
उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम [...]
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त
संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने शर्त अघि सारेको छ । साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको [...]
अत्यधिक गर्मीले जनजीवन प्रभावित
धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न [...]
भ्याट फिर्ता गर्न नाट्टाको माग
नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०÷८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश [...]
यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव
गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘वित्तीय सङ्घीयता र अन्तरसरकार सम्बन्ध’ विषयक संवाद कार्यक्रममा उहाँहरूले स्रोतमा आधारित [...]
रसुवामा निर्वाचनसम्बन्धी सुझाव सङ्कलन
विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, [...]
तीन हजार दुई सय बिघा जग्गा सिञ्चित
चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो [...]
बलेवा विमानस्थल : जहाज चढ्न पाइने टुङ्गो छैन
बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार [...]
जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच [...]
दन्त क्लिनिक दर्ताबिना सञ्चालन
सत्र वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गर्नुभयोे । प्रक्रिया पूरा गर्न उहाँ दर्ताका लागि कयौँ ठाउँ धाउनुभयो । [...]
बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म
सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड [...]
झापामा गर्मी बढेपछि विद्यालय बन्द
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले [...]
छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० [...]
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट [...]
तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे [...]
प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीमा भव्य स्वागत
भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री दाहाल बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनुभयो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति [...]
प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै
भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री [...]
भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग
पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो । नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को [...]
आज विश्व दूध दिवस मनाइँदै
आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी [...]
रोजगार मेला सम्पन्न
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा मङ्गलबार र बुधबार आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा [...]
सांसद पौडेलको प्रस्ताव सर्वसम्मत स्वीकृत
बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो । बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायत नेपालका भूभाग [...]
युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताउनुभएको छ । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि [...]
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् । असीको दशकमा भेटिएका ती जीवाश्म [...]
जासुसी उपग्रह प्रक्षेपणको निन्दा
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का [...]
काजाकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै
काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् । काजाकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको अन्तरधार्मिक [...]
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए०ले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठसिक्दै [...]
फिलिपिन्समा रेडियो पत्रकारको हत्या
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल [...]
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो । मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र [...]
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली [...]
संयुक्त राष्ट्रसङ्घको आगामी साधारणसभामा नेपालको उपस्थितिबारे छलफल
संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । आवासीय संयोजक हान्ना र उपाध्यक्ष डा श्रेष्ठबीच आज यहाँ भएको भेटमा आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालको [...]
मछिन्द्रले सातदोबाटोलाई हरायो
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा [...]
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई रु ५० हजारका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो । पुरस्कृत [...]
रासस तस्बिर प्रदर्शनी जेठ २४ सम्म सञ्चालन हुने
गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ २४ गते बुधबारसम्म सञ्चालन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच [...]
नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक [...]
प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय [...]
परम्परागत खेती छाडेर कफी खेतीमा
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् । तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ [...]
अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन [...]
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ [...]
डोटीमा वर्षे रोपाइँ सुरु
डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो । खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान [...]
पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता [...]
पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको छ । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी [...]
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट
सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ । [...]
ललितपुरका महानगरप्रमुखद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालय परिसरमा राखिएका तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुहुदै उहाँले तस्बिरले [...]
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार [...]
नागरिकता विधेयकप्रति एमालेको आलोचना
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले [...]
लेखा समितिमा १२१ उजुरी
सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् । लेखा समितिको आजको बैठकमा समितिका [...]
गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर
गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका [...]
राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’
बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उहाँ दुईपटक मात्र घर आउनुभयो । यही बीचमा उहाँका दुई छोरा जन्मिएका छन् । सुत्केरी हुँदा सुनारले श्रीमान्को माया र साथ पाउनुभएन । सुत्केरी व्यथा [...]
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई विमानस्थलको [...]
बागमती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै
बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले [...]
भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता
सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि पुनःनिर्माणको सुनिश्चिता भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख [...]
आलेख : वर्षौंपछि हात लाग्यो पुर्जा
रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैंकबाट ऋण झिक्न नपाउँदा उहाँका धेरै योजना र इच्छा विलीन हुन पुगे । घरघडेरी किनेको करिब ३८ वर्षपछि हातमा पुर्जा पाउँदा [...]
मेलम्चीको पानी काठमाडौँ पठाइयो
मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार [...]
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गर्नुभएको छ । कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट [...]
पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे
लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको [...]
पाटा अवार्डबाट विभिन्न व्यक्ति सम्मानित
पोखरामा जारी एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ को अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । कार्यक्रममा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपाल पर्यटन बोर्डका कार्यकारी [...]
बिक्री हुन छाडे माटाका भाँडा
बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गर्नुभयो । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उहाँले यो व्यवसायनै छोड्नुभयो । उहाँले भन्नुभयो ,“अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला [...]
गौधाम टिकाउनै समस्या
स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवम् आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् । गोठाला खर्च, गाईका [...]
पूर्वमन्त्री कार्कीद्वारा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं (नेकपा माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित तस्बिर [...]
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, [...]
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको प्रवक्ता [...]
आज सुर्तीजन्य पदार्थरहित दिवस
‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिडियो सन्देश जारी गर्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न सबैमा अनुरोध गर्नुभएको [...]
काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरु
१७ जेठ, बलेवा । लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजनाको परीक्षण सुरु भएको छ । गत आइतबारदेखि निर्माण व्यवसायीले काठेखोलाको पानी शुद्धिकरणस्थल र शुद्धिकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी [...]
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २८ कम्पनी कालोसूचीमा
१७ जेठ, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखेको [...]
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
१७ जेठ, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी [...]
आलेख: सङ्घीय व्यवस्था राम्रो तर अभ्यास गलत
१७ जेठ, कर्णाली । मुलुक सङ्घीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन समाजको अवस्था निकै जटिल एवम् कष्टकर थियो । पूर्वाधारका सबै संरचना बनिसकेका थिएनन् । बनेका संरचनाबाट पनि नागरिकले अपेक्षाकृत सेवा लिन पाएका [...]
चितवनमा खोज र खोप अभियान
१७ जेठ, चितवन । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो । वैशाख महिनालाई [...]
मठमा तुलसीको दल राखियो
१७ जेठ, काठमाडाैं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरका मठमा तुलसीको [...]
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
१७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले [...]
घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न
१७ जेठ, बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । डिलाशैनी गाउँपालिकाका अध्यक्ष [...]
दुर्घटनामा बालकको मृत्यु
१७ जेठ, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका [...]
बागमती प्रदेशसभा बैठक आज बस्दै
१७ जेठ, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक [...]
महिलालाई काममा सघाउन परिवारसित छलफल
१७ जेठ, टिकापुर । घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा आएपछि घरायसी कामको तालमेल मिलाउन कठिन भएका बेला कैलालीको टीकापुरमा [...]
असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवादबारे कूटनीतिक माध्यमबाट समस्या [...]
पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन
‘हिँड्नै पर्छ माथि र तल चिन्नै पर्छ सुन हो कि पित्तल खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई देशको इज्जत स्वाभिमान फाल्नेलाई...’ मङ्गलबार पोखराको पृथ्वीचोकमा यसरी सुनिनुभयो, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित धातुबारे संसद्सम्मै उठेको विवाद निरुपण हुनुपर्ने आशयको रचनासहित उहाँले आफूलाई [...]
डायलायसिस सेवा पुनः सञ्चालनमा
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये [...]
विचारः भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार [...]
पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण
काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ । सोमबार संसद्मा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको उक्त ग्रामलाई महिला उद्योग ग्राम [...]
झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी
अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका [...]
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त [...]

International
दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु,हेमन्त खबर
दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन [...]
रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु, हेमन्त खबर
रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको [...]
महिला कारागारमा दङ्गा हुँदा एकचालीस कैदीको मृत्यु> हेमन्त खबर
८० असार ६ काठमाडौ । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा [...]
चार जनाको गोली हानी हत्या, हेमन्त खबर
इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन् । ‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको [...]

Opinion & Analysis
नर्सहरुको आन्दोलन प्रती नेपाल विद्यार्थी संघले पुर्ण ऐक्यबद्धता जनाएको छ
२०८२ कात्तिक ८ नेपाल । देशव्यापी आन्दोलनरत सेवामुखी नर्सहरू, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलबवृद्धि तथा न्यायोचित मागप्रति नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ् [...]
निष्पक्ष निर्वाचन र संविधानको रक्षा हुनुपर्छ :कांग्रेस महामन्त्री गगन कुमार थापा
२०८२ कात्तिक ५ नेपाल । ´नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू, जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट [...]
नेपाली कांग्रेसको अपिल: ´संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं`
२०८२ कात्तिक ५ नेपाल । नेपाली कांग्रेसका दुई महामन्त्री बिश्वप्रकाश सर्मा र गगन कुमार थापाले संयुक्त रुपले हस्ताक्षर गरेर जेनजी प्रदर्शनलाई सम्बोधन गर्दै ´संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं` [...]












