२०८१ माघ २६ काठमाडौ ।अपराध शब्दको उत्पत्ति ‘ल्याटिन’ भाषाको (कृमिन) भन्ने शब्दबाट आएको हो। जसको अर्थ आरोप वा दोष लगाइएको व्यक्ति भन्ने बुझिन्छ। त्यस्तै अपराध शब्द ग्रीक भाषाको ‘लोजिया’ भन्ने शब्द बाट लिएको हो, जसको प्रयोग कुनै निश्चित विषयको वर्णन एवं अध्ययन गर्नु भन्ने बुझिन्छ ।

फ्रान्सिस्को रोजर्सलाई संसारको पहिलो अपराधीको रुपमा मानिन्छ। उनले (जुन 29,1892) को दिन 27 वर्षको उमेरमा आफ्ना दुइजना बच्चालाई मारेर अपराधीको रुपमा परिचित भएका हुन्। उनलाई औंठा छापको मद्दतले अपराधीको रुपमा परिचित गराएको हो।

अपराधको परिभाषा

अपराध भन्ने शब्द, आफैंमा जटिल शब्द हो र यसलाई सजिलै परिभाषित गर्न सकिँदैन। तर पनि अपराध भन्नाले यस्तो कार्यालय जनाउँदछ, जुन कार्य कानुनद्वारा दण्डनीय हुने र राज्यद्वारा अभियोग लगाउन सकिने भन्ने बुझिन्छ।

अपराधलाई सार्वजनिक हित वा नैतिकता वा राज्यको हितमा हानिकारक मानिने र कानुनी रूपमा निषेध गरिएको हुन्छ। कुनै पनि समाजलाई सभ्य, शान्ति एवं सुव्यवस्थित तरिकाले सञ्चालन गर्नुको लागि अपराधलाई नियन्त्रण गर्नु आवश्यक मानिन्छ। (क्रान्ति)