कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभयो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर [...]

इच्छुमती सफाइ सुरु

काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चार/चार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु [...]

भोजपुरका खाली जमिनमा वृक्षरोपण

यहाँका खाली जमिन तथा नाङ्गा पाखामा वृक्षरोपण अभियान थालिएको छ । वातावरणमा पर्ने असर न्यूनीकरण तथा वन क्षेत्रको विकास तथा विस्तारका लागि यस्ता ठाउँमा वृक्षरोपण थालिएको हो । सो अभियानअन्तर्गत डिभिजन वन कार्यालयको आयोजनामा षडानन्द नगरपालिकाको भीम गणेश सामुदायिक वनको [...]

धान दिवस : पाल्पामा ३० प्रतिशत रोपाइँ

पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको [...]

हेंवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत असार २ गतेको बाढी पहिरोले [...]

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिनुभयो । “योगी, तपस्वी, गरिब, [...]

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो । “हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले [...]

उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन । राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त [...]

इथियोपिया ब्रिक्स मा सामेल हुन इच्छुक

इथियोपियाले ब्रिक्स संयन्त्रमा सामेल हुन अनुरोध पेश गरेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।“इथियोपिया संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ र असंलग्न आन्दोलन“ लगायतका बहुक्षेत्रीय सङ्गठनहरूको संस्थापक सदस्य पनि रहेको मन्त्रालयका प्रवक्ता मेलेस आलेमले बताएका छन् । “बदलिँदो अन्तरराष्ट्रिय परिस्थिति र परिवर्तनलाई [...]

दक्षिण यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ४ सरकारी सैनिकको मृत्यु

हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको नाम [...]

पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको मृत्यु, १ घाइते

कराँचीको बल्दिया शहरमा सशस्त्र अपराधीहरूले 'व्यक्तिगत दुश्मनी' को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन । एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ [...]

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ [...]

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै [...]

धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग [...]

उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज भेट गर्नुभएको छ । छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा [...]

सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण [...]

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका [...]

भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री [...]

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हँुदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा [...]

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो । [...]

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा [...]

सरकारी सम्पत्तिको कर व्यक्तिबाट असुल्दै

गाउँमा सडक आएपछि धेरै सहज हुने सम्झेर सिन्धुपाल्चोकको बाह्रबिसे–ओखरेनी सडकको नयाँ ट्रयाक खुलाउने क्रममा स्थानीय मनिषा सुनारले आफ्नो भएको चार रोपनी जग्गामध्ये दुई रोपनी सडकलाई दिनुभयो । विसं २०६२ मा बनेको सडकको मापदण्डअनुसार लगतकट्टा नहुँदा उहाँले अहिलेसम्म पनि मालपोत कर [...]

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ । धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो । मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले [...]

मालढुङ्गा–बेनी सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्र्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु [...]

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै

बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन् । राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती [...]

पोखरामा आज मुख्यमन्त्रीको भेला

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्नुहुने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिनुभयो । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उहाँले बताउनुभयो । भेलामा अन्तरप्रदेशबीचको [...]

आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता

पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड-बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ । चुलिदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ। अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौं देखिको [...]

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ [...]

पहिरोले कान्तिलोकपथ अवरुद्ध> हेमन्त खबर

काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक [...]

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’> हेमन्त खबर

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस [...]

कालीकोटमा कालाजारका बिरामी भेटिए> हेमन्त खबर

कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी [...]

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध> हेमन्त खबर

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द [...]

देशभर वर्षाको सम्भावना> हेमन्त खबर

मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही [...]

आज धान दिवस मनाइँदै> हेमन्त खबर

आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस [...]

अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु> hemantakhabar.com

अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ । “यस्तो गर्मी [...]

अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ> hemantakhabar.com

प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । https://youtu.be/ze2MIA4Jv8Y [...]

मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान> hemantakhabar.com

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गर्नुभएको छ । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन [...]

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली> hemantakhabar.com

लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन [...]

गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर> hemantakhabar.com

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत्सम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । विद्युत्सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्छ । यस कल सेन्टरबाट [...]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध> hemantakhabar.com

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको [...]

रु दुई अर्ब लगानीमा खुल्यो टायल उद्योग> hemantakhabar.com

घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण गर्ने क्रम पनि क्रमशः घट्दै गएको छ । शहरीकरणका कारण मानिसका आवश्यकता र [...]

कोडियाबस्तीः रोग जितेर भोकसँग हारिरहेको बस्ती> hemantakhabar.com

आजभन्दा १५÷१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो [...]

नलगाडमा सुत्केरी भैँसीलाई भत्ता> hemantakhabar.com

नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो । दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै [...]

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम> hemantakhabar.com

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो [...]

अस्पतालाई रू ८८ लाखको सामग्री हस्तान्तरण> hemantakhabar.com

मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले रू ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै मुटुरोग सम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद [...]

गोरु मरेपछि किसानलाई खेत जोत्न सकस> hemantakhabar.com

धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पीस्किन रोगले मरेपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । घरमा पालिएको हलगोरु बिरामीले मरेपछि पाखोखेत खनजोत गर्न नसक्दा उहाँलाई चिन्ताले सताएको हो । “एक [...]

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रमबाट तीन हजार लाभान्वित हुने> hemantakhabar.com

आँबुखैरेनी गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रममार्फत सात सय पाँच घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रममार्फत एक हजार सात सय ६५ महिला र एक हजार सात सय ६४ पुरुष गरी तीन हजार पाँच सय २९ व्यक्ति प्रत्यक्ष लाभान्वित [...]

बागलुङका स्थानीय तहका नीति: कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा> hemantakhabar.com

बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ, भने [...]

वर्षाका समयमा ‘कल्भर्ट’ निर्माण सुरु> hemantakhabar.com

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु गरिएको छ । वर्षामा बाढी आउने जोखिम भए पनि आर्थिक वर्ष सकिन लाग्दा उक्त ठाउँमा कल्भर्ट निर्माण सुरु गरिएको हो । खोलामा असार २ गतेदेखि खन्ने काम थालिएको स्थानीय [...]

सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड> hemantakhabar.com

हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ [...]

कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु> hemantakhabar.com

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरे सुर्खेतमा आजदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम [...]

मन्त्री साउदद्वारा बहुउद्देश्यीय कभर्डहल शिलान्यास> hemantakhabar.com

कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा बहुउद्देश्यीय कर्भहल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजारको लागतमा निर्माण गरिने सो कभर्डहल प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आज यहाँ शिलान्यास गर्नुभयो । सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय [...]

भक्तपुरमा ‘रोजगार मेला’> hemantakhabar.com

मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो [...]

केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु> hemantakhabar.com

भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो । खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर [...]

एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै> हेमन्त> hemantakhabar.com

नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो ।उक्त कार्यालयको परिसरमा रहेको डिभिजन नर्सरी [...]

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी> hemantakhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क [...]

गण्डकीको बजेट खर्च ४७ प्रतिशत> hemantakhabar.com

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु ३५ अर्ब ९० [...]

वर्षात्सँगै निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक> hemantakhabar.com

चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने [...]

वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक उत्कृष्ट> hemantakhabar.com

बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट हुनुभएको छ । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गर्नुभएको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि [...]

नमाज पाठ गरी मनाइयो बकर ईद> hemantakhabar.com

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको [...]

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली> hemantakhabar.com

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्नुहुन्छ । अनी पालैपालो बङ्गुरका [...]

घरको मठमा कीटाणुनाशक तुलसी रोपियो> hemantakhabar.com

बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा [...]

भानु पुरस्कार डा कँडेल र असिम पुरस्कार नेपाललाई> hemantakhabar.com

यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो [...]

निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन प्रमुख शाहको निर्देशन> hemantakhabar.com

काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गर्नुभएको [...]

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा> hemantakhabar.com

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो । “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा [...]

hemantakhabar.com> छ हजार गाईभैँसीमा लम्पीस्किन

चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा ९३ हजार एक सय ८२ [...]

hemantakhabar.com> एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोप्नुभएको [...]

hemantakhabar.com> पूर्वराष्ट्रपतिबाट बकर इदको शुभकामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै [...]

किसानलाई अनुदानमा कृषि उपकरण> hemantakhabar.com

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । “किसानलाई [...]

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता> hemantakhabar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ [...]

बजेटमा कृषि र सडकलाई प्राथमिकता> hemantakhabar.com

कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको रु चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट [...]

जोर्डनले सिरियासँगको सीमामा ड्रोन खसाल्यो> hemantakhabar.com

जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो । सिरियाबाट अवैध सीमा पार गरेका जोर्डनका सीमा गार्ड, लागुऔषध विरोधी विभाग र सैन्य गुप्तचरले पत्ता लगाएपछि [...]

चीनसँगको सम्बन्ध अतुलनीय- न्युजिल्याण्डका प्रधानमन्त्री> hemantakhabar.com

चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताउँनु भएको छ । चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उहाँले बताउनुभएको छ। सिन्ह्वाले सोधेको प्रश्नको उत्तर [...]

चीनसँगको सम्बन्ध अतुलनीय- न्युजिल्याण्डका प्रधानमन्त्री> hemantakhabar.com

चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताउँनु भएको छ । चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उहाँले बताउनुभएको छ। सिन्ह्वाले सोधेको प्रश्नको उत्तर [...]

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते> hemantakhabar.com

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका [...]

मासु उत्पादनमा कृषकलाई अनुदान > hemantakhabar.com

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने [...]

तरुण दलको तदर्थ समितिमा चार सय थप > hemantakhabar.com

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गर्नुभएको हो । सभापति देउवाले [...]

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो > hemantakhabar.com

सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । [...]

मन्दिरको भग्नावशेषमा मूर्ति फेला > hemantakhabar.com

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ । उक्त मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित [...]

हेमन्त खबर> हावाहुरीसहित भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨39.5489up
Australian Dollar 
Australian Dollar
₨102.8263up
Swiss Franc 
Swiss Franc
₨187.2731up
Euro 
Euro
₨171.147down
British Pound 
British Pound
₨195.7863down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9366down
Qatari Rial 
Qatari Rial
₨39.902up
Saudi Riyal 
Saudi Riyal
₨38.7315up
Singapore Dollar 
Singapore Dollar
₨114.6717up
US Dollar 
US Dollar
₨145.2432up
21 Feb · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 21 Feb 2026 14:45 UTC
Latest change: 21 Feb 2026 14:38 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। "घटना जुलाई २ मा बिहानको समयमा भएको," बेलारूसी दूतावासले उल्लेख गरेको छ । दूतावासले आक्रमणकारीहरूलाई [...]

By |July 3, 2023|Categories: International, News|

श्रीलङ्कामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजे ऋण व्यवस्था

सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले [...]

By |July 3, 2023|Categories: International, News|

जलवायु परिवर्तनले भविष्यलाई ‘डरलाग्दो’ बनाएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ

जलवायु परिवर्तनले भोकमरी र पीडाको ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार चेतावनी दिनुभएको छ । भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र [...]

By |July 3, 2023|Categories: International, News|

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमणमा सात जनाको [...]

By |July 3, 2023|Categories: International, News|

Opinion & Analysis

नेपाल आयल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन

मंसिर १५ नेपाल । इण्डियन आयल कर्पोरेशनबाट मंसिर १४ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु. १।४४ ले घटेर आएको र हवाई इन्धनमा प्रति लिटर [...]

नेपाली कांग्रेस केन्द्रीय कार्यालय द्वारा शोक वक्तव्य जारी

मंसिर १४ नेपाल । राष्ट्रिय सभाका पूर्व सदस्य, नेपाल महिला संघ चितवनकी पूर्व अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य कृष्णकुमारी श्रेष्ठको मंसिर १० गते ८४ वर्षको उमेरमा भएको निधनप्रति [...]

नेशनल भोलिन्टियर फोर्सले हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग

मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको [...]

Videos

Stock Market

नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुग्यो

२०८२ असोज २७ नेपाल ।सेयर बजारको सेयर कारोबार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको  छ । आज नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ् । नेप्से अकं बढेपनि अघिल्लो दिनको कारोबार रकम भन्दा आजको कारोबार रकम भने कम रहेको [...]

भदौ २३ र २४ गतेको विध्वंसको कारण लगानीकर्ता आतंकित हुँदा नेप्से भारी अकंले गिरावट

२०८२ असोज २६ नेपाल । सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ् । आज नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा झरेको छ्  । आज सेयर कारोबार ६ अर्ब बढीको किनबेच भएको छ्  । गत भदौ २३ र २४ गते [...]

Go to Top