
कृषिमा अनुदान
इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् । माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु दुई हजार अनुदान दिने गरेको बताउनुभयो । पछिल्लो [...]
तनहुँमा दुई जनाको मृत्यु
तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । [...]
सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते
वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय [...]
दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका [...]
सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ । अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै [...]
पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष
जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । उहाँका [...]
थन्थापमाई’ ओझेलमा
जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका छन् । बागलुङ जिल्लाको [...]
तुलसीपुरमा लेखापालको तलब बढ्यो
तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ [...]
डेरी उद्योगबाट मनग्ये आम्दानी
अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको [...]
खुम्बुमा चिसोले पानी जम्न थाल्यो
अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको [...]
कर्णाली प्रदेश प्रमुख परियारद्वारा ‘सोनाम ल्होसार’को शुभकामना
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “जातीय तथा सांस्कृतिक विविधता [...]
कर्णालीमा खाद्य प्रयोगशाला
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले भने परीक्षण नै सुरु गरिएको कार्यालयले जनाएको हो । यसले गर्दा गुणस्तरयुक्त [...]
थाङपालकोटमा हाटबजार
स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो । प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको [...]
चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह
चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गर्नुभएको हो । “मेरो ९३ औं जन्मदिनमा [...]
नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउनुभएको छ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति [...]
पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ
कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर [...]
कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताउनुभएको छ । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न [...]
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल भोलिदेखि
पोखरमा भोलि आइतबारदेखि सुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा [...]
ऊर्जा सङ्कटलाई नवीकरणीय ऊर्जा विकास गर्ने अवसरको रूपमा लिन सकिने’
विश्व आर्थिक मञ्चको सन् २०२३ को वार्षिक बैठकका सहभागीहरूले उर्जा सङ्कटलाई स्वच्छ ऊर्जातर्फ विश्वको सङ्क्रमणलाई गति दिने अवसरका रूपमा हेर्नुपर्ने बताएका छन् । उक्त भेलाका सहभागी तथा कोलम्बिया युनिभर्सिटीको युरोपियन इन्स्टिच्युटका निर्देशक एडम टुजले स्वच्छ र हरित ऊर्जा क्षेत्रको सङ्क्रमणले [...]
श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने
श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको हो । आयोगका अनुसार प्रमुख सबै [...]
छैसठ्ठी महिला र बालबालिका इस्लामिक समूहबाट मुक्त
बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ । राष्ट्रिय प्रसारक आरटीबीका अनुसार सशस्त्र बलले मध्य–उत्तर क्षेत्रमा सैन्य कारबाहीका क्रममा बन्धकहरूलाई [...]
मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना
भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ । गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय [...]
मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयमिक व्यक्ति स्व लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्व लक्ष्मीदास मानन्धरको जीवन पुस्तक ‘परिवर्तनका संवाहक लक्ष्मीदास’ [...]
तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा सन्दुक रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्री दाहालले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । [...]
गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान
विसं २०७९ को ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ पत्रकार नवराज चालिसे र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ माधव पौडेललाई प्रदान गरिएको छ । न्यूज २४ का कार्यक्रम संयोजकका रुपमा चालिसे कार्यरत हुनुहुन्छ भने पौडेल नेपाल फेसको सम्पादक हुनुहुन्छ । सम्पादक समाज [...]
प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री रावलको शुभकामना
सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गर्नुभएको छ । “सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । मुख्यमन्त्री रावलले विसं २०७४ माघ ७ [...]
उपप्रधानमन्त्री लिङ्देनबाट ८३औँ पटक रक्तदान
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले ८३औँ पटक रक्तदान गर्नुभएको हो [...]
विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग
पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् । ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय [...]
महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं [...]
छात्रवृत्ति प्रदान
तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई रू छ लाख ५० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुरायाउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्ति प्रदान गरेको हो [...]
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय [...]
ऐतिहासिक डोजर व्यवस्थापनमा जिल्ला समन्वय समितिको चासो’
जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्न विसं २०५५ मा खरिद गरिएको डोजर व्यवस्थापनमा चासो देखाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी किनारमा कवाडीमा परिणत भएर अलपत्र अवस्थामा रहेको डोजर व्यवस्थापन गर्न जिससले चासो [...]
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं [...]
वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक राजनीतिक विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा [...]
ललितपुर बारमा मतदान सम्पन्न
ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरू मतदान सम्पन्न भएको हो । कुल आठ सय १२ मतदाता रहेकामा छ सय मत [...]
आगलागीमा परेर मृत्यु
ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ । यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागीबाट टहरा [...]
राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ । आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गर्नुभयो । [...]
प्रतिनिधिसभाको उपसभामुखमा राना निर्वाचित
प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई [...]
रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान
रोटरी क्लब अफ रुद्रमतीले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल [...]
सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग
जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न [...]
बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या
डोटीको बडीकेदार गाउँपालिका–२ स्थित सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरीलाई समस्या भएको छ् । गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन् । ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन् । स्थानीय तह [...]
कृषि विकास बैंक ५६औँ वर्षमा
कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा [...]
आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए
अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार [...]
जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ
जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ । प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि नरोकी अगाडि बढ्न खोजेपछि खोजतलास गर्दा अवैध आप्रवासी पक्राउ परेको [...]
शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी
लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न [...]
हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु
चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार साँझ ७-५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग [...]
जम्मुमा विस्फोट ६ जना घाइते
जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् । एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार "जम्मुको नरवाल क्षेत्रमा दुई ठाउँमा विस्फोट भएको छ जसमा ६ [...]
कालीकोटका बाढीपीडितले राहत पाएनन्
कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ । जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति [...]
महिलालाई सीपमूलक तालिम नेपालको पहिलो
सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गर्नुभएको संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट [...]
पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा [...]
रुप फेर्ने नाममा थप अस्तव्यस्त बन्दै पोखराको न्यूरोड
पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि [...]
उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल
प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी [...]
पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उहाँले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि [...]
पहिले बटौलीमा गाडी गुड्थे, अहिले घर अगाडि गुड्छन्
बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ । [...]
बाँकेमा कुष्ठरोग निवारणमा चुनौती
बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्नथालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ [...]
स्थापना दिवसको अवसरमा मुख्यमन्त्री रावलद्वारा शुभकामना व्यक्त
सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देशमार्फत सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । “नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक [...]
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
यहाँ बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित [...]
कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव
कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उहाँको [...]
जग्गा वर्गीकरण : तीन पालिकाको कित्ताकाट खुल्यो, नौको अन्योल
नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरण भएसगैँ गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ । गत मङ्सिर २२ गतेसम्मको समयसिमा तोकिए पनि जिल्लाका बाँकी पालिकाले भने जग्गा वर्गीकरण गर्न [...]
मतदाता परिचयपत्र छ, नागरिकता छैन
चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन । खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन् । उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट [...]
गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण
प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न [...]
कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व सङ्कलन
कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि पुस मसान्तसम्म रु नौ करोड १९ लाख २९ हजार पाँच [...]
सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न
सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा [...]
उपसभामुख चयनका लागि बैठक सुरु
प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ । रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का [...]
काँचुली फेर्दै कञ्नचनपुरको झलारी बजार
कञ्चन छ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो । दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे । वन क्षेत्र नजिकै एक मात्रै भारतीयले सञ्चालन गरेको मदिराको भट्टी थियो । “एक दुईजनाले हिँडेर [...]
सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु [...]
किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती
७ माघ, भाेजपुर । राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको [...]
चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए
गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती पत्रकारहरूमा १५ जना पत्रकार पञ्जाबका, ११ जना सिन्ध, १३ जना [...]
स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै
७ माघ, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव [...]
वीरेन्द्रनगरमा युवक मृत फेला
७ माघ, सुर्खेत । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री [...]
जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन
७ माघ, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि [...]
सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना
७ माघ, काठमाडाैं । बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ।ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।"लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले [...]
´भ्रष्टाचार निजी क्षेत्रमा पनि चरम सिमामा पुगेको छ`: डाक्टर रण बहादुर चन्द
"नेपाल सरकारले नेपालका सरकारी तथा अर्ध सरकारी निकायहरुमा जहाँ आम नागरिकहरु बिबिध कामको शीलसिलामा जाने गर्दछन, ति निकायहरुबाट सम्पादन हुने सेवा सुबिधामा कुनै कमी नहोस भन्नका लागि अख्तियारको निग्रानी भइ रहेको हुन्छ वा अख्तियारको दुरुपयोग भएको जानकारी अख्तियारमा परे अनुसन्धान [...]
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
७ माघ, काठमाडाैं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) का नेता सुवास [...]
तस्बिरमा उहिलेको पोखरा
७ माघ, कास्की । कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका [...]
मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन
७ माघ, माेरङ । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गर्नुभएको थियो । [...]
माटोका भाँडा बनाउने काममा रमाइरहनुहुन्छ गाजुराम
दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा अझै सक्रिय हुनुहुन्छ । माघ महिनाको कठ्याङ्ग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उहाँको दैनिकी माटो मुछ्नेदेखि भाँडा बनाउनेमा बित्छ । उहाँ विगत पाँच दशकदेखि सो पेसामा संलग्न [...]
सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले [...]
मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन
मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक [...]
भारतबाट फर्केर शैलुन व्यवसायमा कुँवर दम्पती
गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गर्नुभएको छ । आजभन्दा आठ वर्ष [...]

International
कम्बोडियाको निर्वाचन निकायद्वारा जुलाईमा हुने आमनिर्वाचनका
कम्बोडियाको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जुलाईमा हुने आम निर्वाचनका लागि प्रमुख विपक्षी दललाई मान्यता दिन अस्वीकार कम्बोडियाको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जुलाईमा हुने आम निर्वाचनका लागि प्रमुख विपक्षी [...]
इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह
इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनु भएको छ । उहाँले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख [...]
अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह
अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग [...]
उत्तर प्रदेशमा चालीस बाँदर मृत फेला
भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला [...]

Opinion & Analysis
पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या> हेमन्त खबर
अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको [...]
असारे झरीले किसानलाई राहत
पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका [...]
पुल निर्माणमा ढिलाइ
पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत वैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई [...]












