
काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले [...]
सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रुपमा मात्र [...]
वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार
नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले [...]
जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत
जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ । जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया [...]
अमेरिकी राष्ट्रपति बाइडेनले प्रशान्त क्षेत्रका अठार नेतासँग भेटवार्ता गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने एक उच्च क्षेत्रीय कूटनीतिज्ञले शनिबार बताउनुभएको छ । दक्षिण प्रशान्त क्षेत्रलाई दोस्रो विश्वयुद्धपछि सापेक्षिक कूटनीतिक रूपमा पछिपरेको क्षेत्रका रूपमा हेरिएको थियो तर [...]
ईयूको शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि
सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो । ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान [...]
कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती
एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन [...]
एयर इन्डियाको जहाज ‘ओभरसुट’
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । [...]
जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे
यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ [...]
अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई
प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । रु दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई [...]
बुङ झरनामा पर्यटक बढ्दै
जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरनामा यतिबेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म एक सयको हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक दुई सय ५० भन्दा बढी पर्यटक आउन थालेका [...]
हसन्दह सिँचाइ नहरको डिपिआर सम्पन्न
बक्रा खोलाले भत्काएको हसन्दह सिँचाइ नहरको डिपिआर सम्पन्न भएको छ । चार वर्षअघि विसं २०७६ मा बक्रा खोलामा आएको बाढीले नहर भत्काएसँगै नहर बन्द भएको थियो । नहर बन्ने भएसँगै स्थानीयमा खुसी छाएको छ । बक्रा खोला हसन्दह सिँचाइ उपभोक्ता [...]
धूम्रपान गरेको सहपाठीले देखेपछि
नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटिकुटि गरेर मारेका छन् । आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ । शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ [...]
अमेरिकी राष्ट्रपति पपुवा न्यु गिनीमा प्यासिफिक नेता भेट्दै
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पपुवा न्यु गिनीको भ्रमण गर्दा दक्षिण प्रशान्त महासागरका १८ नेतालाई भेट्ने कार्यक्रम तय भएको छ । पपुवा न्यू गिनीका विदेश मन्त्री जस्टिन टकचेन्का अनुसार राष्ट्रपति बाइडेनले देशको राजधानीमा प्यासिफिक आइल्याण्ड फोरम ब्लकका सदस्यलाई भेट्ने [...]
फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता
फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा दुईवटा बोकेका जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् । फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहाक जहाज दर्घटनामा पल्टिदा चालक दलसहित [...]
अमेरिका- पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा
आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो । अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वाशिङ्गटनमा [...]
गण्डकीका सात स्रष्टा सम्मानित
गण्डकी प्रज्ञा–प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा यस क्षेत्रका सात स्रष्टालाई सम्मान गरिएको छ । कला, साहित्य, संस्कृति, सङ्गीत तथा लोकगायन क्षेत्रमा विशिष्टरुपमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानले शुक्रबार कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको हो । गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट [...]
वर्षाले प्रभावित खेल सुरु
एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षाले अवरुद्ध भएको खेल पुनःसुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल वर्षाका कारण अवरुद्ध भएको ५० ओभरको खेललाई ४२ ओभरमा घटाएर सुरु गरिएको हो । वर्षाका कारण [...]
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा [...]
काठमाडौ कामपाले उठायो रु छ अर्ब बढी राजस्व
काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार [...]
सुडानबाट ४८ जना जापानी नागरिक स्वदेश फर्काइए
द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन्। जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् । ती मध्ये केही आफ्नै पहलमा [...]
उत्तरी चीनमा सडक दुर्घटना, ६ जनाको मृत्यु, १२ घाइते
उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना [...]
रुसी आक्रमणमा छब्बीस जना युक्रेनी मारिए
रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । [...]
जानकी नवमी धुमधामका साथ मनाइँदै
आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन [...]
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी
पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको [...]
सात महिनासम्म न राहत न त पुनर्वास
यहाँका बाढीपहिरो पीडित परिवारले सात महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्वास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकास्थित सालिम गाउँका आठ जनाको ज्यान गएको थियो । बाढीपहिरोबाट सालिम गाउँका ५६ परिवार त्रिपाल र आफन्तको घरगोठमा बस्दै आएको सात [...]
चैतमा साढे ३३ अर्ब रकमान्तर
चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको [...]
सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले [...]
ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण
ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका [...]
द्वन्द्वपीडितलाई राहत वितरण
बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९÷८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिनुभयो । “परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता [...]
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको [...]
चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित
मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् [...]
छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका
चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर [...]
बसाइँसराइले गाउँका आकर्षक घर रित्ता
हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती [...]
प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा [...]
वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा
कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न् ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दत्र्ता गरिनेछ । मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर [...]
रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन
रोल्पामा जेल्वाङस्थित स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको [...]
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको [...]
एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल [...]
बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप
बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो । [...]
चट्याङबाट वृद्धको ज्यान गयो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको [...]
वालिङमा अनलाइनबाटै घर नक्सा पास
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको [...]
खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई
‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । [...]
सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव
सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को [...]
व्यावसायीकतामा जोड दिन बाख्रा उपहार
तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गर्नुभएको हो । तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका [...]
चन्दा जुटाएर खेलमैदान निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ । घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् [...]
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क
गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको [...]
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ [...]
विश्व बैंकद्वारा बङ्गलादेशका लागि एक अर्ब पच्चीस करोड डलर सहयोग स्वीकृत
विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ । बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि [...]
श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै
श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताउनुभएको छ । संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यसम्पादनको समीक्षा गरिरहेको संसदीय निगरानी समितिसँगको बैठकमा प्रहरी महानिरीक्षकले उक्त अभिव्यक्ति [...]
बीबीसीका अध्यक्ष रिचार्ड शार्पद्वारा राजीनामा
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा [...]
चौबीस भारतीय इरानी नियन्त्रणमा
ओमानको तटबाट इरानले नियन्त्रणमा लिएको अमेरिकातर्फ जाँदै गरेको तेल ट्याङ्करमा रहेका २४ जना भारतीय चालक दलका सदस्य रहेको जहाजका सञ्चालकले शुक्रबार बताएका छन् । जहाज नियन्त्रणमा लिँदा त्यसका चालक दलका सदस्य पनि नियन्त्रणमा लिएको पुष्टि गर्दै ट्याङ्करलाई बिहीबार नियन्त्रणमा लिएपछि [...]
चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु
मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र [...]
सुडानमा युद्धविराम अवधि लम्बियो तर सङ्घर्ष रोकिएन
सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी ¥यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ । साउदी [...]
राजनीतिक अस्थिरताले पाकिस्तानमा अपराध बढायो : आयोग
देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो । धार्मिक अल्पसङ्ख्यक, तेस्रो लिङ्गी, ईश्वरको अनादर तथा अस्थिरता सृजना हुने उत्तेजक [...]
एघार वर्षीयाद्वारा हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना
एघार वर्षीया आकर्षणा सतिसले हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार [...]
भारतमा सात हजार बढी कोरोना सङ्क्रमित
गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य [...]
काठमाडौ कामपाले रोक लगायो बाह्य विज्ञापन
काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी [...]
प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सरकारले सम्बोधन गर्ने
सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाउनुभएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिनुभएको थियो । सचिव घिमिरेलगायतको [...]
संसद्को कुन समितिमा को–को सांसद ?
प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल लामा (भोटे), [...]
कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिनुभएको छ । उहाँले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न [...]
महाकाली पक्की पुल सञ्चालनमा
महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएको छ । एक महिनादेखि बन्द रहेको पुल शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले जानकारी दिनुभयो । “पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले एक महिना आवतजावत बन्द गरिएको थियो, [...]
राष्ट्रियसभाको विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर
राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर भएको सूचना सुनाउनुभएको थियो । उहाँले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा [...]
अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता
अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ [...]
राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले [...]
सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन [...]
प्रधानमन्त्री दाहालका सूचना प्रविधि विज्ञद्वारा प्रष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले एक दैनिक पत्रिकामा ‘राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि’ शीर्षकको समाचारमा आफूलार्ई जोडेर आएको विषय आधारहीन, कपोलकल्पित र बदनाम गर्ने नियतले उल्लेख भएको प्रष्टयाउनुभएको छ । आज एक वक्तव्य जारी [...]
अझै छनोट हुन सकेनन् समपूरक र विशेष अनुदान पाउने आयोजना
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट प्रस्ताव भएका आयोजना अझै छनोट हुन सकेका छैनन् । विद्यमान कानूनी व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले प्रस्ताव गरेका आयोजना तथा कार्यक्रम मध्येबाट आगामी आवको [...]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गर्नुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा [...]
संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित
प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो । बैठकमा विषयगत समितिमा रहनुहुने सांसदहरुको नामसहितको [...]
हान अध्यक्षमा शाह निर्वाचित
होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुनुहुन्छ । उहाँ यसअघि हानको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । [...]
एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने
एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ । उक्त [...]
नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने
यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको [...]
प्रारम्भिक अध्ययनमा हेटौँडामा ६३ बाल श्रमिक भेटिए
हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा सङ्कलन गरिएको प्रारम्भिक तथ्याङ्कमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो । वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर [...]
एकसाथ तीन चलचित्र प्रदर्शनमा
आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् । गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । [...]
बैज्ञानिक डाक्टर महाविर पुन धर्नामा
राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गर्नुभएको छ । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।” पुनले अनुसन्धान, [...]
सुजल र आरुषीले जिते स्वर्ण
लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी [...]
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो [...]
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको [...]
खुलारुपमा माछामासुको बिक्री र बधमा रोक
विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । उक्त अभियानलाई सफल पार्न बिहीबार [...]

International
प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त [...]
सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास
२४ जेठ, काठमाडाैं । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः [...]
उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने
उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान [...]
अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती
अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश [...]

Opinion & Analysis
जनता समाजवादी पार्टी, नेपालको राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू के के छन ?
२०८१ फागुन १८ काठमाडौं । ´हाम्रो गौरवशाली क्रान्तिकारी पार्टी जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय समितिको बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरुलाई हार्दिक स्वागत तथा [...]
काठमाडौंमा स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरेको प्रदर्शन
२०८१ फागुन १८ काठमाडौं । https://youtu.be/Exch1bhD8HU?si=ZHE6nNUzRkYclgcA https://youtu.be/sFTj6uLYnUM?si=fhc34ENd7SJC3xyX […]
प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न
२०८१ फागुन १८ काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा फागुन १७ गते आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो [...]












