
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन रे !
नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा देशका विभिन्न [...]
संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन
संसदीय दलको नेतामा अध्यक्ष दाहाल ‘प्रचण्ड’ चयन नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा [...]
ओरेण्टल सहकारी पीडितले बचत मागदावी गर्ने अन्तिम म्याद भोलि सम्म, coopmc.gov.np मा गएर माग दावी गर्न सकिने
ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार [...]
यादवले भोलि शपथ लिने
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने हुनुभएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति [...]
प्रचण्डलाई दलको नेता बनाउने निर्णय
नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी [...]
एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु
चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । ती दुर्घटनामा ९२ गम्भीर घाइते र [...]
दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति
पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी [...]
एकल असहाय पुरुषलाई भत्ता
ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष [...]
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण [...]
नवौँ संस्करणको सडक खाना महोत्सव पुस १६ मा
लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घ नेपालको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ । महोत्सबबारे जानकारी दिने उद्देश्यले लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा [...]
दक्षिण सुडानको स्थितिप्रति राष्ट्रसङ्घको चिन्ता
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्तिसुव्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी सशस्त्र समूहको परिचालनले जातीय [...]
जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत
जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ । कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने किटलाई जतिसक्दो चाँडो बजारमा ल्याउन काम गरिरहेको जनाएको छ । अल्जाइमर खास गरी [...]
टर्कीद्वारा महिलामाथि विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिवानसँग आग्रह
टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो । टर्कीका विदेशमन्त्री [...]
नेप्से ०.०१ अकंले घट्यो
७९ पौष ७ काठमाडौ । पुजिबजारका लगानीकर्ताले सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई जति बिश्वास भरोसा गरेका थिए कि नतिजा उल्टो देखिएको छ । आगामी बन्ने सरकारले पुजिबजार प्रती कस्तो नीति ल्याउछ भन्ने बारे लगानीकर्ता अन्योलमा रहेको देखिन्छन । सेयर [...]
नेतन्याहूको सत्ता पुनरागमन
इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार गठन गर्न सफल भएको बुधबार राति घोषणा गर्नुभएको छ । नेतन्याहूले मध्यरातको समयसीमा भन्दा केही मिनेट अघि ट्वीटरमा लेख्दै भन्नुभयो, “मैले देशको आवश्यकता अनुसार इजरायलमा नयाँ गठबन्धन सरकार गठन गर्न [...]
ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा [...]
नवनिर्वाचित सांसदको स्वागतमा जलपान
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो । यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद [...]
छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने
छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ [...]
पाँचखाल ‘ग्रीन स्मार्ट-सिटी’को सम्भाव्यता अध्ययन सुरु
पाँचखाल नगरपालिकामा ‘ग्रीन स्मार्ट सिटी’को सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको छ । सम्भाव्यता अध्ययनका लागि नगरका जनप्रतिनिधसँग युएन क्यापिटल फण्ड, इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), युएनसिडिएफ नामक गैरसरकारी संस्थाका [...]
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक [...]
युक्रेन अझै जीवन्त र सक्रिय छ’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताउनुभएको छ । स्थानीय समयअनुसार बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । [...]
मेड इन हङकङ’ लेबलमाथि अमेरिकी प्रतिबन्धले व्यापारिक कानुनको उल्लङ्घन गरेको विश्व व्यापार सङ्गठनको ठहर
विश्व व्यापार सङ्गठनले हङकङका उत्पादनलाई ‘मेड इन चाइना’ को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ । विश्व व्यापार सङ्गठनको विवाद समितिले वासिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वासिङ्टनको तर्कलाई अस्वीकार [...]
खाद्यान्न किन्न उपभोक्ताको भीड
कालीकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न किन्ने उपभोक्ताको वृद्धि हुँदै गएको छ । पछिल्लो समय बजारमा खाद्यान्नको मूल्यवृद्धि भएपछि कम्पनीको खाद्यान्न किन्ने उपभोक्ताको भीड लागेको हो ।बजारमा रु दुई हजार तीन सय पर्ने चामल कम्पनीले रु एक हजार [...]
त्रिभुवन विमानस्थलबाट उडान नियमित
बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा [...]
सांसदको शपथ दिउँसो १ बजे हुने
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा [...]
हाइटीलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल
संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गर्नुभएको हो । उहाँले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताउनुभएको हो [...]
महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गर्नुभएको हो । उहाँले [...]
जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या
पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको [...]
खाना पकाउन अझै गुइँठाकै भर
ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा [...]
रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ [...]
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताउनुभयो [...]
त्रिभुवन विमानस्थलमा उडान प्रभावित
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र [...]
गोर्खाको बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
गोर्खाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको [...]
भरतपुरमा आजदेखि हर्न निषेध
चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको [...]
नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा
पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा [...]
नारामै सीमित छ मानवअधिकार
नारामै सीमित छ मानवअधिकार गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत हुनुहुन्छ । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि [...]
अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग
अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, [...]
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । [...]
विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी
भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र [...]
आदिवासी जनजाति महिला महासङ्घको तदर्थ समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । सङ्घको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक [...]
नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर [...]
राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन
नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव [...]
अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज सम्बोधन गर्दै उहाँले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित [...]
बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन सुरु
केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान [...]
शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश
सर्वोच्च अदालतले बिकिनी किलर चाल्र्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको [...]
राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । केन्द्रीय कार्यालय धूम्रबाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा [...]
चिनियाँ र अष्ट्रेलियाली विदेशमन्त्रीबीच रणनीतिक वार्ता
चिनियाँ र अष्ट्रेलियाली विदेशमन्त्रीबीच रणनीतिक वार्ता भएको छ । चिनियाँ राज्य परिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी र उहाँका अष्ट्रेलियाली समकक्षी पेनी वोङबीच आज यहाँ छैटौँ चीन–अष्ट्रेलिया विदेश तथा रणनीतिक वार्ता भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक [...]
आर्मेनिया–अजरबैजान नयाँ द्वन्द्व रोकौँ’
संयुक्त राष्ट्रसङ्घका एकजना वरिष्ठ अधिकारीले आर्मेनिया र अजरबैजानबीच विवादित नागोर्नोकाराबाख क्षेत्रमा पुनः द्वन्द्व हुन नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् । आर्मेनिया र अजरबैजानले रुसको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लङ्घन गरेको आरोप एक अर्कालाई लगाएपछि राजनीतिक मामिलासम्बन्धी राष्ट्रसङ्घीय सहायक महासचिव [...]
युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नुहुनेछ । गत फेब्रुवरीमा आफ्नो देशमा छिमेकी मुलुक रुसले आक्रमण गरेपछि पहिलोपटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्कदै हुनुहुन्छ । [...]
युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी
युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको [...]
१३ रोहिंग्याको हत्यामा संलग्न गिरोह पक्राउ
म्यानमारको प्रहरीले १३ जना रोहिंग्याको हत्यामा संलग्न मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । गत डिसेम्बर ९ मा व्यापारिक केन्द्र याङ्गुन नजिकैको हलेगु शहरको एक कम्पाउण्डमा प्रहरीले छापा मारेर पाँच वटा गाडी र तस्करीमा प्रयोग [...]
युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग बुधबार भेटवार्ता
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुनेभएको छ ।साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको [...]
काठमाडौ जिल्ला अदालत बाट कैदी फरार
२०७९ पौष ६ काठमाडौ । काठमाडौ जिल्ला अदालतमा लागू औषधि सम्बन्धि मुद्दामा म्याद थप र थुनछेकको लागी पेश गर्न ल्याईएका सचिन लामा भनिएका कैदी आज पौष ६ गते काठमाडौ जिल्ला अदालतको प्राङ्गण भित्रको अदालतको सौचालय भित्र बाट हतकडी खुस्काएर दिनको [...]
छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल ८९ मत [...]
युक्रेनको आर्थिक स्थिरताका लागि नयाँ कार्यक्रम स्वीकृत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पु¥याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न नयाँ कार्यक्रम स्वीकृत गरेको युक्रेनको केन्द्रीय बैंकले जनाएको हो । [...]
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । साथै यहाँ मङ्गलबार मात्र एक [...]
तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताउनुभएको छ । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभएको छ– अफगानिस्तानको तालिबान सरकारको यो [...]
जापानमा जन्मदर घट्ने क्रम जारी
जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो [...]
दुर्घटनामा महिलाको मृत्यु
हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज [...]
अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा सुधार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना [...]
महोत्तरीमा स्याल आतंक, स्यालले टोकेर छ जना घाइते भए
महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश [...]
नवलपुरका किसान मौरीपालनतर्फ धेरै आकर्षित
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह [...]
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त [...]
सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा [...]
इन्डोनेसियाले सन् २०२३ मा ७०० मिलियन टन कोइला उत्पादन गर्ने
सन् २०२३ मा इन्डोनेसियाले घरेलु आपूर्ति र निर्यातको माग पूरा गर्न आफ्नो कोइला उत्पादन ६९ करोड ४० लाख टन पु¥याउने लक्ष्य राखेको देशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ । “हामीलाई थाहा छ सन् २०२२ मा हामीले [...]
आज सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि
७९ पौष ५ काठमाडौ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ [...]
राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति’
राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति नै हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आज यहाँ आयोजित वार्षिक साधारण सभामा उहाँले ‘नेपालको रासस नेपालीको समाचार’ अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । “व्यवस्थापनले समाचारको [...]
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली
नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । [...]
सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने
सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ । मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा [...]
राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत [...]
दुर्वयवहार आरोप लागेका माओवादी नेता निलम्बित
पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिशका आधारमा उनलाई केन्द्रीय [...]
संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान [...]
बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत
गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए । सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगका [...]
सोलुमा आगलागी हुँदा पाँच घर जल्यो
सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् [...]
बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा रु पाँच करोड क्षति
केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ [...]
इजरायली सेनाको बेसबाट हतियार चोरी
इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार जनाएको छ । अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब [...]
श्रीलङ्काले आयात प्रतिबन्ध हटायो
श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन् । खेलकुद तथा युवा मामिला [...]
प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी
प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । । कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत उपस्थित [...]
नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार
थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् । नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् - "हामीले आज दिउँसो एक जनालाई भेट्टायौं" । [...]
मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो
चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी हो आईट सेङले स्वागत समारोहमा मकाउ एसएआर सरकारले कोभिड-१९ सङ्क्रमण नियन्त्रणका निम्ति सक्दो सम्पूर्ण [...]

International
सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी
म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको [...]
अष्ट्रेलियाले भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नुपर्छ’
दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र रक्षा साझेदारीलाई अझ सघन [...]
सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति
सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् दक्षिण सुडानको [...]
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया [...]

Opinion & Analysis
अझै पनि टुकीकै भरमा उज्यालो
विद्युत् तथा नवीकरणीय ऊर्जाको पहुँच नपुगेका बागलुङका दुगर्म स्थानका केही घरमा उज्यालोका लागि टुकीकै भर छ । सरकारले आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गर्ने [...]
इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर
इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ । लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक [...]
कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड
नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे [...]












