
आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान
ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, [...]
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण
हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो । उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ [...]
उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी [...]
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उहाँले भन्नुभयो, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा [...]
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा [...]
सडक विस्तार नगर्न आग्रह
सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् [...]
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य
एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको [...]
प्राचीन र ओली भेट
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । संवैधानिक परिषद्मा सहमति [...]
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले [...]
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना
प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा सात [...]
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार [...]
नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण हुँदै
नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४ ः द फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री [...]
सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान
कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् । जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा [...]
मापदण्ड विपरीतका संरचना हटाउन थालियो
रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक [...]
स्याङ्जामा डढेलोले खायो ६२ वन
सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । [...]
मुआब्जा समस्याले रोकियो गल्छी–त्रिशूली सडक निर्माण
०८ वैशाख, काठमाडाैं । निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन । कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो । कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी [...]
आलेखः ‘त्यसपछि बल्ल न्याय पाइयो’
०८ वैशाख, काठमाडाैं । महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो । “घरको जेठो [...]
चैते धान खेती लोप हुने अवस्थामा
०८ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले [...]
डुम्रे बेँसीसहर सडक ः उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
०८ वैशाख, लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे [...]
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
०८ वैशाख, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष [...]
राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ। [...]
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । उक्त व्यवस्थाको [...]
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय [...]
महिला कृषकलाई तरकारी खेती तालिम
हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन [...]
अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी [...]
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि [...]
उपनिर्वाचन सुरक्षाको लागि सीमानाका तीन दिन बन्द
आगामी वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ [...]
टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो । टोखा [...]
गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो । गए राति आफ्नो परिवारका सदस्यका साथमा [...]
बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा गोबिन्द केसी
डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो । डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी [...]
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत
म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा [...]
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् । जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुग्नुभएका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको [...]
पर्यटकको रोजाइमा जलविरे झरना
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका [...]
आजको मौसम : हावाहुरीको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका [...]
बारपाकमा टेलिकमको नेटवर्कमा समस्या
गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट [...]
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँले त्रिवि केन्द्रीय परीक्षा [...]
ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा लाकेन लिम्बूले निर्णायक गोल गरे । उनले खेलको १४औँ [...]
उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक [...]
सुनका गहनासहित दुई सार्वजनिक
बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज पत्रकार सम्मेलनमार्फत चार दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ परेका दुईलाई सार्वजनिक गरेको हो । पक्राउ [...]
बढुवा भएका तेह्र डिआइजीलाई दज्र्यानी चिह्न प्रदान
नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान [...]
माताप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व
नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई [...]
कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र [...]
प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश
उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । “किस्ताबन्दीमा [...]
भारतीय नागरिकको सेनाद्वारा उद्धार
नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी [...]
ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो
भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब [...]
फिलिपिन्समा सेनाले कम्युनिष्ट नेताको हत्या गरेको विद्रोहीको दावी
विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन् । कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन र उहाँकी पत्नी विल्मा टियाम्जोन दशौं हजारको ज्यान जाने गरी [...]
सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सयभन्दा बढी
सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ । सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक ¥यापिड सपोर्ट [...]
जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी
टोजापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् । अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने [...]
यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु
युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको [...]
चितवनको विकासमा क्रान्ति आउने छ : प्रधानमन्त्री दाहाल
८० बैशाख ७ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले काठमाडाँै–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, [...]
निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो । एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव [...]
भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना
भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन् । “गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए । उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ [...]
राहुल गान्धीको पुनरावेदन खारेज
मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता [...]
चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । [...]
क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित
क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनःनिर्वाचित गरेको छ । डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बन्नुभएको थियो भने सन् २०२१ मा क्युवाली कम्युनिष्ट पार्टीको प्रथम सचिव [...]
अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा
संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् [...]
अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबारयस किसिमको टिप्पणी गरेको छ। अति दक्षिणपन्थी र घरेलु चरमपन्थको "विस्फोटक वृद्धि" [...]
युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो
युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ [...]
रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी
आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ [...]
काठमाडौँमा गृह श्रमिक सम्मेलन हुँदै
यही वैशाख १२ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ । होमनेट इन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३९ वटा देशका करिब दुई सय श्रमिकको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ । होमनेट साउथ एसियाको [...]
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया [...]
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने
सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ [...]
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताउनुभएको हो । बैठकमा [...]
आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत [...]
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा आज पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले [...]
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना [...]
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । “मिटरब्याज [...]
वीरताको चिनोे जितगढीमा विजयोत्सव
नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ । विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडेर विजयको झण्डा फहराएको [...]
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ । आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास [...]
निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी
वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक [...]
भूपू गोर्खाबारे गठित समितिको बैठक सम्पन्न
भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बठैक लण्डनमा सम्पन्न भएको छ । बुधबार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा तथा पूर्वसैनिक जवान तथा तिनिहरूका परिवारको रेखदेख गर्ने मन्त्रालयका मन्त्री एन्ड्रियु मुरिसन तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र [...]
कञ्चनपुरका दुई पालिकाले ल्याए नीति तथा कार्यक्रम
कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएका छन् । नौ पालिकामध्ये यी दुई पालिकाबाहेक अन्य पालिकाले आज नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार वैशाख ७ गते पालिका प्रमुखले सभामा नीति तथा कार्यक्रम [...]
आगलागीमा १५ घर नष्ट
सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद [...]
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र [...]
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति [...]
मतदानस्थलमा कर्मचारी खटिए
चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान [...]
एउटै वडामा रु दस करोडको आलु उत्पादन
हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय [...]
ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट रानीगञ्जतर्फ [...]
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ । ठूला [...]

International
अष्ट्रेलियाका प्रधानमन्त्री भियतनाम भ्रमणमा
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भियतनामी समकक्षी फाम मिन्ह चिनसँग आइतबार भेटवार्ता गर्नु भएको छ । सो हवसरमा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भियतनाम समाचार एजेन्सीले जनाएको [...]
पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन [...]
रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’,” भारतका रेलमन्त्री अश्विनी
भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताउँनु भएको छ । "यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू [...]
कृषि उत्पादकत्व बढाउन जम्मुकाश्मिरका लाखौँ किसानलाई तालिम
केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् । गत [...]

Opinion & Analysis
नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले एमाले नेत्ता सुर्य थापा माथी आरोप
२०८१ फागुन ३ काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले एमाले नेत्ता सुर्य थापा माथी फुर्सदिलो सुर्य थापा अरुलाई आरोप लगाउन र संविधानको मर्म बिपरित अभिव्यक्ति दिदै हिडिडेको भन्दै सुर्य [...]
सडक डिभिजन कार्यलयले उपत्यका खानेपानी लिमिटेडलाई सडक पुनस्थापना गरिदिन पत्र पठायो
२०८१ फागुन ३ काठमाडौ । सडक डिभिजन कार्यलय काठमाडौले मिति: २०८१ फागुन १ गते पत्र लेख्दै उपत्यका खानेपानी लिमिटेडलाई बन कार्यलय, जिल्ला अदालत र विशेष अदालत अगाडि चोक अगाडि खानेपानीको [...]
आज माओवादीले नेपालमा ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै
२०८१ फागुन १ काठमाडौ । २०५२ साल फागुन १ गते माओवादीले राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने लक्ष्य सहित सुरु गरेको १० वर्षे सशस्त्र आन्दोलनलाई माओवादी पार्टीले आज ३०औं ‘जनयुद्ध [...]












