
प्रतिनिधिसभा : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा उहाँले भद्रपुर विमानस्थलबाट [...]
घट्यो शेयर बजार नेप्से
पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई [...]
हेलिकप्टरबाट सुत्केरीको उद्धार
दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । छब्बिस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई [...]
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस [...]
युएई सेमिफाइनलमा प्रवेश
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा [...]
पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर
सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ [...]
मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको [...]
भिरकोटमा माटो परीक्षण ल्याब
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । माटोमा हुने तत्वबारे न्यूनतम जानकारी [...]
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष [...]
पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण
कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि [...]
फस्टाउँदै साबुन उद्योग
बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गर्नुभएको हो । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले [...]
पुल बनेपछि विद्यार्थीदेखि किसानसम्मलाई सहज
दाङ घोराही –३ भैसकुर्माका आशाराम चौधरी तरकारी बेच्न दैनिक घोराही बजार आउने गर्नुहुन्थ्यो । वर्षा लाग्यो कि उहाँँलाई उत्पादित तरकारी बेच्न हम्मेहम्मे पथ्र्यो । वर्षा लागेपछि सिस्ने खोलामा बाढी आउथ्यो । खोलो तर्दा बगाउला भन्ने डर थियो । तर, अहिले [...]
शिक्षा, स्वास्थ्य, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्नुहुँदै उहाँले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन [...]
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह
विपद्जन्य घटनाहरूबाट बर्सेनि ठूलो मात्रामा जनधनको क्षति र विकासका पूर्वाधारहरूमा हुने नोक्सानी रोक्न तीनै तहका संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङपालकोटमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण स्थानीय अनुकूलन’सम्बन्धी एकदिने राष्ट्रिय [...]
हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल
चारैतिर वनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको बिम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागबेली दृश्य । यही परिधिभित्रको भूगोलमा छ म्याग्दीको मालिका गाउँपालिका–७ बिम बाइन्दाफाँटको बिमराङमा पर्यटकलाई पर्खिरहेको [...]
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रूसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराउनुभएको थियो । यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् [...]
राष्ट्रियसभाका बैठक: सांसदको सङ्ख्या घटाउन माग
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र [...]
कञ्चनपुर पनि औलोको जोखिममा
भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले [...]
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर [...]
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती
एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै [...]
खरबुजाको व्यापारबाट मनग्य आम्दानी
लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री [...]
स्वराड औलोको जोखिममाः विषादी छर्किने अभियान
बैतडीको तल्लोस्वराड क्षेत्र औलोको उच्च जोखिममा रहेको छ । जिल्लाका सबै स्थानमा औलोको जोखिम रहेको भए पनि विशेष गरेर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका उच्च जोखिममा रहेको हो । सरकारले प्रत्येक दुई वर्ष वडास्तरको सूक्ष्मस्तरीकरण गरी औलो जोखिमयुक्त वडा पहिचान [...]
विद्यार्थी नभएपछि विद्यालय समायोजन
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ [...]
विद्यालय भवन हस्तान्तरण
बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका [...]
गर्मी बढेसँगै कोलुङ झरना पुग्ने बढे
गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ । पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ । [...]
विषादी बिक्रेतालाई तालिमसँगै परीक्षा
झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । [...]
मलङ्गवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा
मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य [...]
बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह
राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह [...]
बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म
बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म [...]
राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने
अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो । शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा [...]
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय ऊर्जा [...]
किसानलाई कृषि सामग्री वितरण
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री [...]
बेवारिसे गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ
सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । [...]
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम सुरु भएको जनाएको छ । जुँगे महादेवको [...]
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत [...]
धुलाबारीमा दनुवार समुदायको संस्कृति झल्किने महोत्सव
झापाको मेचीनगर–१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो । समितिका जिल्ला अध्यक्ष [...]
ठेकेदारको लापरवाहीले पुल अधुरै
बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै [...]
महोत्तरीमा खानेपानीको सङ्कट
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । “इनारको पानी सुक्दै गएको [...]
गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज
सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम [...]
पहिचान बन्दै सिस्नो, बाँको र आलु
वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै [...]
मकै बालीमा फौजी कीराको प्रकोप
पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो । लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको [...]
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको [...]
म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण
मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल [...]
तरकारी बेच्न परिचयपत्र अनिवार्य
तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख [...]
नगराइनमा नौ महिनादेखिको विवाद साम्य
धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद साम्य भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प भएको थियो । एकअर्काको निर्णय दुवै [...]
बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित
प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । [...]
आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै
महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र [...]
युद्धविरामका बीच गोलाबारी जारी
सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् । दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका [...]
भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो
केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ । चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको [...]
विश्वका प्रमुख देश सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार गर्दै
बहत्तरघण्टे युद्धविरामको फाइदा उठाउँदै विश्वका प्रमुख देशले सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार थालेका छन् । पूर्णरुपमा युद्धविरामको पालना नभएकाले त्रासका बीच उनीहरू आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा अन्य सुरक्षित स्थानमा पुर्याउन लागिपरेका छन् । धेरै देशले आफ्ना राष्ट्रिय सेना परिचालन [...]
क्यानडाका बाउन्न प्रतिशत जनता राजतन्त्रको विपक्षमा
यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् । गैरनाफामूलक संस्था एङ्गस रिड इन्स्टिच्युट (एआरआई)ले गरेको एक सर्वेक्षणमा सहभागी ५२ [...]
राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना
युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि [...]
म्यान्मामा तत्काल हिंसा अन्त्य गर्न पूर्वमहासचिवको आह्वान
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनले म्यान्मामा तत्काल हिंसा अन्त्य गर्नुभएको छ । म्यान्माका उच्च सैनिक अधिकारीहरूसँगको आकष्मिक भेटमा उहाँले हिंसा अन्त्यका निम्ति आह्वान गर्नुभएको हो । पूर्वमहासचिव वानले सोमबार म्यान्माको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ [...]
सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत
बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् । संयुक्त [...]
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका [...]
आदिवासी जनजाति आयोगले राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : प्रदेश प्रमुख परियार
कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोगले राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । आज आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परियारले सूचना र प्रविधिको युगमा पनि जङ्गली जीवन बिताइरहेको राउटेको परम्परालाई संरक्षण गर्दै राज्यको मूल [...]
बारा २ उपनिर्वाचन : जसपा अध्यक्ष यादवकोे अग्रता कायमै
बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राख्नुभएको छ । कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार [...]
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता : आर्मी विजयी
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक [...]
अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’
नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको हो । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको [...]
रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया(रुस) भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमिल्सिनाले रसियासँग अन्तर व्यवस्थापिका सहयोग आदनप्रदानका [...]
बागमती प्रदेशसभा : दुई विधेयक पारित
बागमती प्रदेशबाट दुई विधेयक बहुमतले पारित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज साँझ बसेको [...]
उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । आज बूढानीलकण्ड नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकातर्फबाट कार्यालय प्रमुख [...]
समाधि गृह फोडेर फलामे वस्तु चोरी हुन थाल्यो
कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ । दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताउनुभयो । उहाँले [...]
पाटन सङ्ग्रहालयमा पूर्वकुमारी बज्राचार्यको फोटो प्रदर्शनी
पाटनकी पूर्वकुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरू भएको छ । विसं २०६७ देखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको [...]
यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी
धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय [...]
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा [...]
सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने
सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको [...]
बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण
बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्नुहुने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । बैठकमा सत्तापक्षका [...]
सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो
सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ [...]
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ । आज काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गर्नुभएको थियो [...]
एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने
नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिनुभयो । एमालेको [...]
पुनः बढ्यो कोरोना, एक सय ३६ सङ्क्रमित थपिए
कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो [...]
सकियो लिटल थिएटर गराज
बालबालिकाको नाट्य प्रस्तुति मञ्चनसहित नवौँ लिटल थिएटर ‘गराज’ सम्पन्न भएको छ । बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको हो । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा दुई साता सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र [...]
हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी
लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा [...]
किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले [...]
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
दोदा नदीको बाढीबाट पीडित लालझाडी गाउँपालिकाका स्थानीयवासीको बास विगत डेढ दशक जङ्गलमा छ । मुलुकमा व्यवस्था परिर्वतन भएर दुई पटक स्थानीय सरकारको अनुभूति पाइसकेका बाढी पीडितको पुनःस्थापना र दोदा नदी नियन्त्रणको दीर्घकालीन योजना बन्न सकेको छैन । केही दिनअघि प्रतिनिधिसभामा [...]
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन । प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । [...]
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का
नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का [...]
आयातित औलो निवारणको चुनौती
उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग [...]
उपनिर्वाचनको परिणामबाट दलभित्र रुपान्तरणको आवाजलाई सहयोग
प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिनुभएको छ । तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई [...]

International
फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा
फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुग्नु भएको छ । "प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो र [...]
भारी वर्षा र बाढीले मध्य जापानमा ३ को मृत्यु, ९९० घर ध्वस्त
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार [...]
केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द
सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा मामिला मन्त्रालयका [...]
रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास [...]

Opinion & Analysis
महाशिवरात्री र हिन्दु धर्म ग्रन्थ सम्बन्धित
२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री हिन्दुहरु धर्मावलम्बीहरूको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये [...]
प्रधान सेनापति द्वारा सकलदर्जालाई सम्बोधन
२०८१ फागुन १४ काठमाडौ ।महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा मिति २०८१ फाल्गुण १३ गते जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई [...]
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना सन्देश जारी
२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री पर्व, २०८१ को उपलक्ष्य राष्ट्रपति रामचन्द्र पौडेल द्वारा शुभकामना सन्देश पत्र जारी गरेका छन । शुभकामना सन्देश पत्रमा भनिएको छ: शुभकामना सन्देश´महाशिवरात्री पर्व, २०८१ [...]












