
प्रतिनिधिसभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
०५ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल [...]
भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु
०५ वैशाख, काठमाडाैं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको [...]
काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने
०५ वैशाख, काठमाडाैं । पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो । पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहनुभएका व्यक्तिको सक्रियतामा जिल्लाको [...]
हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर
०५ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा [...]
गण्डकीको बेरुजु दुई अर्ब बढी
०५ वैशाख, काठमाडाैं । गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक [...]
दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा
०५ वैशाख, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले [...]
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
०५ वैशाख, काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै [...]
गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग
०५ वैशाख, बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । श्रीमान्द्वारा गत माघ १५ गते पेट्रोल छर्किएर आगो लगाइएकी गङ्गा विकलाई कोहलपुर नगरपालिकाले रु ५० हजार रकम सहयोग गरेको हो । [...]
एक आरोहीको मृत्यु, एकको जीवित उद्धार
०५ वैशाख, म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात [...]
दैलेखका सबै विद्यालयमा पाठ्यपुस्तक
०५ वैशाख, दैलेख । कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय [...]
एलडिसी स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीबारे कार्यशाला सुरु
०५ वैशाख, काठमाडाैं । नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । ‘अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोगको समन्वयमा [...]
गाउँमा सूचना पाउन अझै कटुवालकै भर
०५ वैशाख, लमजुङ । लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर [...]
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
०५ वैशाख, पाेखरा । तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र [...]
ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर
०५ वैशाख, ढाेरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन [...]
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन
०५ वैशाख, काठमाडाैं । निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल [...]
एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
०५ वैशाख, काठमाडाैं । काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० [...]
आलेख : इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
०५ वैशाख, म्याग्दी । सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरु इतिहासकै गर्भमा तुहिएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने [...]
अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस
०५ वैशाख, काठमाडाैं । नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ [...]
सङ्कटमा परेका वन्यजन्तुको उद्धार
०५ वैशाख, बाँके । बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजनाअधिकृत [...]
दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश
०५ वैशाख, म्याग्दी । खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर [...]
टावरकै सास्ती
०५ वैशाख, जुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । सो क्षेत्रमा [...]
दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित
०५ वैशाख, काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सभाले प्राज्ञहरूको कार्यविभाजन र विभाग गठन गर्नेसम्बन्धी परिषद्बाट भएका निर्णय पनि अनुमोदन [...]
चामल मिलको भवन भत्किँदा…
हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । [...]
सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा [...]
सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र [...]
इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
०५ वैशाख, महाेत्तरी । खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् [...]
विचार : चलायमान अर्थतन्त्रका सार्थक प्रयास
०५ वैशाख, काठमाडाैं । नयाँ वर्ष प्रारम्भ भएसँगै पुरानो वर्षका कतिपय चुनौतीहरु भने नयाँवर्षमा सरेर आएका छन् । शिथिल भएको अर्थतन्त्र बौरिएको छैन । पूँजीगत खर्चको अवस्था कमजोर हुँदा बजारको शिथिलतामा त्राण नआएको तर्कसमेत प्रस्तुत भइरहेका छन् । तीनवटा निर्वाचन [...]
चामल मिलको भवन भत्किँदा…
०५ वैशाख, काठमाडाैं । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय [...]
दाङमा यस वर्ष मह उत्पादनमा कमी
०५ वैशाख, दाङ । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ [...]
डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती
०५ वैशाख, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा [...]
गायक शेर्पा भन्नुहुन्छ ‘गायनमा निरन्तरता नै सफलता हो’
०५ वैशाख, काठमाडाैं । रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आउनुभएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताउनुभयो । प्रतियोगीलाई उहाँको [...]
भार मापन गर्न आनाकानी
०५ वैशाख, काभ्रेपलाञ्चाेक । मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ । प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर [...]
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक
०५ वैशाख, बागलुङ । बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो । जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई वितरण गर्न थालिएको छ । जिल्लाका [...]
सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते
०५ वैशाख, काठमाडाैं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी [...]
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
०५ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आजदेखि यहाँ [...]
राष्ट्रियसभाको बैठक स्थगित
०५ वैशाख, काठमाडाैं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो । बैठक अर्को सूचनाबाट [...]
सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी
०५ वैशाख, कैलाली । सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको छ । उपमहागरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो [...]
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
०५ वैशाख, दार्जुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी [...]
विदेश यात्रामा जाँदै ‘लेकाली’
०५ वैशाख, पाेखरा । पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ साङ्गीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन [...]
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
०५ बैशाख, भाेजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत [...]
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम [...]
नयाँ प्रविधिमा पुराना चलचित्र
चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका [...]
जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई
कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको [...]
मूल्य पाउन थाल्यो अण्डाले
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० [...]
तातोपानी नाका सञ्चालन गराउन छलफल
तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच [...]
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित
‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गर्नुभएको थियो । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले [...]
पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा
पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तक्र्रिया [...]
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा [...]
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन [...]
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल
तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत [...]
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर [...]
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती [...]
प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु
जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने [...]
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको [...]
आगामी आवका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याइने
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट [...]
वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए : सांसद राणा
नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ । कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि [...]
सरकारी कार्यलय वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण खुलमखुल्ला, सुर्तीजन्य पदार्थको अनुगमनमा छ वटा टोली परिचालन
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको [...]
दलित मुक्ति मोर्चा सङ्घीय व्यवस्थाको मेरुदण्ड : इञ्चार्ज मल्ल
नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै इञ्चार्ज मल्लले वर्ग [...]
समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको [...]
पर्यटन प्रवर्द्धन गर्न आधारभूत माउन्टेन बाइक तालिम
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तीन दिवसीय आधारभूत माउन्टेन बाइक प्रशिक्षण सुरु भएको छ । सङ्खुवासभाको पर्यटन प्रवर्द्धनका साथै साइक्लिङ खेललाई जिल्लाको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने उद्देश्यले बाइक प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ । खाँदबारी नगरपालिका, खाँदबारी युथ क्लब, [...]
सिन्धु हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो
जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ । प्रशासनले आज यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा [...]
भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद
जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले सोमबार विपक्षी नेता भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजायलाई “लज्जास्पद र फासीवादी” भनी निन्दा गरेका छन् । “आज भ्लादिमिर कारा–मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै आक्रोशित छु,” नाभाल्नीले आफ्नो टोलीले जारी गरेको अडियो टिप्पणीमा भनेका [...]
गुजरातमा ट्रेनमा आगलागी
गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ। ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो। सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।रासस
बैङ्ककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते
थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा सो घटना [...]
जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड
विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्। जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख [...]
युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते
युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता [...]
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो । “वर्तमान [...]
मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै
मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्टलगायत विधामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, [...]
सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट
सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट [...]
लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिनुहुने भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको [...]
अन्नपूर्ण हिमालमा आरोही बेपत्ता
म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु [...]
उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । सो [...]
सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा पराजित
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले [...]
प्रत्येक महिना करदातालाई सम्मान
बागलुङ नगरपालिकाले राजश्व सङ्कलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख [...]
राहुघाटको निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ जडान
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ जडानभएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा निर्माणाधिन विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ सोमबार जोडिएको हो [...]
काभ्रेमा बिस्का जात्रा हर्षोल्लासपूर्वक सम्पन्न
नयाँ वर्षको सुरुआतसँगै यहाँको विभिन्न स्थानमा सुरु भएको बिस्का जात्रा (विस्केट जात्रा) आज सम्पन्न भएको छ । गत बिहीबार अर्थात् चैतको अन्तिम दिनदेखि सुरु भएको उक्त जात्रा काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा सुरु भएको थियो । जात्राको अन्तिम दिन [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो । उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको [...]
वायुसेवा निगमले तीन जहाज खरिद गर्ने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने [...]
भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै
भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुनेभएको छ । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा [...]
कोरोना सङ्क्रमित एक जनाको मृत्यु
कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा [...]

International
पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ । [...]
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा सुडानमा सहयोग मिशनको म्यान्डेट विस्तार
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ। सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय [...]
हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए
सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) ले गरेको हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल-शबाबका तीन आतङ्ककारी मारिएको अमेरिकी सेनाले शुक्रबार जनाएको छ। अफ्रिकोमले सोमाली सरकारको अनुरोधमा बिहीबार गरिएको सामूहिक [...]
ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी
ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस - र बालासोरमा मालबाहाक [...]

Opinion & Analysis
“धार्मिक मानिसको हातमा रुद्राक्षको मालैमाला”
२०८१ माघ २७ काठमाडौ । धर्म भन्ने शब्दलाई पहिले पहिले मानव समुदायले कानुनको रूपमा प्रयोग गरेको पाईन्छ । धर्मको बिकसित रुप आज युगमा कानुनलाई पनि लिइन्छ । धर्म भन्ने शब्द [...]
अपराध भनेको के हो ? अपराधको अर्थ के हो ?
२०८१ माघ २६ काठमाडौ ।अपराध शब्दको उत्पत्ति 'ल्याटिन' भाषाको (कृमिन) भन्ने शब्दबाट आएको हो। जसको अर्थ आरोप वा दोष लगाइएको व्यक्ति भन्ने बुझिन्छ। त्यस्तै अपराध शब्द ग्रीक भाषाको 'लोजिया' भन्ने [...]
पुष्प कमल दाहाल प्रचण्डको दुवैईमा ४१ अरव रहेको प्रकाण्डको खुलासा
२०८१ माघ २५ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेत्ता खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड)ले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैईको बैंकमा ४१ अर्व रुपैया राखेको सार्वजनिक [...]












