
गैँडा मर्न थालेपछि उच्च सतर्कता
चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो । निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका [...]
भवन भत्कँदा सोह्र जनाको मृत्यु
सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् [...]
प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको [...]
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उहाँले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको राससलाई जानकारी दिनुभयो [...]
प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो [...]
उपसभामुख राना राजनीतिक र सा¬ङ्गठनिक जिम्मेवारीबाट अलग
प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट [...]
सेताम्मे हिमाल कालो देखिन थाले’
केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो । हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेशी पर्यटकको घुइँचोनै लाग्ने गर्दथ्यो तर जलवायु परिवर्तनका कारण चाँदीझैँ टल्किने हिमाल कालो देखिन थालेका छन् जसकारण पर्यटकीय गन्तव्यको रुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु, [...]
सडकको पहुँचसँगै फेरियो जीवनशैली
सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ । दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो । सडकको पहँुच विस्तार भएपछि स्थानीयमा व्यावसायिक धाराणाकोसमेत विकास भएको [...]
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद [...]
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिँदै
पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भए तापनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन [...]
रानी जमरा कुलरिया सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र [...]
अझै सम्पन्न भएन गोदावरी सडक
निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन । उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । हात्तीबन [...]
वन्यजन्तु आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान
बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क [...]
चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा [...]
सीपले बदलिदिएको महिलाको दैनिकी
चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफँै कमाउन सक्ने बनेका छन् । आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ [...]
‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू
बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । [...]
काँगेलडाँडा विमानस्थल प्रयोगहीन
सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ [...]
फ्रान्सेली सेनालाई देश छाड्न बुर्किनाफासोको अनुरोध
बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ । एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी समाचार समिति एआइबीले जनाएको छ । गत बुधबार सरकारले २०१८ [...]
क्यालिफोर्निया गोलीकाण्ड: दश जना मारिए
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् । स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले [...]
अलेप्पोमा भवन भत्कँदा तेह्र जनाको मृत्यु
यहाँस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास थियो । भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । गृह [...]
ब्राजिलमा भएको ‘विद्रोह नियन्त्रण गर्न असफल’ सेना प्रमुख बर्खास्त
ब्रालिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको आदेशमा ब्राजिलियाली सेनाका जनरल जुलियो सेजर [...]
राष्ट्रपतिको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद
सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् । राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको [...]
तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन
कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् । चीनको ग्वाङडोङ प्रान्तको [...]
एक सातामा तेह्र हजार जनाको मृत्यु
चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको [...]
त्रियानब्बेऔँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिबाह
अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो । गत शुक्रबार उहाँले विवाह गर्नुभएको हो । शनिबारसम्ममा ५३ [...]
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले झापा क्षेत्र नं ३ को [...]
सुस्ता बचाउ अभियानका संयोजक गुरुङको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग
भारतीय पक्षद्वारा नेपाली अतिक्रमित भूमि संरक्षणका लागि लामो समयदेखि सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको सबै जिम्मा सरकारले लिनुपर्ने माग गरिएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन [...]
रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो
रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर [...]
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उहाँहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडाँैबाट पोखरा [...]
नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव
नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल [...]
देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “नेपालमा विसं २००७, २०१७ साल [...]
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उहाँहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडाँैबाट पोखरा [...]
नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव
नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल [...]
स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश
मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । दुवै [...]
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री [...]
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका [...]
कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’
वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए । पाँच स्वर्णसहित [...]
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका [...]
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत
नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको छ । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा [...]
कोभिड १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने
जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिनु भएको सीएनएन समाचार समितिले जनाएको छ । किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताउनु भएको छ । जापानमा अझै [...]
इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या
वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको [...]
कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै [...]
होटल हब बन्दै बाँके
पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार [...]
तरकारी सङ्कलन केन्द्रबाट किसानलाई लाभ
डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित [...]
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत
नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको छ । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा [...]
कमजोर पूर्वाधार,अस्थिर नीति
अहिले विद्युतीय सवारी बिक्रेता आफै र सरकारीस्तरबाट नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरिरहेको भए पनि त्यो पर्याप्त नभएको नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष ध्रुव थापा बताउनुहुन्छ । सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेशनलगायतका पूर्वाधार निर्माण र मर्मत सम्भारका लागि [...]
बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या
विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधानको प्रयोग [...]
मेरो यात्रा’ कविता सङ्ग्रह लोकार्पण
मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । लोकार्पित कृतिमा डा दीपकप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको [...]
जसले गरे एक सय पटक रक्तदान
‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गर्नुभएको छ । एक सय औँ पटकको रक्तदानपछि रक्तदाता गिरीले भन्नुभयो, “रगत दिन आफू पनि स्वस्थ [...]
प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका ९आन्मा०को सहयोगमा सङ्कलन गरिएको सहयोग [...]
मुख्यमन्त्री कार्कीद्वारा शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका [...]
पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी
सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनले पढाइ खर्च [...]
महिलाको सङ्घर्ष र साहसको कथामा ‘देउराली डाँडी’
वान वल्र्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ । [...]
विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा : अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले विप्रेषणलाई वैधानिक [...]
जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने
मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको [...]
ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर [...]
दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव
पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा [...]
बाल संरक्षण योजना बनाउँदै डोटीका स्थानीय तह
बाल संरक्षण योजना निर्माणका लागि डोटीका स्थानीय तह लागिपरेका छन् । दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षीय रणनीति योजना नगरभित्र रहेका बालबालिकाको वास्तविक समस्या एवं सवाललाई सम्बोधन [...]
रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी
रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र [...]
कावासोतीमा सामूहिक आलु खेती
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती [...]
गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै [...]
उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने
नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर [...]
मजदुरीका भरमा सीमा क्षेत्रका बासिन्दा
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आउनुभएको छ । उहाँलाई थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ । सहज जीवनयापनको खोजीमा उहाँ तराई झर्नुभएको हो । श्रीमती, छोरी र [...]
उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने
नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर [...]
विष्णु गाउँपालिकाको बजेट छ महिनापछि पारित
सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ [...]
पोखरा हवाई दुर्घटना :अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका [...]
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान
नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गर्नुभएको छ । कार्यक्रममा राष्ट्रपति [...]
प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । छिन्चुबाट [...]
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका-७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो । उहाँले [...]
अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु
जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् । [...]
स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा
बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने [...]
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । कोभिड १९ [...]
सोनाम ल्होसार पर्व मनाइँदै
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश [...]
सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई [...]
रुकुमगाड जलविद्युत् : काम सकियो, पीक्षण बाँकी
रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती [...]
आचार्य स्मृति पत्रकारिता’ पुरस्कार राससकर्मी न्यौपानेलाई
रामकृष्ण आचार्य स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘आचार्य स्मृति पत्रकारिता’ पुरस्कार यसवर्ष राससका रसुवा जिल्ला समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई अर्पण गरिएको छ । रसुवा जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥यावापत उहाँलाई रु ११ हजार एक सय ११ राशिको सो पुरस्कार प्रदान गरिएको हो [...]
उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन । “आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा [...]
बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै ‘सोनाम ल्होसार’ तामाङ [...]
आँगनमा धारा छ, पानी छैन
बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुहुन्छ । “आँगनमा धारा भए पनि पानी आउँदैन”, उहाँले भन्नुभयो, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट [...]
धनकुटा कफी’ बजारमा
डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ [...]

International
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख [...]
केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने
केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार [...]
तुर्किएको चुनावमा उच्च मतदान “लोकतन्त्रको जित” इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई "लोकतन्त्रको विजयको सङ्केत" भएको बताउँनु भएको छ। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी [...]
म्यानमामा आएको मोचा आँधीका कारण ५ जनाको मृत्यु
म्यानमामा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिनु भएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम [...]

Opinion & Analysis
एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड [...]
पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने
पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ । विसं २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै [...]
अनुदानले उद्यमी बन्दै किसान
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् । कूल लगानीको २० प्रतिशत सहकारी÷समूह वा [...]












