
अनुदान उपलब्ध गराउँदै म्याग्दे
व्यावसायिकरूपमा पशुपालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्नका लागि तनहुँको म्याग्दे गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि रु तीन लाख ५० हजार, च्यापकटर वितरणका लागि रु एक लाख, [...]
बचत रकम फिर्ता गर्न माग
लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको रु सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ । आफूहरूको बचत रकम फिर्ता [...]
कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै
सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ । गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ । त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ [...]
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल
मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको [...]
नेकपा एसको प्रथम जिल्ला सम्मेलन चैत ४ मा
नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ । सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम्मेलनको मिति तय गरेको हो । सम्मेलन अगाडि जिल्लाभर विभिन्न कार्यक्रम गर्ने बैठकले निर्णय गरेको [...]
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने
सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहँुदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हँुदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल [...]
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय [...]
अफगानिस्तानमा शीतलहरका कारण १०० जना भन्दा बढीको मृत्यु
अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घरहरू क्षतिग्रस्त भएका छन्, तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका [...]
माल्दिभ्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतको उम्मेदवारीलाई समर्थन गर्ने
माल्दिभ्सले सन् २०२८-२०२९ को अवधिका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भारतको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सन् २०२७ जुनमा संयुक्त राष्ट्रसंघ महासभाको पहिलो सत्रमा त्यसबारे निर्वाचन हुनेछ। भारतलाई समर्थन गर्ने निर्णय विदेशमन्त्री एस जयशंकरको जनवरी [...]
चीनद्वारा शीतलहरको चेतावनी जारी
चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै सम्भावित शीतलहर आउँने भन्दै चेतावनी जारी गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तरपूर्वी चीनका केही भागहरू, याङ्त्जे [...]
वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका [...]
अपराधको चरित्रमा देखिने बहुआयामिक फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ । । बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक [...]
जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा [...]
पौडेलको सपना पूरा गर्ने जिम्मेवारी बाँचेकाको काँधमा’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकार त्रिभुवन पौडेलका बाँकी सपना पूरा गर्ने दायित्व बाँचेकाहरूको काँधमा आएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले आज स्व पौडेलको [...]
मृतकका परिवारद्वारा जनकपुरधाममा प्रदर्शन
अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्बन्धी सम्पूर्ण जानकारी धनुषा प्रहरीलाई गराएको तर आइतबार प्रहरीले आफूहरू विरुद्व [...]
अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर
किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि [...]
आयोगद्वारा समझदारीपत्रमा हस्ताक्षर
राष्ट्रिय मानव अधिकार आयोेगले महिलाको मानव अधिकार संरक्षणार्थ युएनवुमन र युएनएफपीएसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आयोगका कामु सचिव मुरारीप्रसाद खरेल र युएनवुमनका तर्फबाट प्रमुख नाभानिता सिन्हा एवं युएनएफपीएका तर्फबाट प्रमुख वन योङ हगले आज आयोगमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा [...]
पूँजीगत खर्च बढाउन उपप्रधानमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा उहाँले पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको [...]
शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’
प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ । मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गर्नु भएको हो । [...]
पाउँदै नपाएको उपाधि देखाएपछि …
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज [...]
बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा : मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताउनुभयो । “बाँकेमा [...]
स्याउ बिरुवा काँटछाँट गर्न सिकाउँदै कृषि प्रविधिक
जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम दिएर बिरुवा काँटछाँटबारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक [...]
विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिनुभयो । उहाँले भन्नुभयो, “मैले [...]
विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो
पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको [...]
विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो
पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको [...]
विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको [...]
हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, [...]
पल्सर स्पोर्ट्स अवार्ड फागुनमा
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ । नेपाली खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने उक्त अवार्ड कार्यक्रम आगामी फागुन २३ गते हुने आयोजक मञ्चका [...]
समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजार आयोजना प्रस्ताव
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजारभन्दा बढी प्रस्ताव परेका छन् । सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि राष्ट्रिय योजना [...]
दश बुँदे घोषणापत्र जारी गर्दै सकियो साना तथा मझौला उद्यम सम्मेलन
नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौँमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना [...]
कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने [...]
प्रमको मुख्य सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुख्य सल्लाहकारमा हरिबोलप्रसाद गजुरेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही माघ ४ गतेको बैठकले मन्त्रिस्तरको मर्यादा र सुविधा पाउनेगरी गजुरेललाई मुख्य सल्लाहकार पदमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । नेकपा (माओवादी [...]
उपसभामुख रानाद्वारा पदबहाली
नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सिंहदरबार आएर पदबहाली गर्नुभएको हो । उहाँलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत [...]
क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते
दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा [...]
वुहान सहर कोभिड–१९ सँग डराउँदैन
कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण रहस्यमय भाइरस भएको जनाएका छन् । जनवरी २०२० मा बेइजिङले वुहानलाई प्रकोपलाई कम गर्नका [...]
कहिले चढ्न पाइएला धरहरा ?
साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ [...]
इजिप्टका वकिलहरुको हडताल अन्त्य
इजिप्टियन बार एसोसिएसनका सदस्यहरूले आइतवार छ जना सहकर्मीहरुलाई जेल हालेको विरोधमा आयोजित एक दिन लामो हडताल फिर्ता लिएका एक विज्ञप्तिमार्फत जनाएको छ । यस महिनाको सुरुमा अदालतमा झगडा गरेकोमा आफ्ना सहकर्मीहरुलाई दुई वर्षको जेल सजायको निन्दा गर्न सङ्घले बिहीबार खुला [...]
पाकिस्तानभरी विद्युत अवरुद्ध
पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले [...]
कोलम्बिया सरकार र विद्रोही समूहको शान्तिवार्ताको स्वागत
कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना हुने भनिएको शान्ति वार्ताको यहाँका विद्रोही समूहले स्वागत गरेका छन् । कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग आगामी [...]
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी सङ्कटको समाधानका लागि सहयोगका लागि आग्रह [...]
निगमको जहाज आउँदा खुसी हुन्थेँ, फर्केर जाँदा रुन्थेँ’
लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ”, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक हुनुभयो । [...]
निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत [...]
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज [...]
रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल [...]
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक [...]
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक [...]
प्रमुख सचेतकमा राई
प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा(१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त हुनुभएको नेपाली कांग्रेस संसदीय [...]
न्यायिक समितिलाई कानुनी अड्चन
स्थानीय तहमा गठित न्यायिक समितिलाई कानुनी जटिलता र जनशक्ति अभावका कारण काम गर्न समस्या भएको छ । गाउँपालिका उपाध्यक्ष एवम् नगरपालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा कानुन र जनशक्तिको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको हो । युएनडिपी र जिल्ला समन्वय [...]
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति
दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित [...]
धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके
बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागि [...]
केशोर र बयरको बजार बढ्दै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा [...]
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते
म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । [...]
स्वास्थ्य चौकीमै छैन सिटामोल
जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा [...]
निर्यात प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले यसका लागि उद्योग, वाणिज्य [...]
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो
भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका [...]
बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन
बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर रु दुई लाख आम्दानी गर्नुभयो । उहाँले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो । अहिले जैमिनी नगरपालिका–१० राङ्खानीका [...]
भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुग्नुभएका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात [...]
समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने कांग्रेसको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो [...]
झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार
झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण [...]
पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा [...]
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइयो
गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला [...]
शिक्षा र साहित्य क्षेत्रमा योगदान पुरायाउने व्यक्ति सम्मानित
विराटनगरस्थित जेनिथ इन्टरनेसनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुरायाउने व्यक्तिलाई आज सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुरायाएबापत सम्मान गरिएको हो । सम्मानित हुनेमा शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुङ्गेल र डा विमला [...]
सोनाह परिवार: पक्की घरमा बस्ने सपनामा अधुरै
कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ । हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, १३ र १७ मा बसोबास रहेका सोनाह परिवारको आर्थिक [...]
योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । [...]
दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो [...]
त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व पौडेलको स्मृतिमा रू १० लाखको अक्षयकोष स्थापना गर्ने [...]
उपल्लाचौरमा आइपिएम किसान पाठशाला
बेनी नगरपालिका–१उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको हो । समूहका अध्यक्ष अस्मिता बोगटीले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक [...]
जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै [...]
मनाङमा विकास निर्माणका कार्य प्रभावित
विकास निर्माण प्रभावित भएका छन् । जाडो याम सुरु भएलगत्तै मानवीय चहलपहल घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माण गर्न सकिने अवस्था नरहने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । उहाँका [...]
गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँट टुङ्गिँदै
गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताउनुभयो । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने [...]
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
लामो समयसम्म हिउँदे वर्षा नभएपछि डोटीमा हिउँदेबाली (गहुँ, जौ, मुसुरो) लगायत नगदे बाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यसवर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, मुसुरो, हिउँदे तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको बडीकेदार गाउँपालिका–५ का किसान टङ्क रम्तेलले [...]
लोप हुँदै पञ्चेबाजा
गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्की [...]
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार योजना [...]
उर्लाबारी प्रादेशिक महोत्सवमा चार देश सहभागी हुने
मोरङको उर्लाबारीमा माघ २१ मा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी भइरहेको र हालसम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी दिनुभयो । उत्पादक र उपभोक्ताबीच सुमधुरसम्बन्ध [...]
पाँच वर्षमा शुक्लाफाँटा नगरपालिकाले पाँच जनालाई चिकित्सक बनाउने
पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो । प्रत्येक वर्ष एक÷एकजनाका दरले पाँच [...]
वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै
यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान [...]
दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशाँैं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यसवर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् [...]
मेलम्ची बाढीपहिराको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै
मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ । मेलम्ची खानेपानी आयोजनाको प्रारम्भस्थल हेलम्बुको अम्बाथानदेखि मेलम्ची बजारसम्मको नदी क्षेत्र ढुङ्गा, [...]
चिसोका कारण विकास र निर्माणमा समस्या
भौगोलिक विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणकामा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाईभन्दा बढी समय निर्माणकार्य गर्न [...]
स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार [...]

International
आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) [...]
दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खोल्दै
दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय [...]
लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त
स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ [...]
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान [...]

Opinion & Analysis
खानीगाउँमा घरैपिच्छे बाख्रापालन
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि [...]
२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग
नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक [...]
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो [...]












