
तारकेश्वरमा रू ४४ करोडमा खानेपानी आयोजना सम्झौता
१ माघ, काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ [...]
गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
१ माघ, नुवाकाेट । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय [...]
म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो
१ माघ, म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । [...]
राष्ट्रपति भण्डारी सुनसरी जानुहुँदै
१ माघ, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । [...]
नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
१ माघ, भक्तपुर । मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका विभिन्न ठाउँमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन जिल्लाको तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ [...]
रसुवाको थुमनमा बससेवा सञ्चालन
१ माघ, रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित [...]
प्रसाद २’ को प्रदर्शन मिति तय
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख [...]
एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै
१ माघ, कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी [...]
सबै पर्व राष्ट्रिय पर्व’
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताउनुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै [...]
आगलागीबाट लाखौँ मूल्य बरावरको क्षति
दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा [...]
दाङका सबै क्रसर उद्योग बन्द
गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर [...]
आजको मौसम: आंशिकदेखि सामान्य बदली
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम [...]
देवघाटमा भक्तजनको भीड
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो । शनिबार दिउँसोदेखि नै [...]
नेपाल एयरलाइन्सद्वारा इलाम–काठमाडौँ उडान भर्दै
नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान [...]
रगत खोज्न ‘केएसडी ब्लड एप’
के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ । रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति [...]
रु तीन करोडको लगानीमा कालिज फार्म
जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र [...]
माघीपर्व मनाउँदै थारू समुदाय
थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई [...]
‘कौवा मेरो सेलपुरी खा’
आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन अवस्थीका अनुसार माघ १ गतेका दिन बिहानै घरका सबै सदस्यले नुहाएर घरका [...]
गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । [...]
प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार विश्वासको मत [...]
मिटरजडितरर ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्नेे माग
नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले [...]
माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका [...]
मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो [...]
प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण
प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ । सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम [...]
नेता भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ [...]
माघी पर्व उल्लासपूर्वक मनाइँदै
‘सखिए हो, माघकी गुरीगुरी जाँर ...., सकिए हो...। मुरिया लहैना गैली, ए है पनघँटिया रे हाँ ....।।’ (आर्थात् सखिया नाच खेल्दै गर्दा माघ महिनामा बनाइने स्वादिलो जाँड, पानीको जलासयमा नुहाउन गइयो) थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै [...]
बागमतीमा फोहर फाल्न कमी भएन
लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम [...]
गोदावरी धारममा बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ
धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा आज बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको छ । धाममा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभयो । हरेक वर्ष झैँ यस वर्ष पनि एक कार्यक्रमका बीच मकरमेलाको [...]
पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले आज यहाँ आयोजित समारोहमा पुस्तकको लोकार्पण गर्नुभयो [...]
उपमहासचिव पुन अस्पताल भर्ना
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा [...]
गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित
गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत पाउनुभयो । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको [...]
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय
द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझैँ सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय [...]
रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड
रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उहाँले बताउनुभयो । राष्ट्रङ्घीय [...]
टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा
अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ । टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिस (टीडीसीजे) ले तीमध्ये [...]
आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु
अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको [...]
श्रीलङ्काका ४६ अवैध आप्रवासी पक्राउ
अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट [...]
जासुसीको आरोप लागेका पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड
इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उहाँलाई मृत्युदण्ड दिएको हो । इरान र बेलायतको दोहोरो [...]
पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने
एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक जना प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ [...]
चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान
इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा [...]
उपयोगी बन्न सकेनन् पर्वतका शीत भण्डार
पर्वतका विभिन्न ठाउँमा निर्माण गरिएका शीत भण्डार कृषकका लागि उपयोगी बन्न सकेका छैनन् । राज्यको विभिन्न तहबाट लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका शीत भण्डार हाल प्रयोगबिहीन अवस्थामा छन् । भौतिक संरचना निर्माण गर्न जति हतार, उत्साह र हानथाप हुने गर्दछ, [...]
सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका
अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता [...]
सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची
सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । [...]
डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ
डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका [...]
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारको रु [...]
कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन
कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । इन्डोस्कोपी [...]
राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने
सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा [...]
इरान लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न तयार
भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । "हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छु लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र [...]
कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी
सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय [...]
मौसम आंशिकदेखि सामान्य बदली
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । महाशाखाका अनुसार आज [...]
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते [...]
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी [...]
प्रदेश १ को उपसभामुख निर्वाचन आज
प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने [...]
मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता
मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) [...]
स्रोत नखुलेको रकमसहित चार जना पक्राउ
सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश [...]
आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति
गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा [...]
रामपुर नगरपालिकाले राख्यो नागरिक बडापत्र
रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ । नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका थिएनन् । अहिले भने कार्यालयको भित्तामा बडापत्र राखेपछि यसैबाट कार्यालयले [...]
गण्डकीमा आज सभामुखको निर्वाचन
गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय [...]
कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम
काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म [...]
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान [...]
त्रिशूली अस्पताल उत्कृष्ट
न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल [...]
कार्यरथी सम्मेलन सम्पन्न
नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन [...]
बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु
निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना सुरु भएको ४७ महिनापछि [...]
अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना
कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग हुनुभयो । डेढ दशक भारतमा मजदुरी गर्दै आउनुभएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने [...]
व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ
माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज [...]
अलैँचीबारे अन्तक्र्रिया गर्दै महासंघ
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता [...]
उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता
बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी [...]
माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा
थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ररारयाली, [...]
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ [...]
माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज [...]
रूसलाई पछ्याउन नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ । नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो । [...]
समाजवादी नेता शरद् यादव रहनुभएन
राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको ७५ वर्षको उमेरमा निधन भएको छ । उहाँकी छोरी सुभाषिनी शरद् यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो । केही समयदेखि अस्वस्थ रहनु भएका पूर्वसङ्घीय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा बिहीबार राति [...]
रूसी विपक्षी नेता नाभाल्नीको उपचार गर्न जर्मनीको आग्रह
जर्मनीले जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई उपचार सेवा प्रदान गर्न आग्रह गरेको छ । रूसी जेलमा रहेका विपक्षी नेता नाभाल्नीलाई जेलअधिकारीहरूले अस्पतालमा उपचार गर्न जान नदिएको गुनासो बाहिरिएपछि जर्मनीद्वारा नाभाल्नीको स्वास्थ्यप्रति चासो गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक [...]
तिब्बतमा खाद्यान्न उत्पादनमा वृद्धि
चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२२ मा खाद्यान्न उत्पादन उच्च विन्दुमा पुगेको चीन सरकारले जनाएको छ । शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनअनुसार तिब्बत स्वशासित क्षेत्रको १२ औँ जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा जारी प्रतिवेदनमा सन् २०२२ मा यस क्षेत्रको अन्न उत्पादन १० लाख [...]
श्रीलङ्काले आधा सेना कटौती गर्ने
श्रीलङ्काको रक्षा मन्त्रालयले अभूतपूर्व आर्थिक सङ्कटपछि आफ्नो वित्तीय स्थितिमा आमूल परिवर्तन ल्याउने तयारी गरिरहेको बेला आफ्नो सेनामा भारी कटौती गर्ने शुक्रबार बताएको छ । गत वर्ष दुई करोड २० लाख जनसङ्ख्याको दैनिक जीवन कष्टकर बनेको यस टापु राष्ट्रले महिनौँसम्म खाद्यान्न [...]
खडेरी पीडित सोमालीलाई विश्व ब्याङ्कको पाँच करोड डलर अनुदान
विश्व ब्याङ्कले खडेरीबाट अन्नको जोहो गर्न नपाएका झण्डै असी लाख सोमालीलाई अन्तर्राष्ट्रिय विकास सङ्घ ९आइडीए० मार्फत पाँच करोड अमेरिकी डलर अनुदानस्वरुप उपलव्ध गराउने भएको छ । सोमालियाका लागि ब्याङ्कका देशीय प्रबन्धक क्रिस्टिना स्वेन्सनले सात करोड डलरको जारी सोमालिया अर्बन रेजिलिन्स [...]
पाँच महिनामा रु ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, [...]
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका [...]
भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश
नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट [...]
अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो: राष्ट्रसङ्घ
अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ [...]
महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु
पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन ्। दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर [...]

International
दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते
दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको [...]
बाइडेनका शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग यसै साता भियनामा भेटवार्ता गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ । “दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका [...]
बैंक अफ इङ्ग्ल्याण्डद्वारा प्रमुख ब्याजदर ४.५ प्रतिशतले वृद्धि
बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) ले आफ्नो बेन्चमार्क ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.५ प्रतिशत पु¥याएको छ । यो दर सन् २००८ को शरद ऋतुयताकै उच्च स्तर हो । बुधबार [...]
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत [...]

Opinion & Analysis
बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै
बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन् । राप्रपा संसदीय दलका [...]
अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट
एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको [...]
धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’> हेमन्त खबर
आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा [...]












