेका गाउँमा माघी मेलाको तयारी
थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने माघी मेलाको धमाधम तयारी भएको मूल आयोजक समितिका संयोजक सुरज [...]
चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु [...]
आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको [...]
म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते
मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । गाडीको दायाँ अगाडिको टायर निस्कँदा कार सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि विश्वविद्यालय नजिकै पल्टिँदा दुर्घटना [...]
राष्ट्रपति सीद्वारा न्यायिक र सार्वजनिक सुरक्षा कार्य आधुनिकीकरणमा जोड
चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न पनि प्रतिबद्ध रहनुपर्ने बताउँनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव [...]
सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते
मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक [...]
गुजरातमा चङ्गा महोत्सव
गुजरातका अन्तरराष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले आइतवार अहमदाबादमा सो महोत्सवको उद्घाटन गरेका हुन् । यस वर्ष अन्तरराष्ट्रिय काइट फेस्टिभल जी-२० को विषयवस्तुको साथ आयोजना गरिनेछ र यो जनवरी ८ देखि १४ सम्म चल्नेछ । कोभिड [...]
इराकी जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि
इराकको योजना मन्त्रालयले सन् २०२२ मा देशमा गरिबी दर २५ प्रतिशत रहेको जनाएको छ । “सन् २०२० र २०२१ मा कोरोनाभाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न आर्थिक सङ्कटलगायत विभिन्न कारणले उच्च गरिबी दर देखिएकोे छ,” मन्त्रालयका [...]
श्रीलङ्का र थाइल्याण्डले तेस्रो चरणको एफटीए वार्ता शुरु गर्ने
श्रीलङ्का र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलङ्काका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। सो वार्तामा थाइल्याण्डका २६ प्रतिनिधिहरू छलफलमा भाग लिने बताइएको छ । छलफलमा [...]

International
पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ [...]
दमास्कसमा प्रहरीको गाडीमा विस्फोट, ५ प्रहरी घाइते
दमास्कसको प्रहरी चौकीमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा पाँच प्रहरी घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ । प्रहरीको गाडी दमास्कसको उत्तरपश्चिमी बर्जेह प्रहरी चौकीमा थियो । विस्फोटको कारण [...]
क्यामरुनमा बस दुर्घटनाः कम्तीमा १५ जनाको मृत्यु
क्यामरुनमा भएको बस दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा मङ्गलबार दिउँसो [...]
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । “प्रहरी टोलीले [...]

Opinion & Analysis
खानी छन्, तर उत्खननको योजना छैन: हेमन्त खबर
बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन् । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि [...]
हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात> हेमन्त खबर
मकवानपुरको हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले [...]
हेटौंडाको आलेख खुवाको ‘हब’ बन्दै > hemantakhabar.com
हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले [...]












