
उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा
उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, [...]
घारखोला जलविद्युत् अयोजना निर्माण अन्तिम चरणमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् [...]
अझै बनेन दैजी–जोगबुढा सडक
दुई वर्षमा सक्नुपर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको निर्माण तोकिएको भन्दा तेब्बर समय बितिसक्दा पनि अधुरै छ । यहाँको बेदकोट नगरपालिकाको छेलादेखि उत्तर लिप्ना (डडेल्धुराको सीमा) सम्मको १६ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २०७४ वैशाखका ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मेवारी [...]
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ । हिमपातले चन्दननाथ [...]
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ । विभागमा सधैँ सेवाग्राहीको भिड बढ्दै जान [...]
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न [...]
बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी
तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन । चिनियाँ ठेकेदार कम्पनी निम्बो [...]
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा [...]
भारतको ७४औँ गणतन्त्र दिवस मनाइयो
काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले [...]
करदाता शिक्षाका लागि घरदैलो अभियान
आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका [...]
प्रचार हुन नसकेको टक्सारको सरस्वती गुफा
श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भिड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२ टक्सारको सरस्वती गुफा भने आधुनिकतासँगै यसको महत्व नबुझ्दा ओझेलमा परेको छ । सदमुकामदेखि आघा घण्टाको दूरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवनशैली र विकसित प्रविधिले ओझेलमा [...]
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले [...]
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज मन्दिरमा रुद्राभिशेकसहित विशेष [...]
कांग्रेस बैठक विशेष कारणवस स्थगित
नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ । निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस
श्रीपञ्चमी : देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा [...]
सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड
बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो । गाउँपालिकाले पाँच वर्षभित्र पालिकाका सबै नागरिकलाई [...]
हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई [...]
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् [...]
पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै रु डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका उहाँले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन [...]
शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल
१२ माघ, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान [...]
अन्तर्वार्ता : सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ–मुख्यमन्त्री गिरी
१२ माघ, काठमाडाैं । बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उहाँले केही दिनमै सरकारलाई पूर्णता दिने [...]
नगरपालिकामा डिजिटल नागरिक वडापत्र
१२ माघ, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी राखिएको हो । नगरपालिका कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा [...]
शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुने
१२ माघ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताउनुभएको छ । गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको [...]
दुई लघुवित्तले घोषणा गरे लाभांश
१२ माघ, काठमाडाैं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा [...]
राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत
१२ माघ, बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई [...]
राष्ट्रपतिद्वारा वसन्त श्रवण
१२ माघ, काठमाडाैं । वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गर्नुभएको छ । बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको [...]
विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या
१२ माघ, नवलपरासी । सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् मिटर जडान नहुँदा किसान समस्यामा परेका छन् । विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताउनुभयो । बोरिङ [...]
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
१२ माघ, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार [...]
सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम
१२ माघ, मनाङ । यहाँ बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिलागरी [...]
विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा
१२ माघ, भाेजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका [...]
‘बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’
१२ माघ, काठमाडाैं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार [...]
घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज
१२ माघ, पाेखरा । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि [...]
हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी
१२ माघ, काठमाडाैं । भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ । युरोपियन युनियनको सहयोगमा स्वीच एशिया [...]
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
१२ माघ, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ [...]
बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै
१२ माघ, बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण [...]
सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा
१२ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । [...]
बैतडीमा महिला टी–२० क्रिकेट
१२ माघ, बैतडी । शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक [...]
पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै
१२ माघ, लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो । [...]
टिपर दुर्घटनामा चालकको मृत्यु
पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार [...]
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी [...]
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र
–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार [...]
निगमले टिकट बिक्री प्रभावकारी बनाउने
नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको छ । निगमको टिकट [...]
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल
गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसका लागि हालको जग्गा कम [...]
हुस्सु-कुहिरोबाट सावधानी अपनाउन अनुरोध
तराईका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा [...]
सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’
भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा [...]
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ । छवटा छोटी भन्सार अझै [...]
स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो
स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा [...]
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले [...]
श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
श्रीलङ्काको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी फेब्रअरी १७ सम्म निर्वाध रूपमा विद्युत आपूर्ति हुने जनाएको छ । श्रीलङ्कामा सन् २०२२ को सुरुदेखि [...]
अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च
अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी योजना अनुसार नवीकरणीय उर्जा उत्पादनलाई महत्व दिइएको हो । अष्ट्रेलियाली उर्जा बजार सञ्चालक (एईएमओ)ले [...]
बाढीका कारण हजारौं विस्थापित
मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार [...]
किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह
कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताउनुभएको छ । बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताउनुभयो [...]
कर्णाली प्रदेशका सभामुखद्वारा पार्टी सदस्यता परित्याग
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट गुरुङ यही माघ १ मा सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको प्रदेश कमिटी सदस्यबाट परित्याग गरिएको जानकारी [...]
न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग
सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ । सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच जना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर [...]
छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग
बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको [...]
खुला जुनियर उसु प्रतियोगितामा काठमाडौँ च्याम्पियन
काठमाडौँ उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ आठ स्वर्ण, चार रजत र छ कांस्यपदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान सात स्वर्ण, [...]
बसाइँसराइले गाउँ रित्तिने खतरा
बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा [...]
मलको सहज आपूर्तिका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल एवं बीउबिजन समयमा उपलब्ध गराउने सुनिश्चिता’ विषयक छलफलमा कृषि तथा [...]
ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति
जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए । बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी–२ का वडाध्यक्ष पूर्णबहादुर महतले [...]
आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्षमा आचार्य
आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । आज यहाँ सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र [...]
कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट मङ्गलबहादुर शाही र नेकपा [...]
उत्तरी गोरखामा भारी हिमपात
उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिनुभयो । “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ [...]
आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने
शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले [...]
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
पोखरामा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले [...]
प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खांन
खानेपानीमन्त्री अब्दुल खांनले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने [...]
सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने
सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना प्रविधिको उपयोग गरी एकीकृत प्रणाली सुरु गर्न नियामक निकाय एकजुट [...]
राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल
सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित उपलब्धि हासिल गर्न सकेका छैनन् । मुलुकको आर्थिक-सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नसक्ने भनिएका [...]
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी [...]
इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उहाँले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता [...]
सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा
सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाउनुभएको छ । विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई [...]
डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु
डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो । इन्डोस्कोपी सेवा सञ्चालन भएपछि यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता [...]
तरकारी उत्पादन गर्न एक करोड सहयोग
सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको [...]
हात्तीको आक्रमणबाट महिला घाइते
खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी [...]
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन । परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार विगत छ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ । [...]
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ [...]
भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । साथै टिआई नेपालले नवगठित मन्त्रिपरिषद्मा [...]
हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध
हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको [...]
धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार
धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो [...]
मूर्ति बनाउन व्यस्त प्रभुराम
सिराहाका प्रभुराम महरालाई आकर्षक मूर्ति बनाउन थालेको दुई दशकभन्दा बढी भयो । मूर्ति बनाउने सीप र कला भएमा राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिइरहनुभएको छ । ‘कालिगड’ अर्थात् मूर्तिकार महराको कला र सीपको विभिन्न जिल्लाबाट माग भइरहँदा मूर्ति [...]
घरेलु सीप बजारमा नबिक्दा चिन्तित
बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी हुनुहुन्छ । साठी वसन्त पार गरिसक्दा पनि उहाँले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउनुहुन्छ । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उहाँ माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव [...]

International
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै, कूटनीतिक कर्मचारीको तलब रोकियो
पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले [...]
थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्ता
मतदानमा सरकारी प्रतिद्वन्द्वीहरूलाई पराजित गरेपछि थाइल्याण्डका विपक्षी समूहहरूले बुधबार सरकार–गठबन्धन वार्ता गरेका छन् । यद्यपि, सैनिक निकट भई नियुक्त भएका केही सिनेटरहरूले विजयी पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्ने [...]
चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै
युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार दिउसो स्वागत गर्नुहुने अपेक्षा [...]
इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ [...]

Opinion & Analysis
युरोपको शान्तिका लागि नाटो बाधक हो
निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । सिन्ह्वासँगको विशेष [...]
साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको [...]
मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति
पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु [...]












