
बुटवलले सार्वजनिक गर्यो एक वर्षका उपलब्धि
बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि आज सार्वजनिक गरेको हो । नगर प्रमुख खेलराज पाण्डेयले उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै पदभार [...]
कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा [...]
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका [...]
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । [...]
लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको आज ज्ञापनपत्र बुझ्दै उहाँले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । सरकारका [...]
१० हजार किलो पोखरेली जेठोबुढोको बीउ वितरण
पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो [...]
पाँचखालमा बनिनसक्दै पुल भाँचियो
पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् । छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले रु चार करोड ५० लाखमा करिब एक [...]
बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने
थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौँ र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ । थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो । ललितपुर र काठमाडौँ दुवै जिल्लाको मौलिकता [...]
जनमत पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान
डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ [...]
जनप्रतिनिधिसँगै कृषि प्राविधिक किसानका खेतबारीमा
गत साता आएको भीषण असिना पानीले क्षति पुर्याएको खाद्यान्न, तरकारी र फलफूल खेतीको अनुगमन गर्न र किसानका समस्या बुझ्न पश्चिमी म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका छन् । असिनाको मारमा परेका किसानको समस्या बुझ्न मङ्गला र मालिका गाउँपालिकाका [...]
बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने
सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । [...]
राजमार्गको मुख्य नाका क्षेत्रमा सिसी क्यामरा जडान
सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाकासहित बड्डिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डिचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो । राजमार्ग र बजार क्षेत्रमा आठ [...]
कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित
नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ । उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते [...]
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, [...]
भूकम्पको आठ वर्षपछि पुनःनिर्माण गरिँदै हुलाक प्रशिक्षण केन्द्रको भवन
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ । सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ [...]
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई हार्दिक बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई [...]
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट [...]
बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम [...]
बागमतीमा प्रि-बजेटबारे छलफल
बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको छ । बैठकमा मन्त्री लामाले उद्यम प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, [...]
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण [...]
खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र [...]
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिनुभयो । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा [...]
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले [...]
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर [...]
राससले संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी गर्ने
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् । प्रदर्शनी यही जेठ ११ गतेदेखि रासस केन्द्रीय [...]
म्याग्दीको ढकायो विदेशमा कोसेली
म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् [...]
सुझाव सङ्कलन गर्दै स्थानीय तह
नवलपरासी पूर्व नवलपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ । [...]
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व सङ्कलनभन्दा खर्च बढी भएको भन्दै [...]
एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा
जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, [...]
विद्युत् प्राधिकरणको दुई करोड बक्यौता
नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम रु असुल गर्न बाँकी छ । कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी [...]
सिमसार जोगाउन ज्ञापनपत्र
फेवातालको आसपासको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले माग गरेको छ । संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने [...]
छ योजना थप
जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि छ वटा योजना थप भएको छ । बागमती प्रदेस सरकारबाट नुवाकोटका लागि विभिन्न पाँचवटा सिँचाइ र एकवटा बस्ती संरक्षण गर्न थप योजनासहित बजेट प्राप्त भएको उक्त कार्यालयका प्रमुख हरिप्रसाद गुरागार्इंले [...]
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार [...]
वन मन्त्रीमा महतो नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोक्नुभएको छ । राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा [...]
फेरिएको कुश्मिसेरा बजार
एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक÷दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् [...]
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण [...]
सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका [...]
नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक
यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को [...]
छ जना सुरक्षाकर्मी मारिए
पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् । आज बिहान दुई दर्जनभन्दा बढी [...]
सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार
संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य [...]
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् । एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश [...]
युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन
मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी [...]
विगतभन्दा राम्रो नीति तथा कार्यक्रम आएको छ : सांसद शर्मा
०९ जेठ, काठमाडाैं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा [...]
मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह
०९ जेठ, काठमाडाैं । यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “मनसुन [...]
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
०९ जेठ, काठमाडाैं । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता [...]
बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
०९ जेठ, बागलुङ । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पु¥याएको घर बनाउनका लागि [...]
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
०९ जेठ, सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले [...]
नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव
०९ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका [...]
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
०९ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा [...]
नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे
०९ जेठ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गर्नुभयो । प्रतिनिधिसभाको आजको [...]
सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँकोटाको आग्रह
०९ जेठ, काठमाडाैं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र [...]
एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित
०९ जेठ, काठमाडाैं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले कीर्गिस्तानलाई ३–० [...]
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत
०९ जेठ, काठमाडाैं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको [...]
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
०९ जेठ, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ । सांसद्हरुले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न [...]
सुत्केरीको उद्धारका लागि हेलिकप्टर
०९ जेठ, दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना [...]
गणतन्त्र दिवस विशेष : सङ्घीयता कार्यान्वयनका अडचन
०९ जेठ, काठमाडाैं । नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । शताब्दीदेखिको केन्द्रीकृत शासन विकेन्द्रित, सङ्घीयता ढाँचामा रुपान्तरण भएको छ । भारतमा सङ्घीयता कार्यान्वयन भएको देखासिकीबाट नेपालमा पनि नेपाली कांग्रेसले सङ्घीयताका बारेमा २००७ सालदेखि [...]
चार पात्रो स्वीकृतिबिना प्रकाशन
०९ जेठ, काठमाडाैं । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ । समितिले गठन गरेको [...]
महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना
०९ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन [...]
कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा
०९ जेठ, काठमाडाैं । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने [...]
काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता
मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । [...]
न्यायिक समिति संयोजकको दुखेसोः ‘जिम्मेवारी पायौँ, जनशक्ति भएन’
कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गर्नुभयो । न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न सक्रिय रहनुभएकी संयोजक नाथले इजलास कक्ष, कानुनी शाखा [...]
बन्यो चेपाङ सङ्ग्रहालय
गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको [...]
बृहत् यौनिकता शिक्षासम्बन्धी सम्मेलन हुँदै
‘दिगो विकास लक्ष्य २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै’ भन्ने नाराका साथ बृहत् यौनिकता शिक्षासम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन यही जेठ १० र ११ गते काठमाडौँमा आयोजना हुने भएको छ । सन्् १९९४ मा सम्पन्न जनसङ्ख्या तथा विकास विषयक [...]
इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने विरुद्ध मुद्दा दायर
गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा [...]
सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराउनुभएको थियो [...]
ज्याःपुन्ही : यौनिकता दर्शाउने पनौती हिलेजात्रा
“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम [...]
बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र
बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण [...]
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको [...]
पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान [...]
यस्तो आजको मौसम
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको [...]
हराउँदै सनपाट खेती
पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती अब जिल्लामा [...]
सुकौरा’ ओझेलमा
तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । त्यो बाहेक अन्य कुनै पनि [...]
हावाहुरीले कागती खेती नष्ट
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय [...]
कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण
मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको [...]
द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको [...]
युक्रेनद्वारा रुसको दाबी अस्वीकार
मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । "युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।," युक्रेनी राष्ट्रपतिका [...]
प्रधानमन्त्री मोदी अल्बानीजसँग वार्ता गर्न सिड्नीमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आइपुग्नु भएको छ । सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय [...]
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइयो
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज मे २२ तारिखका दिन नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । यो दिवस सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि प्रत्येक वर्ष मे २२ तारिखका दिन मनाइँदै आएको छ [...]
जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका [...]
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित
राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ । आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ । [...]

International
इस्तानबुलमा ९६ जना अवैध आप्रवासी पक्राउ
टर्की प्रहरीले इस्तानबुलबाट ९६ जना अबैध आप्रवासीहरूलाई पक्राउ गरेको छ । इहलास समाचार एजेन्सीले जनाएअनुसार "गैरकानूनी आप्रवासी रहेका घरहरू" भनी विश्वास गरिएको ठेगानाहरूलाई लक्षित गर्दै प्रहरीले इस्तानबुलमा छापा मार्दा ती [...]
आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल [...]
छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध : अध्ययन
लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ [...]
बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता
माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेभएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुनुहुन्छ । विश्वका [...]

Opinion & Analysis
निर्वाचनको वातावरण नबिगार्न गृह मन्त्रालयको अनुरोध
२०८२ कात्तिक ८ नेपाल । जेन-जी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको र सोही अनुसार सरकारले [...]
नर्सहरुको आन्दोलन प्रती नेपाल विद्यार्थी संघले पुर्ण ऐक्यबद्धता जनाएको छ
२०८२ कात्तिक ८ नेपाल । देशव्यापी आन्दोलनरत सेवामुखी नर्सहरू, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलबवृद्धि तथा न्यायोचित मागप्रति नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ् [...]
निष्पक्ष निर्वाचन र संविधानको रक्षा हुनुपर्छ :कांग्रेस महामन्त्री गगन कुमार थापा
२०८२ कात्तिक ५ नेपाल । ´नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू, जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट [...]












