२०८० फागुन १० काठमाडौं । सेयर बजार नेप्से सूचक आज २०.७६ विन्दुले घटेर २००५.८३ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । समग्रमा सवै कम्पनीको सेयर भाउ घटेको छ ।

सेयर बजार निरन्तर घटेपछि सेयर लगानकर्ता अतालिन थालेका छन भने केही सर्चित लगानीकर्ता यसो भन्छन। ´सेयर मार्केटलाई झार्न केही नियोजित व्यक्तिहरुको साथ लिदै, माफियाहरुको साथ लिदै, मार्केटलाई झारेर त्यसबाट फाईदा लिने कोसिस गरिरहेका हुन्छन् ।` ´ हामीले जब उनिहरुलाई बिफल गर्न खोज्छौ उनिहरुले एउटा् ग्याङनै बनाएर केही मिडिया हाउस, केही ग्याङ मिलेर पुजिबजारको समृद्धि चाहने एउटा् व्यक्तिको चरीत्र लाई धुमिल गरेर सेवा मार्केट झार्ने काम गरेका छन ।`जस्ता भनाई सेयर बजारका केही सर्चित पुराना सेयर लगानीकर्ताको आरोप रहेको छ`

“यतिबेला सेयर बजार नेप्से घट्ने कुनै आधार कारण परिस्थिति नदेखीए पनि सेयर लगानीकर्ता किन डराएका छन ? खास कारण पत्ता लागेको छैन । सेयर लगानीकर्ता ‘पर्ख र हेर’कै रणनीतिमा रहेको देखिन्छन् । बैंक ब्याजदर घटनु, बिदेशी मुन्द्रा संचितिदर बढ्नु, तरलता बढ्नु, ७२ सालको भुकम्पबाट पुगेको भौत्तिक संरचनको क्षेती पुननिर्माण हुनु र कोभिडबाट भएको आर्थिक क्षेती पुर्ताल हुनु, आर्थीक अवस्था सकारात्मक लयमा हुनु, गभर्नरको विशेष सम्बोधन, बर्तमान अर्थमन्त्रीले नेपालको आर्थिक वृद्धिदर धेरै राम्रो बनाउन आफुले ठूलो योगदान गरेको अभिव्यक्ति सार्वजनिक रुपले व्यक्त गर्नु, नेपालको गरिवीदर घटेको रिपोर्ट सार्वजनिक हुनु, सेयर बजारको लागि अत्यन्तै राम्रो सकारात्मक पक्ष हुन ।”

यतिबेला केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा सार्वजनिक रुपले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्थालाई मुल्यांकन गरेर हेर्दा समग्र सवै बैंकिङ क्षेत्र सक्षम र सवल रहेकोे बताएका छन । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित रुपले निगरानी अनुगमन गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको छ भन्दै सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले विशेष अनुरोध गर्दै नेपालको आर्थिक अवस्था निक्कै राम्रो हुँदै गईरहेको छ भन्दै निर्धक्क हुन समेत विशेष अनुरोध गरेका छन् । गभर्नर द्वारा बिशेष सम्बोधन गर्दै व्यक्त गरेको भनाई सेयर बजार र सेयर लगानीकर्ताको लागि अत्यन्तै सकारात्मक सन्देश पनि हो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]