
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ [...]
मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन
गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गनुभएको छ । मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र [...]
आलेख : अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र
नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने [...]
बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र [...]
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा [...]
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट रु ६७ लाख सहयोग सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम [...]
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटाे)लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई [...]
किसानलाई अनुदानमा कृषि उपकरण वितरण
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न [...]
वन डढेलो र आगलागिका घटना बढ्दै
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । प्राधिकरणका अनुसार [...]
खरका छाना हटाइयो
रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । [...]
आज बालबालिकालाई नियमित खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिनुभयो । यसअघि यही [...]
पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा
थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही [...]
राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार [...]
तरभुजा बिक्रीबाट जीविकोपर्जन
महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको [...]
मोखा’ चक्रवातको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति [...]
बूढानीलकण्ठ तरकारी बजार’को भवन निर्माण तीव्रता
बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ । बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो । स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना [...]
सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति
क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव [...]
दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै
पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको [...]
विपन्न समुदायलाई रेडियो वितरण
सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ । रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा [...]
कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर
कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । सार्वजनिक तथ्याङ्कमा [...]
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका
म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ [...]
योजना तर्जुमा गर्दा समेटिदैनन् सीमान्तकृत समुदाय
सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने व्यवस्था गरेको भए पनि यस्ता समुदायसँग प्रत्यक्षरूपमा जोडिने स्थानीय सरकारले भने यसमा ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । [...]
बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत
प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार जिल्लाका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शाखामा स्थापित ‘भक्त–जगत्कुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक [...]
वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन
कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् । [...]
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र [...]
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किनुभएको छ । गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका सप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई [...]
युक्रेनका लागि लामो दूरीका हतियार आपूर्ति गर्न ईयूका बोरेलको आग्रह
युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । “रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने [...]
गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या
अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ बर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो [...]
म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सु्रक्षित स्थलतर्फ सारिँदै
बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् । भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० [...]
कर्णाली करिडोर एक हप्ता बन्द हुने
कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले एक [...]
एमालेले हरेक वडामा तीन प्रतिशत सदस्यता विस्तार गर्ने
नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा [...]
एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको [...]
खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित
उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक [...]
सुक्न थाले अलैँची बगान
वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् । अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् [...]
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो
धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको [...]
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष झालाई
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार, २०८० राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको वैशाख २९ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि रु २५ हजार छ । [...]
सिन्धुलीमा सातपत्रे नाम कसरी रह्यो ?
८० बैशाख ३० सिन्धुली । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रे गाउँको नाम सातपत्रे कसरी रहन गयो ? भन्ने बारे त्यहाँका स्थानीय यसरी बताउछन् । "यहाँको भूगोल सातपत्र परेको छ" डाडा उठदै बिच बिच बाट अस्थायी खोला रह्दै [...]
श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार
श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ । मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् [...]
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार [...]
जी- ७ वित्त प्रमुखहरू आपूर्ति शृङ्खला विविधीकरणमा जोड
जी-७ राष्ट्रहरूले यस वर्ष आपूर्ति शृङ्खला विविधीकरण गर्न साझेदारी योजना शुरु गर्ने योजना बनाएका छन् । सो समूहका अर्थमन्त्रीहरूले अर्को हप्ताको हुन लागेको प्रमुख शिखर सम्मेलन अघि जापानमा वार्तापछि शनिबार सो बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । मन्त्रीहरूले स्वच्छ [...]
युपीको बरेलीको रासायनिक कारखानामा भीषण आगलागी
उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको छ। विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ । छ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ। यस हप्ताको [...]
हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु
यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा स्थानीय सरकारी अधिकारीले हुथी समूहले रातभर मारिबको हरिब जिल्लामा रहेको सरकारी [...]
वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण [...]
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को [...]
दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा [...]
सरकारको मुख्य कार्यभार सुशासन : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिलेको मन्त्रिपरिषद्को मुख्य [...]
जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताउनुभयो । “आगामी आर्थिक वर्षको बजेट [...]
सगरमाथा आरोहण सुरू
यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही [...]
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका [...]
प्रेस युनियन रुपन्देहीमा नेपाल
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन हुनुभएको छ । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा [...]
नदीमा डुबेर युवकको मृत्यु
बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी आज [...]
सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट-२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग [...]
भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिइने
सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ । भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि [...]
बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने
बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ । एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको [...]
नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति
चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम [...]
धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो
धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का [...]
मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन : महासङ्घ
नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने, नियमित [...]
पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध [...]
पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुव्र्यवहार निन्दनीय भएको समेत [...]
लकडाउन’ले बनायो कृषक
लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन [...]
आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले
गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आउनुभएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको [...]
नियमित खोप लगाउन मन्त्री बस्नेतको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गर्नुभएको हो । यही वैशाख ३१ गते मन्त्रालयले [...]
मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी
म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ । पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक रु २५ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला रु ५० [...]
डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी
सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, [...]
म्याद सकिँदा पनि अस्पताल भवनको काम सकिएन
आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो । लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा [...]
नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै
दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो [...]
कृषकलाई प्राविधिक ज्ञान दिन बारीमै पुगे कृषिका कर्मचारी
व्यावसायिकरुपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञानकेन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् । सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीलगायत प्राविधिक कृषकको बारीमै पुगेका हुन् । ऋषिङ [...]
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले [...]
खेलकुद विकासमा स्थानीयतहको प्रतिबद्धता अपरिहार्य
खेलकुद गतिविधि बढाउने भरपर्दो माध्यम भएकाले यसको विकासमा स्थानीय तहदेखि नै पहल हुनुपर्ने आवश्यकता औँल्याइएको छ । आज नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले खेल मुख्यतः युवा सहभागी हुने क्षेत्र रहेको हुँदा यस क्षेत्रको विकासले सङ्गठित, अनुशासित [...]
ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी
पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन् । ‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने [...]
न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ। मे १ मा नीलीको [...]
खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई
युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उहाँको नाम छनोट भएको हो । पुरस्कारको राशि रु [...]
साल्पासिलिछोेमा स्वास्थ्य एकाइ स्थापनाले स्थानीय दङ्ग
भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सडकसम्म विस्तार [...]
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् [...]
नेपालमा चक्रवातको प्रभाव देखिँदैन : मौसम पूर्वानुमान महाशाखा
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत [...]
दिवा खाजा कार्यक्रम’ सिकाइमा प्रभावकारी बन्दै
घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी हुनुहुन्छ । आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा÷पुलाउ, बिहीबार खिचडी÷चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा [...]
खडेरीको असर जङ्गली निगुरोमा पनि
विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि [...]
क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने
जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न [...]
मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने
मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर [...]
नवलपुरमा जग्गा नापीको कामले गति लिँदै
भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो । नवलपुरका आठ वटा पालिकामध्ये [...]

International
अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा [...]
अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे
अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस [...]
चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित
२९ जेठ, काठमाडाैं । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब [...]
चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन
२९ जेठ, काठमाडाैं । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । “पूर्वी चिनियाँ [...]

Opinion & Analysis
सिंहदरबार सहित ब्यक्तिको निजि निवास, सरकारी कार्यलय तोडफोड आगजनी गर्नेलाई तत्काल कारबाही नहुने
२०८२ असोज १२ काठमाडौं । सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, सिडिओ अफिस, नगरपालिका, वडा कार्यलय, प्रहरी कार्यलय लगाएत विभिन्न सरकार कार्यलयहरु देश भर तोडफोड आगजनी गरेर विध्वंस मच्चाउने प्रती सुसिला [...]
जेनजी आन्दोलन बारे घटना पूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी:राष्ट्रिय मानव अधिकार आयोग
२०८२ असोज १२ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग जेनजी आन्दोलन बाट सृजना भएको घट्ना घटनापूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी रहेको औल्याउँदै बर्तमान सुसिला कार्किको नेतृत्वको सरकारलाई [...]
सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत जल्दा काठमाडौ महानगरले आगो निभाउन दम्कल पठाउन किन ढिला सुस्ती गर्यो?
२०८२ असोज १२ काठमाडौ । नेपालमा जेनजी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु [...]












