कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । [...]

By |2022-12-06T10:45:05+05:45December 6, 2022|Categories: Uncategorized|

अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा [...]

By |2022-12-06T10:44:32+05:45December 6, 2022|Categories: Uncategorized|

परालको गुन्द्री बुन्ने पुख्र्यौली सीप हराउँदै

पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै [...]

By |2022-12-06T10:43:59+05:45December 6, 2022|Categories: Uncategorized|

मह गाउँको परिचय दिँदै दगाम

परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि [...]

By |2022-12-06T10:43:15+05:45December 6, 2022|Categories: Uncategorized|

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

७९ मंसिर २० काठमाडौ, नेपाल । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा [...]

By |2022-12-06T10:41:03+05:45December 6, 2022|Categories: Uncategorized|

आर्थिक सहयोग

७९ मंसिर २० काठमाडौ । विश्व स्वयंसेवक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि रु १५ हजार एक सय सङ्कलन गरी हस्तान्तरण गरेको [...]

By |2022-12-06T10:40:41+05:45December 6, 2022|Categories: Uncategorized|

काभ्रे जिल्लामा रेबिज प्रभावित क्षेत्रमा खोप दिन सुरु

७९ मंसिर २० काठमाडौ । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि [...]

By |2022-12-06T09:26:47+05:45December 6, 2022|Categories: Uncategorized|

विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

७९ मंसिर २० काठमाडौ दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको [...]

By |2022-12-06T08:40:13+05:45December 6, 2022|Categories: Uncategorized|

होटल तथा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा गजुरेल

७९ मंसिर २० काठमाडौ । हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला [...]

By |2022-12-06T08:37:37+05:45December 6, 2022|Categories: Uncategorized|

स्वास्थ्य बीमा गर्दा छुट

छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने [...]

By |2022-12-06T07:39:12+05:45December 6, 2022|Categories: Uncategorized|

दुई पालिकामा धमाधम आधुनिक सडक निर्माण हुँदै

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, [...]

By |2022-12-05T22:31:00+05:45December 5, 2022|Categories: Uncategorized|

बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार [...]

By |2022-12-05T21:59:21+05:45December 5, 2022|Categories: Uncategorized|

युवती हत्या प्रकरणः आरोपित युवक सार्वजनिक

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका [...]

By |2022-12-05T21:58:23+05:45December 5, 2022|Categories: Uncategorized|

अखण्ड धुनीलाई निरन्तरता दिँदै ९० वर्षीया ‘ईश्वरी पुरी

ईश्वरी पुरी उमेरले ९० वर्ष पुग्नुभयो । उहाँको कर्म देख्दा भर्खरकै हुनुहुन्छ जस्तो लाग्छ । जीवनरुपी दियो निभ्ने बेला भो तर उहाँले अखण्ड धुनी निभ्न नदिई निरन्तररुपमा बाल्दै आउनुभएको छ [...]

By |2022-12-05T21:57:39+05:45December 5, 2022|Categories: Uncategorized|

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल [...]

By |2022-12-05T21:56:54+05:45December 5, 2022|Categories: Uncategorized|

गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ [...]

By |2022-12-05T21:56:11+05:45December 5, 2022|Categories: Uncategorized|

प्रदेशसभा सदस्य गुरुङ एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा (एकीकृत समाजवादी)का प्रवेश गर्नुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास [...]

By |2022-12-05T21:55:21+05:45December 5, 2022|Categories: Uncategorized|

अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु  

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको [...]

By |2022-12-05T21:54:39+05:45December 5, 2022|Categories: Uncategorized|

कर्णालीमा विपद् व्यवस्थापन र प्रतिकार्यमा समस्या

कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा [...]

By |2022-12-05T21:53:56+05:45December 5, 2022|Categories: Uncategorized|

बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै

साँझको बेला छ । कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ । सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ । यसैबेला राजविराजस्थित [...]

By |2022-12-05T21:53:10+05:45December 5, 2022|Categories: Uncategorized|

हेटौँडा सिमेन्ट उत्पादन हुन एक हप्ता लाग्ने

हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ । एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ [...]

By |2022-12-05T21:52:26+05:45December 5, 2022|Categories: Uncategorized|

निर्माणाधीन खानेपानीको ट्याङ्की अलपत्र

सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्याङ्की अलपत्र परेको छ । नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा [...]

By |2022-12-05T21:51:45+05:45December 5, 2022|Categories: Uncategorized|

अर्थतन्त्र जोगाउन महासङ्घको पहल जारी

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र [...]

By |2022-12-05T21:51:09+05:45December 5, 2022|Categories: Uncategorized|

नवौँ विश्व माटो दिवस मनाइँदै

स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को [...]

By |2022-12-05T12:32:25+05:45December 5, 2022|Categories: Uncategorized|

दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार [...]

By |2022-12-05T12:31:40+05:45December 5, 2022|Categories: Uncategorized|

सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला [...]

By |2022-12-05T12:30:45+05:45December 5, 2022|Categories: Uncategorized|

नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ [...]

By |2022-12-05T12:30:07+05:45December 5, 2022|Categories: Uncategorized|

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा [...]

By |2022-12-05T12:29:08+05:45December 5, 2022|Categories: Uncategorized|

पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’

म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ को निर्माण दुई वर्षपछि पुन थालिएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र [...]

By |2022-12-05T09:58:45+05:45December 5, 2022|Categories: Uncategorized|

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान [...]

By |2022-12-05T09:56:41+05:45December 5, 2022|Categories: Uncategorized|

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् [...]

By |2022-12-05T09:45:55+05:45December 5, 2022|Categories: Uncategorized|

सोह्र वर्षदेखि झुपडीको वास

खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र [...]

By |2022-12-05T09:45:06+05:45December 5, 2022|Categories: Uncategorized|

आगलागी पीडितलाई आर्थिक सहयोग

मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत [...]

By |2022-12-05T09:44:14+05:45December 5, 2022|Categories: Uncategorized|

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

७९ मंसिर १९ काठमाडौ । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश [...]

By |2022-12-05T06:24:23+05:45December 5, 2022|Categories: Uncategorized|

विश्वकप फुटबलः फ्रान्स क्वाटरफाइनलमा

७९ मंसिर १९ काठमाडौ । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै [...]

By |2022-12-05T06:22:24+05:45December 5, 2022|Categories: Uncategorized|

कोइला खानी विस्फोट हुँदा छ श्रमिकको मृत्यु

७९ मंसिर १८ काठमाडौ, नेपाल । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । खानीमा फसेका उनीहरूको निस्सासिएर [...]

By |2022-12-04T17:51:36+05:45December 4, 2022|Categories: Uncategorized|

आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

७९ मंसिर १८ काठमाडौ नेपाल । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् । शनिबार [...]

By |2022-12-04T17:50:29+05:45December 4, 2022|Categories: Uncategorized|

पश्चिम बङ्गालमा बम प्रहारमा तीनको मृत्यु

२०७९ मंसिर १८ काठमाडौ, नेपाल । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी [...]

By |2022-12-04T17:44:15+05:45December 4, 2022|Categories: Uncategorized|

पाकिस्तानमा सैनिक कारबाहीमा आतङ्ककारी समूहका एक कमाण्डरको मृत्यु

२०७९ मंसिर १८ काठमाडौ, नेपाल । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको [...]

By |2022-12-04T17:43:11+05:45December 4, 2022|Categories: Uncategorized|

लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

२०७९ मंसिर १८ काठमाडौ, नेपाल । संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घीय [...]

By |2022-12-04T17:42:06+05:45December 4, 2022|Categories: Uncategorized|

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ [...]

By |2022-12-02T11:43:49+05:45December 2, 2022|Categories: Uncategorized|

एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक

पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार [...]

By |2022-12-01T21:25:49+05:45December 1, 2022|Categories: Uncategorized|

धनगढीमा निषेधाज्ञा

सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला [...]

By |2022-12-01T21:24:57+05:45December 1, 2022|Categories: Uncategorized|

राजदूत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । क्वालालम्पुरस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत [...]

By |2022-12-01T21:24:11+05:45December 1, 2022|Categories: Uncategorized|

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक [...]

By |2022-12-01T21:23:19+05:45December 1, 2022|Categories: Uncategorized|

दिवङ्गत सुरक्षाकर्मी र नागरिकका परिवारलाई राहत उपलब्ध गराइनेछ गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुुनुभएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ [...]

By |2022-12-01T21:22:24+05:45December 1, 2022|Categories: Uncategorized|

जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको [...]

By |2022-12-01T21:21:11+05:45December 1, 2022|Categories: Uncategorized|

गृहमन्त्रीसँग राउतको भेट

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ [...]

By |2022-12-01T21:20:28+05:45December 1, 2022|Categories: Uncategorized|

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

१५ मंसिर, काठमाडाैं । नेपाल–चीन सीमा नजिकै उहाँको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उहाँको गाउँ । बर्खाका केही महिना उहाँको परिवार त्यही घरमा [...]

By |2022-12-01T17:24:30+05:45December 1, 2022|Categories: Uncategorized|

कास्कीमा पाँच प्रतिशत मत बदर

कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा [...]

By |2022-11-30T20:09:49+05:45November 30, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ एक करोड मतगणना

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका [...]

By |2022-11-30T20:09:08+05:45November 30, 2022|Categories: Uncategorized|

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना [...]

By |2022-11-30T20:08:23+05:45November 30, 2022|Categories: Uncategorized|

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको [...]

By |2022-11-30T20:07:10+05:45November 30, 2022|Categories: Uncategorized|

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले [...]

By |2022-11-29T19:10:40+05:45November 29, 2022|Categories: Uncategorized|

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना [...]

By |2022-11-29T19:09:44+05:45November 29, 2022|Categories: Uncategorized|

इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह

औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा [...]

By |2022-11-29T19:08:31+05:45November 29, 2022|Categories: Uncategorized|

पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर

सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण [...]

By |2022-11-29T19:07:24+05:45November 29, 2022|Categories: Uncategorized|

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको [...]

By |2022-11-29T19:06:45+05:45November 29, 2022|Categories: Uncategorized|

थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन आदेश

सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार [...]

By |2022-11-29T19:04:15+05:45November 29, 2022|Categories: Uncategorized|

डा तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार

समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय [...]

By |2022-11-29T19:03:30+05:45November 29, 2022|Categories: Uncategorized|

टिकट पाएकामध्ये वाग्मती प्रदेश सरकारका एक मन्त्री पराजित

वाग्मती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित हुनुभएको छ । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित हुनुभएको हो । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर [...]

By |2022-11-29T19:02:09+05:45November 29, 2022|Categories: Uncategorized|

समानुपातिक मतगणना : कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ [...]

By |2022-11-29T19:00:52+05:45November 29, 2022|Categories: Uncategorized|

मूर्तिले धानेको जीवन

बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाउनुभएको छ । यसैबाट आफ्नो र परिवारको [...]

By |2022-11-29T18:59:23+05:45November 29, 2022|Categories: Uncategorized|

२०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ

अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका-९ मा पर्ने अर्घामा जन्मिएका र [...]

By |2022-11-29T18:57:53+05:45November 29, 2022|Categories: Uncategorized|

बाँकेमा ६४ हजार मत बदर

यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन [...]

By |2022-11-29T18:57:09+05:45November 29, 2022|Categories: Uncategorized|

बिहुँकोट धार्मिक महोत्सवको तयारी

काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मङ्सिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको उक्त महोत्सव यसपालि हुन लागेको [...]

By |2022-11-29T18:29:26+05:45November 29, 2022|Categories: Uncategorized|

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समीक्षा गर्दै केही नयाँ व्यवस्था लागू गरेपनि निजी क्षेत्रले भने अर्थतन्त्रका विद्यमान समस्या [...]

By |2022-11-29T18:27:34+05:45November 29, 2022|Categories: Uncategorized|

प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरु

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) [...]

By |2022-11-29T18:26:49+05:45November 29, 2022|Categories: Uncategorized|

तापखोला पुल सञ्चालन भएपछि स्थानीयलाई राहत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीबाट केपिलासगढी गाउँपालिका-३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । प्रदेश नं १ को प्रदेश सरकार, भौतिक पूर्वाधार [...]

By |2022-11-29T18:25:57+05:45November 29, 2022|Categories: Uncategorized|

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ [...]

By |2022-11-29T18:25:13+05:45November 29, 2022|Categories: Uncategorized|

पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

पोखरालाई विश्वसँग जोड्दै विमानस्थल : पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन [...]

By |2022-11-29T18:24:20+05:45November 29, 2022|Categories: Uncategorized|

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी [...]

By |2022-11-29T18:23:26+05:45November 29, 2022|Categories: Uncategorized|

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत [...]

By |2022-11-29T18:22:40+05:45November 29, 2022|Categories: Uncategorized|

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट [...]

By |2022-11-29T18:21:57+05:45November 29, 2022|Categories: Uncategorized|

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय [...]

By |2022-11-29T18:21:06+05:45November 29, 2022|Categories: Uncategorized|

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल [...]

By |2022-11-29T18:20:22+05:45November 29, 2022|Categories: Uncategorized|

बाराही हाइड्रोपावरको आइपिओ आउँदै

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको [...]

By |2022-11-29T18:19:36+05:45November 29, 2022|Categories: Uncategorized|

गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको [...]

By |2022-11-29T18:13:25+05:45November 29, 2022|Categories: Uncategorized|

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत [...]

By |2022-11-29T18:10:47+05:45November 29, 2022|Categories: Uncategorized|

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा [...]

By |2022-11-29T18:10:09+05:45November 29, 2022|Categories: Uncategorized|
Go to Top